:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Tuesday, December 22, 2009 | [fix unicode]
 

सुकिलो सेतो लबेदा र सुरुवाल अनि दायाँ पट्टि कन्चटनिर फाटेको भए पनि सफा ढाकाटोपी लगाएर नेपे बुढा काँधमा एउटा पँहेलो तर पुरानो देखिने झोला बोकेर जजमानी गर्न तल गाउँतिर ओरालो झर्दै थिए! उनको निधारमा मिहिनेतसाथ लाइएको स्पश्ट पँहेलो टिका देख्न सकिन्थ्यो र पँहेलो टिकाको तल सानो रातो टिका पनि थियो। उनको मुखबाट कुनै श्लोकको अशुद्ध हरफहरु निस्कँदै थिए-

" ….दुर्गाक्षमा शिबरात्री स्वासोदा नमोस्तुते…"

बर्खा लागे देखि नै नेपे बुढालाई दुई कुराले सताएको थियो। एक त झरि परेर हो वा गाउँमा वैदिक कर्म कम भएर र चाडबाड त्यति नपरेर हो, गर्मि याम देखि नै उनको जजमानी पेशा स्वाटसुट्टै घटेको थियो। अर्को झरि पर्यो कि प्राय जसो उनको घुँडाले धर्म छाडिदिन्थ्यो र पाइला सार्नै नहुने बनाउँदथ्यो। तर अब भदौ लाग्न धेरै बाँकि थिएन र नागपन्चमि देखि चाडबाडको ओइरो लाग्ने सम्झेर बुढा अलिकता आशावादी थिए।

पोर त बिस रुप्पे दाममा पारेर मरे! चामलमा नि सपै पानी पोख्खेर बरबाद भा' थो, एसपालि कति देलान कुन्नि?

मनमनै बोल्दै नेपे बुढाले आजको सराद्देको संभावित उपलब्धिबारे बिचार गर्न थाले।

माइलो अरपाट फर्क्या छ क्यार, अलि दख्खिना बढाउलान् कि त?

बुढा फेरि आशावादी बने।

बुढा ओरालो झर्दै थिए। दुवैपट्टि मकैबारि थियो र दुबै कान्लाका डिलमा मकै संगै बर्खे बोडि लगाइएको थियो। बुढाले हरिया कलिला बोडिका त्यान्द्रा देखेर एकछिन अडिएर दुई त्यान्द्रा बोडि चुँडे र खान थाले।

गज्जपको मिठो भइसकेछ!

बोडि चपाउँदै बुढा फेरि ओरालो झर्न थाले।

बुढा फेरि अडिए र एउटा झारको त्यान्द्रो चुँडे। दाँतले त्यान्द्रोको टुक्रा बनाए र बायाँ काँधमा झोला भिर्दै दायाँ हातले दाँतमा अड्केको बोडि कोट्ट्याउँदै 'फुउउगर्दै थुक्न थाले।

बुढा चौतारीमा पुग्दा दाँत कोट्ट्याएर सकिसकेका थिए।

सकेसम्म छिटो पुग्न मन त थियो बुढालाई तर घुँडा दुख्छ कि भनेर एकछिन चौतारीमा बिश्राम गर्ने निधो गरे, र धुलो टक्टक्याउँदै थ्याच्च बसेर सुस्केरा हाले। सुस्केरा हाले लगत्तै भने-

हरिशरणम!

बिश्राम गर्दा गर्दै बुढा फेरि कुनै श्लोक गुनगुनाउन थाले-

काकोचेश्टा बको ध्यानम, स्वान निद्रा गृहत्याग!

कुन्नि के सम्झेर बुढाले झोला खोले र भित्रबाट कर्मकान्डको पुस्तक, र भाँचिएर धागो बेरेको चश्मा निकाले। चश्मा लगाए पुस्तक हेर्दै नबुझिने स्वरमा लय मिलाएर एकछिन बर्बराउन थाले।

केहि मान्छे बोलेको जस्तो सुनेर बुढाले मुन्टो उठाए र नाकमै झर्न लागेको चश्माको माथिबाट पुलुक्क आवाजको दिशातिर हेरे।

बाजे नमस्कार!

गाले र नेप्चेले फर्सिले भरिएको डोको चौतारीमा बिसाउँदै एकैपटक बुढालाई नमस्ते गरे।

बुढा बोलेनन् र अपरिचीतलाई जसरि गाले र नेप्चेलाई नियालेर हेर्न थाले। फेरि तुरन्तै चिनेछन कि के हो मुसुक्क हाँसेर नमस्ते फर्काएर भने-

कता लायौ ठिटा हो? फर्सि बेच्न हिँडेऊ?

हो बाजे, खोलो नि घटो होला, फर्सि टिप्या ३ दिन भइसको तेसइ कुइएर जाला जस्तो भो, पारी बजारमा बेच्न जान ला!

नेप्चेले गह्रुङ्गो फर्सिको भारिले निम्त्याएको निधारको पसिना मैलो फाटेको ढाकाटोपीले पुछ्दै भन्यो र अलि सजिलोसंग बस्यो।

कति पारेऊ यो बर्ख फर्सि?

बुढाले उत्सुकता देखाए!

खै हाम्राँ त चिचिलाटै कुइएर गो धेरजसो, नेउचेकाँ चाइँ पर्या हो पर्या कुरो गर्दा!

गालेले पुलुक्क नेप्चेलाई हेर्दै फेरि बुढातिर फर्केर जवाफ दियो।

बाजे कता लाउन लाउनुभाहो कुन्नि?

नेप्चेले बुढालाई हेर्दै सोध्यो।

बुढाले दाहिले खुट्टा तन्काएर एक पटक सिधा बनाए, र अल्छि मानेको जस्तो गरेर भने-

तल गोताएँका सराद्दे छ भनेर बोला छन्, आफ्नो भ्याइनभ्याइ छ। काइँलो पुरेतलाई भन् भन्दा नि हइन गुरु हउरै आम्नु पर्च भनेर भने करै गरेर, तेइ भर जान ला!

गालेले सहमतीमा मुन्टो हल्लाएको जस्तो गरेर आफ्नो सोझो बानिको परिचय दियो। वास्तवमा उसले बुढाले भनेको कुरा यति मात्र बुझ्यो कि बुढा गोतामेकहाँ श्राद्धको लागि जाँदैछन्।

अनि बेल्का फर्कँदा उकालो उक्लिन सउनुहुन्छ त बाजे? फेरि सिदा दख्खिनाको पोको नि हुन्च बेल्का?

नेप्चेले सरसर्ति बुढालाई टाउको देखि खुट्टा सम्म हेर्दै प्रश्न गर्यो।

बुढाले नेप्चेलाई पुलुक्क हेरे र मुहारमा घमन्ड फिँजाउँदै भन्न थाले-

हेर् नेप्चे, सिदा दख्खिना लिन त छाडिसकियो कुरो अर्ने हो भन्देखुन। अब केलाई चाइयो र सिदा दख्खिना तइँ भन् त?

गालेले फेरि उसको दिमागमा कुरा घुसेको जसरि मुन्टो हल्लायो। नेप्चेले पनि बुढा संग सहमतिमा हल्का मुन्टो हल्लाउँदै भन्यो-

तेइ त बाजे, बाजे र बजै दुइजानालाई तेत्रो सम्पत्ति छ जाबो सिदा किन चाइनु!

बुढाको मुहारमा गर्वको हल्का लालि छायो।

कुरा सुन, नेप्चे गाले, हेरि यो जजमानि त म नभइ नहुने भर गर्या मात्रै हो, अब पइले देखिका चिनेजानेका मुन्छे, लौ गुरु हउर नै आम्नु पर्च भनेसि दया नि त गर्नु परो, कि कसो तइँ भन् त?

गालेले यसपटक पनि बुढाको कुरा बुझेको सहमतीमा मुन्टो हल्लायो।

नेप्चे उत्सुकताका साथ बुढालाई हेर्न थाल्यो।

बुढा ससर्किएर बोले-

दया हो पृथ्वीको अति चहकिलो पारसमणीभनेर भन्या छन लेउनाथ पउडेलले। दया गरनइ परो नि हो कि हैन तइँ भन् त?

हो बाजे हो गर्न पर्छ दयामया त। तो सिलोक त हामि के बुझ्थेम र तइ नि दया गर्न पर्छ भन्ने लाउछ बाजे हाम्लाई नि!

नेप्चेले गालेतिर सहमति खोज्दै हेर्यो।

गालेले गम्भिर मुद्रा बनाएर सहमतिमा फेरि टाउको हल्लायो।

बुढा आफ्नो कुरा सुन्ने मान्छे पाएर जोशिए।

त्रेतायुगमा सिरिकिस्नले पनि दया गरेर सारथि बनेका थिए! तेसइ सारथि भा हैनन भगवान किस्न!

बुढा सुरु भएको देखेर नेप्चेले पुलुक्क गालेलाई हेर्यो। गाले वाल्ल पर्यो।

बुढा फेरि चश्मा तह लाउँदै बोल्न मुख बाएको देखेर नेप्चेले हतार हतार भन्यो-

लौ बाजे, एकछिन थकइ मारम भनेर बस्या हुम के रे हामेरु, अब लाग्नु परो, नत्र रात पर्दा नि फर्सि डोकोको डोकोमै हुन्च, क्यार्नु!

लौ त नि, अब के भन्नु मइँले जाओ बेचेर आओ!

बुढाले लेग्रो तान्दै जवाफ दिए।

नेप्चे तुरन्तै उठ्यो, डोको बोक्न लाग्यो र गालेलाई डोको धकेल्दिने इशारा गर्यो। गालेले डोको धकेल्दियो। नेप्चे बुढालाई नमस्ते भनेर ओरालो तिर लाग्यो। गालेले सकिनसकि आफ्नो डोको उचाल्यो र बुढालाई दुइ हात जोडेर नमस्ते गर्यो र नेप्चेको पछि पछि ओरालो झर्यो।

 

बुढा एक्लै परे। कर्मकान्डको पुस्तक र चश्मा झोलाभित्र हुले। एकछिन केहि सोचे र पेट समाते। बुढालाई पेट काटेको अनुभव भयो। यता उता हेरे, र पिपलबोट पछाडि कान्ला तिरको झाडिमा बुढाको आँखा अडियो। केहि सोचेर बुढाले फेरि यता उता हेरे र सुरुवाल फुकाले। भित्र धर्का धर्का भएको लामो कट्टु लाएका थिए, लगभग घुँडा सम्म आउने। बुढाले सुरुवाल पट्टयाएर झोला संगै पिपलको बोटको फेदमा राखे र पेट समाउँदै पछाडि झाडिभित्र हराए!

 (क्रमश:)

   [ posted by Birkhe_Maila @ 04:12 PM ] | Viewed: 2388 times [ Feedback]


: