:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

नेप्चे फटाफट बसन्तीको पसलतिर गयो। पसलको पिँढिमा पुगेर उभियो र भित्र नहेरि बोल्यो‍-

"एक गिलाँस च्या पाइएला साउनि?"

च्या त पाइएला एकछिन कुर्न पर्च, दुध तता छइन!

भित्रबाट धोत्रो स्वर आयो कुनै लोग्नेमान्छेको।

नेप्चेले भित्र हेर्यो, बसन्तिको बाबु दूधको भाँडो चुल्होमा राख्दै थिए र बसन्ति अर्को कुनामा केहि सामान मिलाउँदै थिइन्।

यता चिया कुर्दा उता उसको सट्टामा गालेको फर्सी बिक्ने पक्का थियो। तर पनि उसले भन्यो-

हुन्छ पकाउनोस न!

उ पसलको खामोमा अडेस लागेर आधि जिऊ भित्र र आधि जिउ बाहिर पारेर बसन्ती तिर अनुहार पर्ने गरेर उभिएर कुर्न थाल्यो।

बसन्ती जुरुक्क उठिन् र ऊ तिर एक नजर पनि नहेरि उसकै सामुबाट बाहिर निस्किइन्।

बसन्ती उसको सामुबाट हिड्दा, केहि धुँवाँको र केहि पसिनाको मादक गन्ध नेप्चेको नाकमा एकपललाई छिर्यो र बिलायो।

नेप्चेले भित्र बुढाको आँखा छलेर एकछिन बसन्ति हिँडेतिर चिहायो, बसन्ती अघि ऊ आएको बाटोबाट फर्कँदै थिइन्। उसलाई उकुस मुकुस भयो। तत्कालै  भित्र हेर्यो, बुढाले चियाको केत्लि अर्को चुल्होमा बसालिसकेका रहेछन्।

 

 

गाले नजिक आएर पल्याकपुलुक यताउता हेर्दै बसन्ती अघि जस्तै फेरि टुक्रुक्क बसिन् र मुसुक्क हाँसिन्। यसपटक गाले अघिभन्दा सम्हालिएको थियो। गाले पनि जवाफमा सुख्खा ओठ बङ्ग्याएर मुसुक्क हाँस्यो।

फुल मिठो लाओ?

बसन्तीमे मुस्कान बिछ्याउँदै सोधिन्।

गालेले बसन्तीले मुस्कुराउँदै सोधेको हेर्यो। स्त्रीहरु राम्रा हुन्छन उसले धेरै देखेको थियो र, सुनेको थियो तर अहिले उसले भोग्दै थियो। बोल्दाखेरि बसन्तीको ओठ तलमाथि गरेर चलेको उसलाई निकै मन पर्यो। उसलाई उसको उमेरको बोध भयो।

गालु फुल मिठो लाओ भनेर सोध्या के सोचिरा?

बसन्तीको ओठ फेरि चलेको देख्यो गालेले।

कस्तो मिठो रेछ मइँले त दुईँ गाँसमा सक्काईँ!

गालेले सोझो उत्तर दियो।

ल भन यो सपै फर्सीको कति हो?

बसन्तीले फर्सि तिर हेर्दै सोधिन्।

गाले दंग पर्यो।

अब हउरले जति दिनुन्छ तेति!

बसन्तीले एक पटक गालेलाई हेरिन् र भनिन्-

म सपै फर्सि किन्दिन्छु र सइ रुप्पे दिन्छु तर तिम्ले मइँले भन्या काम गर्दिनु पर्छ नि फेरि है त?!

बसन्तीको कुरा सुनेर गालेले प्रश्नवाचक दृष्टीले बसन्तीलाई हेर्यो र भन्यो-

हुन्छ गरिआल्छु नि!

गालेको अनुहार अहिले बसन्तीले जेसुकै भनेता पनि गर्नलाई राजि देखिन्थ्यो।

सुन गालु तेसोभ', म सपै फर्सि किन्छु, अन्खेरुन तिमि खुरुक्क गाम गईआल रात नपारी है?

बसन्तीले भनिन्।

गालेले सहमतीमा टाउको हल्लायो।

बसन्तीले फेरि खास्टोमा लुकाएको हात निकालिन र हातमा एउटा खाम थियो। त्यो खाम गालेलाई दिँदै भनिन्-

अन्खेरुन, यो खाम कसइलाई नभनि, रिट्ठेलाई लर देऊ है? कसइलाई नभन नि फेरि, भन्यौ भने म अर्कोपालि तिम्रो फर्सि किन्दिन नि फेरि!

गाले एकटकले बसन्तीलाई हेर्दै थियो र बसन्तीले जे भने पनि उ इमान्दारीका साथ गर्न तयार देखिन्थ्यो।

हुन्छ कसइलाई भन्दिन!

यति भन्दै उसले बसन्तीको हातबाट खाम लियो। बसन्तीले चोलोमा छातिभित्र हात हालिन र गुजुमुजु भएको पैसा निकालेर एउटा सयको नोट गालेलाई दिइन् र भनिन्-

ल यो पइसो र खाम लुकार राख छिटो कसइले नदेख्नि गरि!

हस

भन्दै गालेले पैसा र खाम दुवै पटुकाकमा पोको पारेर सुरुवाल भित्र लुकायो।

ल यो फर्सिको भारि बोकेर मेरो पसल हिँड, पसलमा फर्सि खन्यार डोको लेर गाम फर्किहाल है?

गालेले सहमतिमा टाउको हल्लायो र फर्सिको भारि बोकेर बसन्तीको पछि पछि लाग्यो।

ऊ निकै खुसि थियो। बसन्ती जस्ति केटि उ संग बोलेकि थिइ र उसलाई माया गरेर फुल खान दिएको मात्र हैन सबै फर्सि पनि किनिदिएकि थिइन। ऊ पछि पछि कहिले भुइँ हेर्दै त कहिले आफ्नो अगाडि बसन्ती हिँडेको हेर्दै खुसिसाथ हिँड्दै थियो।

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:04 PM ] | Viewed: 2275 times [ Feedback]


: