:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Tuesday, December 22, 2009 | [fix unicode]
 

दीप हिँडेपछि खेल त्यत्तिकै रोकियो। एक त कोरम पुगेन अर्को ठूल्दाईको खल्ति रित्तियो। जित्नेमा लहरे पर्यो, सुन्तलेलाई जस्ताको तस्तै भयो।

"तीन रुप्पे भाडा त बाँकि नै छ के रे नि! खेल सक्केर त के भो त भाडा त पाम्न परो!"

कैले साहुले तासको भाडा जसरि भए पनि उठाउनु पर्ने कुरा गर्यो।

ह्या तेसै अर्काको लुटेर खानि बानि छैन हाम्रो, ल हामि तिन जना छम एकएक रुप्पे तिम्लाई दिन्छौ कैले साउ!

सुन्तलेले एक रुपियाँको नोट कैले साहु तिर फाल्दै भन्यो र जुरुक्क उठ्यो।

लहरेले भुइँमा छरिएका गुजुमुज्ज परेका नोटहरु संगाल्दै गन्यो र एक रुपियाँ केहि नबोलि कैले साहुलाई दिएर पैसा खल्तिमा हाल्यो र ऊ पनि उभियो।

कैले साहुले ठूल्दाईलाई हेर्न थाल्यो।

ठूल्दाई अलिकता अक्क न बक्क परे जस्तो भए र केहि बोल्न खोज्दै थिए त्यत्तिकैमा कैले साहु बोल्यो-

अब पइसो त सक्को के रे ठूल्दाई तपाइँको, हेरि तो एक रुप्पे भाडा नि उधारोमा जोडम् के रे!

ठूल्दाईले बाध्यताबस दाँत देखाए।

लहरेले बाहिर हेर्यो र मरिमरि हाँस्न थाल्यो।

ओइ सुन्तले भागिहालम् यताबाड नत्र ठूल्दाईलाई लाग्ने झटारो हाम्लाई नि पर्छ!

सुन्तलेले पनि बाहिर चिहायो।

परबाट नेप्चि हातमा कुचो लिएर छिटो छिटो हिँड्दै यतै आउँदै थिइन्।

ठूल्दाईले कान ठाडो बनाए। सुन्तले र लहरे झन जोडले हाँस्न थाले। कैले साहु मुसुमुसु मुस्कुरायो।

लौ साउ तेलको भाँडो र मास कता छ छिटो पाम जाहान आइन जस्तो छ बित्याँस परो!

ठूल्दाईले हतार गर्दै जुरुक्क उभिए र कैलेसाहु तिर हेरेर भने।

कैले साहुले मुस्कुराउँदै तेल र मास ठूल्दाईतिर बढायो र भन्यो-

हिसाप त सम्जनुहुन्छ होला नि ठूल्दाई हैन? भन्या मात्रै हो बिर्सन त क्यारि बिर्सनु नि हाम्रो ठूल्दाईले!

कैले साहुले दाँत देखाउँदै बोलेको ठूल्दाईलाई नमिठो लाग्यो। उनले कैले साहुको हातबाट तेल र मासको पोको लिए र हतारिएर बाहिर तिर बढे।

नेप्चि नजिकै आइपुगेकि रहिछिन्, सुन्तले र लहरे नेप्चिलाई गिज्याउन थाले।

भाउजु ठूल्दाईले तास खेल्नुभा हैन है हैन!

लहरेले सुन्तलेतिर हेर्दै हाँसेर भन्यो।

ठुल्दाईले सपै पइसा हार्नुभा पनि हइन है हइन!

सुन्तलेले झन थप्यो।

तेरिमा अल्लारे भातमाराहरु, हाम्रा खसमलाई बिआरेर पैसो धुतेर झन मइँलाई गिज्याम्दोरेछउ….तिमेरुलाई त नि….!”

भन्दै नेप्चि हातमा कुचो उचाल्दै दौडँदै पसलतिर आइन्।

सुन्तले र लहरे एकातिर दौडेर गिज्याउँदै भाग्न थाले।

नेप्चेले टाढैबाट कुचोको झटारो हानिन् तर लागेन, उनको स्वास बढ्यो उनि स्वाँ स्वाँ गर्न थालिन्। उनिहरु दौडँदै टाढा पुगे।

ठुल्दाई एउटा हातमा तेलको सिसि र अर्को हातमा मासको पोको लिएर डराउँदै बाहिर निस्किए।

आफ्नो अगाडि स्वाँ स्वाँ गरेर ठूला ठूला आँखाले आफूलाई हेरिरहेकी नेप्चिको रणचन्डि जस्तो रुप देखेर ठूल्दाई डराए र काला दाँत देखाउँदै हाँसेर भने-

म जानै ला थेँ घर, तैँ एता आइछेस् अरु नि केइ किन्नु पर्ने सम्जिस कि?

नेप्चि जुन रिस र आवेगमा घरबाट हिँडेकि थिइन, शायद थकाइले हो वा समय बितेकोले हो उनको रिस निकै घटिसकेछ। उनि क्वार्क्वार्ति ठूल्दाईलाई हेर्न थालिन् र भनिन-

के ताला हो यो? मान्छे हौ तिमि कि पशु हौ? मलाई मारेर छोड्ने भयौ है तिमिले?

भन्दा भन्दा नेप्चिको स्वर भारि भएर गयो र रुन थालिन्।

ठुल्दाई अगाडि बढे र सामान हातमा लिइ लिइ नेप्चिको दुवै कुम समात्न खोज्दै भने-

मइले तास खेल्या थिइन भन्या हेर्या मात्रै हो!

नछुनोस मलाई!

नेप्चिले कुम बाट हात हटाउँदै अलि पर सरेर भनिन्।

अज ढाँट्न लाज लाग्दैन तपाइँलाई?

कैले साहु पनि बाहिर आएर बुढा-बुढिको कलह चाख मानेर हेर्दै थियो। कैले साहुले नेप्चि ठुल्दाईले छुँदा पर सरेर रिसाएको देख्यो र फिस्स हाँसेर एक पटक छाति भित्रको खकार बल गरेर मुखमा ल्याउँदै हात बाँधेर भित्तामा अडेस लाग्यो।

ठूल्दाइ एकछिन वाल्ल परेर फेरि अगाडि बढे र यसपटक नेप्चिको कुममा बलियो संग दुवैहात राख्ने कोशिस गरे। यसपटक नेप्चिले जन जोडले जिऊ झट्कारिन् र कराइन-

नछुनोस भन्या मलाई!

जोडले झट्कार्दा ठूल्दाईले दाहिने हातले समातिराखेको मासको पोको भुइँमा खस्यो, दुवैले चाल पाएनन्।

कैले साहु खकार चपाउँदै रमिता हेर्दै थियो।

नेप्चि जिऊ झड्कारेर पर सरेपछि ठूल्दाईले कैले साहु तिर हेरे र दुबैहात दायाँ बायाँ फिँजाएर हत्केला आकाशतिर तेर्साउँदै के गर्नु' को भाव देखाए।

कैले साहुले एक दुई पटक खकार चपायो र खकार निल्दै भन्यो-

हैन भाउजु गाइको मासु खानु ठुल्दाईले खेल्या छैनन्, हेर्या मात्रै हुन्!

नेप्चिले कैले साहुलाई विस्तारित नेत्रले हेरिन् तर केहि बोलिनन्। फेरि ठुल्दाई तिर हेरिन् र भनिन्-

म मरेसि तपइँलाई हाइ सन्चो हुन्छ, मलाई मार्नै खोज्नुभा हो तपाइँले, तपाइँका घरमा म एक बस्तिन दुइ बस्तिन तीन बस्तिन!

यति भन्दै नेप्चि फटाफट आएको बाटो फर्कन थालिन्।

ठूल्दाईले कैले साहु तिर हेरे र मुन्टो हल्लाएर आफू जान बाध्य भएको इशारा गरे।

लौ ठूल्दाई हिसाप नबिर्सनुहोला के रे!

भन्दै कैले साहुले फेरि एक पटक पैसा सम्झाएर ठूल्दाईलाई बिदा दियो।

ठूल्दाई सहमतिमा टाउको हल्लाएर नेप्चिको पछि पछि लागे र ठूल्दाईका हातले अनायाशै इस्टकोटको खल्ति छाम्न पुगे शायद बुढालाई चुरोटको तलतल लाग्दै थियो।

कैले साहुले ठूल्दाई पर पुगेपछि भुइँमा खसेको मासको पोको लियो र मुखको खकारको अर्को गुजुल्टो झिक्दै पसल भित्र पस्यो।

 

ठुल्दाई फटाफट हिँड्दै थिए तर पनि नेप्चिलाई भेट्टाउन बुढालाई गाह्रो भैराखेको थियो। चुरोटको तलतल अब घर गएर पाइने मुखको झटारोको कल्पनाले उहिले नै हराइसकेको थियो। अचानक केहि भिजेको जस्तो र केहि चिसो अनुभव भयो बुढालाई सुरुवालमा तिघ्रा निर। एकछिन टक्क अडिएर बुढाले सुरुवाल हेरे। बुढा एक पटक आत्तिए। बल्ल बल्ल सबै पैसा हारेपछि उधारो ल्याएको तेलको बिर्को उनले थाहा नपाइकन कतिबेला खुलेर झरेछ र नेप्चिलाई हेरेर पछि पछि लगभग दौडँदा आजको भुटुनले बुढाको सुरुवाल भिजाएछ!

सुरुवाल भिजेको पिर भन्दा पनि बुढालाई उधारो तेल चुहिएर सकिएको पिर बढि पर्यो।

धन्न मास चाहिँ पोको भएर चुहिन पाएन!

ठुल्दाईको मनमा मास सुरक्षित भएको कुरा आउना साथ ठुल्दाई झस्किए।

बुढाको अर्को हात खालि थियो!

तेलले तिघ्रामा अप्ठ्यारो बनाउँदै थियो, चुरोटको तलतलले छाति चिलाउँदै थियो, मासको पोको कता कहिले खस्यो केहि याद थिएन, नेप्चि संसारभरिको रिस र पिर मनमा लिएर अगाडि हिँड्दै थिइन र अब फकाउनु पर्ने कर्तव्य एकातिर थियो, र पैसा चोरिएको पनि थाहा भएको भए फकाउँदा आफूलाई नै निकै पटक तुच्छ साबित गर्नु पर्ने साहस पनि चाहिन्थ्यो जुन उनलाई धेरै गाह्रो लाग्दथ्यो।

ठुल्दाईको टाउको घुम्यो।

फर्केर बाटोमा कतै खसेको मास खोज्न जान मन लाग्यो ठुल्दाईलाई तर नेप्चि निकै अघि अघि थिइन र अब फर्केमा राम्रो हुने थिएन् ठूल्दाई अप्ठ्यारोमा परे, नेप्चिको चित्त ठिक हुन धेरै समय लाग्ने अब पक्का थियो।

अचानक ठुल्दाईले अगाडि नेप्चि हिँड्दाखेरि केहि लड्खडाइको देखे। उनि दौडिएर नेप्चिलाई भेट्टाए। उनि नेप्चि नजिक पुग्दा नेप्चि उभिन नसकेर भुइँमा बसिसकेकि थिइन्।

ठूल्दाईले उनको मुहार हेरे। नेप्चिको अनुहार पँहेलो र शिथील देखिन्थ्यो।

के भो रिंगाटा लाग्यो?

ठूल्दाईले हत्तपत्त सोधे।

नेप्चिले सहमतिमा टाउको हल्लाइन र टाउकोमा दाहिने हात राख्दै भनिन्-

टाउको दुख्यो असाद्दे! मलाई पिरले रोगि बनायौ बुडा तिमिले!

यति भन्दै नेप्चि रुन थालिन्।

ल ल नरो उठ् बिस्तारै घर जाम ठिक हुन्छ म मिर्सिको काँडा पकाइदिन्छु!

ठूल्दाईले नेप्चिको पाखुरा समातेर उठाउने कोशिस गर्दै भने।

नेप्चि उठ्न खोजिन् तर उनलाई धेरै गाह्रो भयो।

उनले थकित अनुहार लिएर अझै थकित् स्वरमा सासले बोलिन्-

म सक्तिनsss एकछिन बस्छु यहिँ!

ठूल्दाईले नेप्चिको मुहार हेरे, उनि निश्चित रुपमा बिरामी देखिन्थिन्।

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 04:21 PM ] | Viewed: 2127 times [ Feedback]


: