:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Tuesday, December 22, 2009 | [fix unicode]
 

"शबुssss!!! ए शबुss!!!, कति सुतिरन्छे यो केटि??? उठ् छिटो, भैँसि करा कराएइ छ एक गाग्रि पानी ले'रा झट्टै!!"

मुखिनी बजैको कर्कश ध्वनी घरभरि गुञ्जियो।

शबुका आँखा एकछिन अघि नै खुलिसकेका थिए, बाहिरका कल्याङ मल्याङ खलबलहरुले। भैँसि कराइराखेको थियो, चराहरु चिरबिर गर्दै थिए र मुखिनि बजैको अशुद्ध कृष्ण भजनको गुनगुन चल्दै थियो र यि सबैकुराहरुले शबुको सपना अघि नै बिथोलेर उनलाई निद्रादेवीको काखबाट खोसिसकेका थिए। अघि नै झलमल्ल घाम लागिसकेको थियो। ओछ्यानमा नै पल्टेर टुलुटुलु माथि दलिन हेर्दै कहिले दाहिने खुट्टा तन्काएर बायाँ खुट्टा माथि राख्दै, कहिले बायाँ खुट्टा दायाँ खुट्टा माथि खप्ट्याउँदै बिहानीको अनुभव गर्दै थिइन्।

मुखिनि बजैको आवाज सुनेर एक पटक दुवैहात टाउको माथि पुर्याइन र हाई गर्दै सम्पूर्ण जिऊ तन्काईन्। जिऊ तन्काउँदा उनको कम्मर भन्दा माथि च्यापु सम्मको भाग धनुष्टङ्कार आकृतीमा ओछ्यानबाट अलिकता माथि बाङ्गिए। एकपलको लागि उनको दृष्टी आफ्नै बाङ्गिएको शरीरमा पर्यो र शायद अलिकता आफैँ संग लजाइन्।

उठिसकेँ आमाsss!”

उनले जिऊ तन्काई सकेपछि भनिन् र एक पटक फेरि बायाँ कोल्टे परेर ओढ्नेलाई दुवैहातले गुजुमुजु पारेर छातिमा च्यापिन र कम्मर अलिकता बङ्ग्याएर ढाड तन्काइन्। उनको बान्की परेको शरीर बिहानी अल्छिपना देखाउँदा अतुलनिय रूपमा सुन्दर देखिन्थे। कोठा, ओछ्यान, ओढ्ने , कोठाका दलिनहरु, वरिपरि छरिएका लुगाहरु, धमिराले खाएका खाटका खुट्टाहरु र यावत चिजहरु जुन कोठामा थिए, एकपलको लागि निकै कुरुप देखिए उनको सुन्दरताको अगाडि!

उनि फेरि उत्तानो परिन् र तत्कालै दुवै हातले छातिसम्म आएको ओढ्ने समातिन र तल कम्मर सम्म हुत्तत्याइन्। दुवै खुट्टा अलिकता उचालिन् र खुट्टाले बाँकि ओढ्नेलाई पर हुत्तत्याइन्। खुट्टा उचाल्दा उनले लाएको लामो गोलिगाँठा सम्म छोप्ने झम्फर घुँडाबाट माथि सरेछन्। उनले हत्तपत्त झम्फरलाई तल सम्म सारिन् र जुरुक्क खाटबाट उठिन्।

उनले झ्याल पुरै खोलिन् र बाहिर हेर्न थालिन्।

घमाइलो दिन  थियो र लाग्दथ्यो रातिको झरि थामिए पछि वातावरणमा जीवन भरिएको छ!

बाहिरको उज्यालो उनको मुहारमा छाउँदा, हल्का चियाको रंगको उनको दागबिहिन मुहार कुनै ज्योती झैँ चम्किएका थिए। रातभरिको निद्राले उनले राति बाँधेको केशरासी अलिकता फुस्केका र अलिकता अड्केका थिए। कपाल फुकाइन, एक पटक च्यापु अलिकता उचालेर दुबै हातले सम्पूर्ण कपाल समातेर पछाडिपट्टि लगिन् र मुजा बनाएर बाँधिन्।

 

शबुssss!!”

मुखिनी बजैको आवाज फेरि गुन्जियो!

हजूर…..आमा म निस्केँ बाइर!!

जवाफ दिँदै हतार हतार बाहिर निस्किइन्।

मुखिनी बजै बाहिर आँगनमा कसौँडीमा खरानि मुछेर लगाउँदै थिइन्, पुलुक्क छोरीलाई तल देखि माथि सम्म हेरिन् र भनिन्-

कति सुत्न सक्छेस?? छिटो जा पँधेरा गएर एक गाग्री पानी लेर आ, कुँडो पकाम्नु परो!

हस्!

यति भन्दै शबु आँगनको एक छेऊमा राखिएको खालि गाग्रि तिर बढिन्।

मुखिनी बजैका नजर एकछिन छोरीको हिँडाई तिर गयो।

शबुले गाग्री उचालिन् र कम्मरमा राखिन् र हिँड्न थालिन्।

मुखिनि बजै अझै छोरीतिर हेर्दै थिइन्।

ओइ पख् त!

मुखिनी बजैले छोरीलाई हेर्दै भनिन्।

शबु कम्मरमा गाग्री बोकेरै मुखिनि बजैलाई प्रश्नवाचक दृष्टीले निर्दोश आँखाले हेर्दै टक्क उभिइन्।

तँलाई न्वाउन नि पर्ला नि, लुगा लइस?

मुखिनी बजैले अझै एकटकले हेर्दै सोधिन्।

तेइ लिन जानला भित्र!

शबुले जवाफ दिइन्।

केइ होश छइन यो केटिलाई, गाग्रि क्यार्न बोक्न परो र अइलेई, पइला भित्राटी न्वाउने लुगा फाटा लेरा!

मुखिनि बजैको कुरा सुनेर शबुले ओठमा झिनो मुस्कान ल्याइन् र केहि सम्झे जस्तो गरेर गाग्रि भुइँमा राखिन् र भित्र गइन्।

त्यो मेरो खास्टो ओढेर जा पँधेरा, जइले नि हिँड्ने बेलाँ खास्टो ओढ् भनो कइलेइ लाग्दैन एल्लाई!

मुखिनी बजैले छोरी भित्र छिरेको हेर्दै स्वर अलिकता बढाएर भनिन् र कसौँडिलाई घोप्ट्याएर डेक्चीमा खरानी लाउन थालिन्।

लुगाको पोको बोकेर खास्टो ले छाती छोपेर शबु बाहिर निस्किइन् र गाग्रि उचाल्न थालिन्।

मुखिनी बजैले छोरीलाई हेरिन्, उनको मुहारमा अघिभन्दा केहि सन्तुष्टी देखिन्थ्यो। उनि शबु पँधेरा तिर गएको हेरिरहिन्!

 

शबु हिँड्दै थिइन्।

उनलाई आमाले खास्टो ओढ् भनेर सम्झाएकोमा रिस पनि उठेको थिएन तर राम्रो पनि लागेको थिएन। केहि समय देखि उनलाई मुखिनि बजैको व्यवहार अनौठो लाग्न थालेको थियो। बिना कारण उनिसंग झर्किन्थिन् र उनले गर्ने प्रत्येक कुराहरुमा 'यसो गर् उसो गर् भन्दै सम्झाउँथिन्।

आमाको व्यवहारसंग मात्र हैन, शबुलाई धेरै कुराहरुमा रिस उठ्न थालेको थियो! पँधेरामा आउने आइमाईहरुले उनलाई टाढाबाट हेर्दै गिज्याएको जस्तो लाग्थ्यो। कतै हिँड्दा आइमाईहरुले उनलाई हेरेर उनको बारेमा केहि बोलिरहेको जस्तो लाग्थ्यो र उनि पुग्दा सबै चुप लाग्थे।

उनि मनमा कुरा खेलाउँदै मुख नमिठो बनाउँदै हिँड्दै थिइन्।

बिगत केहि समयदेखि उनलाई सबै गाउँलेहरु नै परिवर्तन भए जस्तै लाग्दथ्यो। पहिला उनिसंग सबै हँसिलो भएर कुरा गर्दथे र सबैले माया गरेको जस्तो लाग्थ्यो। आजभोलि उनलाई सबैले रिस गरे जस्तो लाग्न थालेको थियो। पहिला हाँसेर मिठो बोल्ने केटाहरु र बुढाहरु उनलाई खाउँला जस्तो गरेर हेर्न थालेका थिए।

उनलाई आचम्म लाग्द्थ्यो।

सबै भन्दा अप्ठ्यारो र गाह्रो अनुभव उनलाई पँधेरा जान लाग्दथ्यो।

पँधेरामा आइमाईहरुले गरेको कुरा उनलाई पटक्कै मन पर्दैनथ्यो। सबै जान्ने हुन्थे मुखिनी बजै जस्तै!

नुहाउन खोज्दा यसरि र उसरी भनेर सिकाउन थाल्दथे मानौँ उनले कहिले पनि नुहाउन जानेकी थिइनन्। यस्ता कुरा सुन्दा उनलाई नुहाउन गाह्रो लाग्द्थ्यो र उनि सकेसम्म आफ्नो शरीर छोपेर नुहाउँथिन्।

कोइ नआउने ठाममा पँधेरा भ कति राम्रो हुँदो हो!!

मुहारमा हल्का रिस ल्याउँदै उनले मनमनै आफ्नो इच्छा व्यक्त गरिन् आफैँसंग।

उनलाई फेरि रिस उठ्यो।

बाइफाले बुडिहरु!!! तिनेरु भन्दा त जत्ति भने नि मिलार न्वाउँछु म! तिनका ज्यानाटि न्वाउँदा लुगा फुस्को भनेर डाढ गर्या होलान् नि!

उनी जवाफ त मजैले दिन्थिन आइमाईहरुलाई, तर कुरा हुँदै जाँदा उनलाई बोल्न नै लाज र गाह्रो हुने स्थितीमा आउँथ्यो र उनि चुप लाग्थिन्।

उनि हिँड्दै थिइन्।

पर पँधेरा देखियो।

दुईजना आइमाईहरु थिए।

आज आएनछ!!

उनले मनमनै पँधेरातिर हेर्दै भनिन्।

उनि अलि ढुक्क देखिइन्।

लाज नभा लबस्तरो! जइले नि क्वार्क्वार्ति हेरेर मर्छ!

उनको मुहारमा फेरि रिसका रेखाहरु देखिए। यसपटकको रिस अघि पँधेराका आइमाईहरु सम्झेर उठेको भन्दा अलि बढि थियो।

किन आउन पर्या हो नि दिपे असत्तिलाई जइले नि मइँले न्वाउन लाग्या बेलाँ!

उनलाई नुहाऊने बेलामा प्राय: दीप पँधेरामा आएर क्वार्क्वार्ती हेरेको याद आयो र रिस उठ्यो।

आइमाइले न्वाको नि हेर्न पर्नि बज्जेलाई!

उनको रिस बढ्दै थियो।

उनलाई राम्रै संग थाहा थियो, जहिले पनि दीप, उनी आउने समय पारेर पँधेरामा आउँथ्यो र एकोहोरो उनले गाग्रि भरेको, नुहाएको, लुगा फेरेको हेर्दथ्यो। उनी दीप संग नजर मिलाउन सक्दैनथिइन; शायद केहि लाज र केहि डर थियो! तर उनलाई रिस सधैँ उठ्दथ्यो। उनलाई उकुसमुकुस हुन्थ्यो र नुहाउँदा उनि केवल हात र खुट्टा मात्र राम्रो संग मिचेर नुहाउन सक्दथीन्।

आज आएनछ!, आनन्दै हुनि भो!

उनि अझ ढुक्क देखिइन र अघिको मुहारमा छाएको रिसका रेखाहरु हराउँदै थिए।

उनि पँधेरा नजिक पुगिन्।

पँधेराबाट दुवैजना आइमाईहरु गाग्रि बोक्दै बाटो लागेको देखिन्।

लौ हिँडे बाइफालेहरु! म मात्रइ एक्लै हुने भइँ आज त!

उनि पँधेरा पुगिन्। लुगाको पोका पँधेराको डिलमा राखिन् र गाग्री धारो निर भुइँमा।

उनि हल्का खुसि देखिन्थिन; शायद पँधेरामा एक्लै भएर होला।

अचानक उनि आत्तिए जस्तो देखिइन्।

मइँले एक्लै न्वाइरा बेलाँ दिपे बज्जे आयो भने क्यार्ने होला!!!

उनि हल्का डराइन्।

ओढेको खास्टो निकालिन् र एकपटक आफ्नो अगाडिको शरीर हेरिन्।

लुगाको पोको फुकाइन र एउटा रातो पेटिकोट निकालिन्। यता उता हेरिन्। कोहि थिएन।

पेटिकोटलाई टाउका बाट जिऊमा छिराइन र घाँटि मुनि लगेर बाँधिन्।

फेरि यता उता हेरिन्।

निकै कुशलता पूर्वक पेटिकोटलाई अडिग राखेर टुक्रुक्क बसेर भित्र बाट हात छिराउँदै चोलो फुकालिन्, चोलोलाई तन्केर लुगाको पोकोतिर फालिन् र उभिइन्। आज उनले नुहाएको हेर्ने कोहि थिएन!

उनि ढुक्क थिइन।

अलिकता झुकेर लगाइराखेको झम्फर फुकालिन् र त्यसलाई पनि लुगाको पोकोमा लगेर मिसाइन्।

दायाँ बायाँ हेरिन्। कोहि थिएनन्।

कपाल पखाल्ने मनशायले धारोतिर बढिन्।

आज आएन आनन्दै भयो!

मनमनै दीप नआएकोमा खुसि भइन्।

धारामा दुवै हत्केला राखिन्। चिसो पानीको धारले उनको हत्केरा भिजायो! उनलाई मिठो अनुभव भयो।

त्यत्तिकै मुसुक्क हाँसिन् र दायाँ हत्केलाले आफ्नै जिऊमा अलिकता पानि छ्यापिन् र खुलेर हाँसिन्।

तर किन नआ होला आज?

उनले आफैँलाई दीप नआएकोमा फेरि प्रश्न गरिन्। उनि हल्का अधैर्य देखिन्थिन्।

ss झन आनन्द त्यो बज्जे नआए त!

उनि हत्केलामै धारो थाप्दै सोच्दै थिइन्।

कपाल पखाल्ने बिचार गर्दै हल्का झुकेर अगाडि बढिन्।

फेरि कुन्नि के सोचेर दायाँ बायाँ हेर्न थालिन्।

माथि बाटोबाट दीप पँधेरातिर झर्दै थियो।

उनि झसंग भइन्। उनको मुहारमा एकैसाथ रिस र रोमांच भरियो। उनलाई जिऊमा पानी खन्याऊनु पूर्व नै जाडो लाग्न थालिसकेको थियो।

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 04:23 PM ] | Viewed: 2409 times [ Feedback]


: