:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Story
Wednesday, December 23, 2009 | [fix unicode]
 

शबु केहि लाजले खुम्चिँदै त केहि दीपले हेरिरहेको छ भन्ने कल्पनाले आत्तिँदै एकोहोरो किसिमले कपालमा फगत पानी थाप्दै थिइन र उनका हातले बस कपाल मिचेको जस्तो गर्दै थियो। उनि पँधेरामा थिइनन्, शायद कतै कुनै संसारमा लाज, रोमांच र मिठासले भरिएको विमानमा उड्दै थिइन्। उनलाई थाहा पाउन मन लाग्यो दीप के गरिरहेको छ भनेर। उनले निकै बलपूर्वक टाउको धारोबाट अलिकता छेऊमा ल्याइन र दुवै हातले कपाल मिचेको जस्तो गरेर आँखाबाट हल्का हटाइन र पँधेराको डिलतिर हेरिन्। दीप त्यहाँ थिएन! उन्ले टाउको अलिकता घुमाउन लागिन् यत्तिकैमा ठूलो आवाज आयो। केहि कुरा ठोक्किएको र गाग्रि भुईँमा बजारिएको। उनी सिधा भइन र आवाजको दिशामा हेरिन्। दीप चेलिमाया संग नराम्ररी ठोक्किएको थियो। गाग्रि भुईँमा यता उता गड्दै थियो र दीप र चेलिमाया भुईँमा अल्झेर लडेका थिए। दुँवैजनाको मुखबाट पिडामिश्रीत चिच्याहट निस्केको थियो। पानीले भिजेको भुईँ चिप्लो थियो र ठाउँ ठाउँमा ढुङ्गाहरु थिए। थाहा छैन कुन बलले हो, कुन आकर्षणले हो वा कुन मानवताको भावनाले हो शवु दौडिएर चेलिमाया र दीप लडेको ठाउँमा पुगिन्।

उनले देखिन् चेलिमाया दीपबाट अलग्गिएर उठ्ने कोशिसमा थिइन तर सफल भइनन्। उनि चेलिमायालाई उठाऊने बिचारले अगाडि बढिन् तत्कालै उनको नजर दीपतिर गयो। दीप भुईँमा लडेकै थियो र उसको निधारबाट रगत बग्दै थियो, उ पिडाले आँखा आधि मात्र खोलेर शबुलाई हेर्दै थियो।दीपको मुहार, असक्तता र रगत देखेर शबुको मन उमडियो। उनि दौडेर दीप नजीक गइन र उनको हातले अनायाशै दीपको घाउको गहिराई बुझ्न थाले। घाऊ त्यति गहिरो थिएन र रगत हल्का बगेको थियो। अनायाशै कुन शक्तीले हो शबुले आफ्नो भिजेका हातले दीपको निधार सुम्सुम्याइन् उनलाई दीपको घाऊ ठूलो लाग्यो। राता रगत बगेकोमा उनलाई भित्र कता कता पिडाको अनुभव भयो। उनले दीपको मुहार हेरिन्। दीप उसलाई टुलुटुलु हेरिरहेको थियो। अहिलेको दीपको हेराई शबुलाई मिठो लाग्यो, माया लाग्दो लाग्यो। उनलाई दीपको घाऊ दुख्न थाल्यो। उनले बिर्सिन उनि एकसरो लुगा मात्र लाएर भर्खरै नुहाउँदै थिइन्। उनले बिर्सिन दीपले उनलाई सधैँ हेर्दा उनलाई धेरै रिस उठ्छ। उनले बिर्सिन् यसरी अरुलाई क्वार्क्वार्ती हेर्ने मान्छेको नजिक पर्नु हुन्न। कुनै शक्ती थियो त्यो जसले उनका हात दीपका निधारमा सल्बलाऊन बाध्य बनाइरहेका थिए। उनि थुचुक्क भुईँमै बसिन् र दीपको निधार छुँदै उनि हुर्केदेखि उनको हृदयमा लुकेको मायाको भाव आँखामा ल्याउँदै सोधिन्-

" धेरै दुख्या छ हो?"

शबु आएर दीपतिर झुके देखि नै दिपको सम्पूर्ण दुखाई थाहा छैन; कतै हराएको थियो। सबैकुरा निकै छिटो छिटो भएको थियो। उसलाई बिश्वास गर्न गाह्रो भैराखेको थियो कि ऊ केवल लडेको थियो र निधारमा सानो चोट थियो र त्यसको पिडा उसले शबुको आँखामा देखिरहेको थियो।

छ्छ्छैन अलि अलि हो!

दीपलाई शबुको स्पर्ष कुनै मिठो संगित जस्तो लाग्दै थियो! उसले अनुभव गर्यो उसको बायाँ छातिमा शबुको भिजेको लुगा परेको थियो र त्यसले उसलाई शीतलता दिँदै थियो। सबैकुरा सपना जस्तो लाग्दै थियो।

क्यारि लडेउ तिमारु???

कसैले बोलेको सुनेर दीप र शबु दुवै यथार्थमा आइपुगे।

माष्टरनी चेलिमायालाई उठाउने कोशीस गर्दै थिइन् र सान्नानी टुलुटुलु कहिले दिपलाई, कहिले शबुलाई र कहिले चेलिमायालाई हेर्दै थिइन।

******

 

बिहान झिसमिसेमै उसको आँखा खुलेको थियो र फेरि निद्रा परेको थिएन। हिजो अबेला सम्म नातेदारहरु संग कुरा गर्दा ढिलो भएको थियो त्यसैले सुत्नासाथ ऊ निदाएछ।

उठेर कुनामा हेरेको थियो, चेलिमाया गहिरो निद्रामा थिइन्। उसले निकै बेर आफ्नी अर्धाङ्गिनीलाई हेरिरहेको थियो। निर्दोश अनुहार निद्रामा अझ निर्दोश देखिन्थे। ऊसलाई अनायाशै पत्नी पर्ती गहिरो माया उमडिएर आएको थियो। हिजो दिनभरि देखि राति सम्म उनले काम गरेको गरेइ थिइन्। दिनभरिको काममा थाकेकि छिन भन्ने पनि उसलाई थाहा थियो, उसलाई थाहा थिएन त बस् घर धन्धाको काममा कति थकाई लाग्छ भन्ने कुरा! दिनभरिमा कुनै पनि समय उसलाई उसकि आमाले चेलिमायालाई प्रयोग गरेका बचनहरु मन परेका थिएनन् तर ऊ केहि बोल्न सकेको थिएन।

पाहुना हरु घरमै थिए र बिहान भैसकेको थियो। बाहिर कुनै पाहुनाले खोकेको आवाज आइसकेको थियो र यो घरको, यो गाउँको मान्यता अनुसार यो घरकि एक मात्र बुहारी उसकि अर्धाङ्गिनी चेलिमाया अब उठ्नु जरुरि थियो।

उसले निस्कने बेलामा फेरि एक पटक चेलिमायालाई हेरेको थियो। चेलिमायाका खुट्टा सिरकबाट बाहिर थिए। उसको नजर फुटेका कुर्कुच्चामा परेका थिए। उसलाई याद थियो उसले चेलिमायालाई भित्र्याएको रात उनका कुर्कुच्चा मुलायम र केहि खस्रो चिजले छोए मात्र पनि रगत बग्ला जस्ता थिए। उसको मनबाट पत्नी प्रतिको असिम माया र भक्कानो एकैपटक छुटेको थियो।

सुतोस बिचरी निद्रा नपुगुन्जेल!

उसले मनमनै मायाले भन्दै बाहिर निस्किएको थियो।

 

ऊ महारानी उठिबउसिओ!

आमाको वाक्य उसको मुटुमा पनि चेलिमायालाई जस्तै गरेर बिझ्यो र उसले पुलुक्क लिस्नो तिर हेर्यो।

उसलाई आफ्नै मुटुको टुक्रा विवश र लाचार लिस्नोबाट लड्खडाउँदै ओर्लिएर झुक्दै बाहिर निस्केको जस्तो लाग्यो। उसको मन अमिलो भयो।

उसलाई पत्नी संगसंगै बाहिर जाउँ र एक पटक अंगालोमा बेरेर अब दुख हुँदैन भनेर सम्झाउने तीव्र चाहना भयो। पाहुनाहरु कुरा गर्दै थिए र उसकि आमाले भर्खरै चेलिमाया ढोकाबाट बाहिर निस्कँदा नराम्रो मुख बनाएकि थिइन्। ऊ बाहिर जान सकेन र एकजना पाहुनाको कुरा बुझेजस्तो गरेर मुखमा नक्कलि हाँसो ल्याउँदै अँगेनामा रातो हुँदै गएको अँगार हेर्न थाल्यो।

धेरै बेर उ चेलिमायालाई सम्झेर मन लागि नलागि पनि पाहुनाहरु संग कुरा गर्नमा व्यस्त भयो। उसलाई असह्य भयो। एउटा गाग्रि मात्र पनि उसले बोकिदिन सके उसकि पत्नीलाई आधि सास्ति कम हुन्थ्यो र मिठा मायाका दुई कुरा मात्र गरिदिन पाए पनि उनको थकाई हराउँथ्यो भन्ने लाग्यो उसलाई।

आमा म एकछिन कैले साउकाँ पुएर आम्छु!

यति भन्दै ऊ जुरुक्क उठ्यो।

उनकि आमा वाल्ल परेर छोरालाई हेर्न थालिन् र सहमतीमा टाउको हल्लाउँदै घुँडामा तेल लगाउन थालिन्।

ऊ बहिरियो।

पत्नीको मायाले छोपिएको ऊ लगभग दौडँदै ओरालो बाटो पँधेरातिर जाँदै थियो। बेला बेलामा हिजोको झरिले भिजेको बाटोमा हल्का चिप्लिएर उसलाई ठेस लाग्दै थियो तर पनि ऊ दौडँदै थियो।

ऊ पँधेरा नजिक पुग्यो। उसले पँधेरामा भिड जस्तो देख्यो। उसको आँखा अगाडि चेलिमायाको अनुहार आयो, मन आत्तियो, ऊ झन दौडियो।

उसले देख्यो माष्टरनी नानिलाई, सान्नानीलाई। नजिकै भुइँमा लडेको दीपलाई र दीपतिर झुक्दै बसेकि शबुलाई, र उसले देख्यो पिडाले मुख बिगार्दै भुइँमा बसेकि आफ्नी अर्धाङ्गिनीलाई!

ऊ दौडिएर त्याँ पुग्यो र चेलिमायालाई अंगाल्दै सोध्यो-

के भयो बाबा?

चेलिमायाले पुलुक्क आफ्नो पतिलाई हेरिन्, पतिको आँखामा माया देखेर उनको भक्कानो छुट्यो, उनले हातले दाहिने खुट्टा देखाउँदै 'यहाँ दुखेको' भन्ने बोध इशाराले गराइन् र पतिको कुममा टाउको झुकाउँदै धुरुधुरु रुन थालिन्।

 

(क्रमश:)

   [ posted by Birkhe_Maila @ 02:30 PM ] | Viewed: 2246 times [ Feedback]


: