:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Articles
Friday, January 05, 2007 | [fix unicode]
 

साहित्य पढ्न झ्याउ लाग्छ

by आशुतोष तिवारी

मैले धेरै त्यस्ता नेपालीहरू देखेको छु जो निजी अफिस या राष्ट्रिय, अन्तर्रर्ााट्रय गैरसरकारी संस्थाहरूमा काम गरेर राम्रै पैसा कमाउूछन् । विभिन्न पत्रिका र अंग्रेजीका महूगा किताबहरू किनेर फर्ुसदमा उनीहरू पढ्न रुचाउूछन् । ती किताबका बारेमा आफ्ना मित्रहरूसूग गफ गर्छन् ।

तर तिनै नेपालीहरू नेपाली साहित्यको कहलाइएका किताबहरू- जसको मोल प्रायः पच्चीस रूपैयाूदेखि जम्मा दर्ुइ सय पचाससम्म मात्र पर्छ- भने खोजीखोजी किनेर फुर्सदमा बसेर पढ्दैनन्, एकाध एक दर्ुइजनालाई छोडेर । पक्कै पनि हाम्रा कहलाइएका किताबहरूको नाम त उनीहरूले सुनेका छन् । सायद ती किताबहरू नपढिकनै सुनेका भरमा तिनको सजिलो तारिफ गर्न पनि उनीहरूले जानेका छन् ।

कत्तिले त स्कुले वा कलेज जीवनमा पाठ्यक्रमभित्रै राखिएका साहित्यका केही किताब पढेदेखि पछि अरू त्यस्ता किताब पढ्नु त के छोएका पनि छैनन् । र, छुनर्ुपर्ने कारण पनि देख्दैनन् । अनि साहित्य नपढे पनि उनीहरूको जीवन कुनै निरस या उराठलाग्दो या दुःखी पटक्कै छैन । कुरा के हो भने साहित्य पढ्न उनीहरूलाई मनै छैन ।

एकातिर पैसा र शिक्ष्ँाका आधारमा नेपाली साहित्यको उपभोक्ता हुनसक्ने हजारौं संख्याको जमातको कथा यस्तो छ भने उतातिर मञ्जुश्री थापाको शब्दमा भन्दा- 'धन्न लेखिइरहेका' नेपाली लेखक/साहित्यकारको व्यथा अर्कै छ ।

उनीहरू भन्छन्- 'जसरी जति लेखे पनि किताबै बिक्री हुूदैनन् । मोतीराम भट्टका पालामा पनि १ हजार १ सय प्रति कुनै किताब छापिन्थ्यो भने अहिले पनि त्यत्ति नै छापिन्छ । त्यसमा पनि ६।७ सय प्रति त फोकटमा नातागोता, इष्टमित्र आदिलाई बाूड्दैमा सकिन्छ । साहित्य बुझ्ने, त्यसको रस लिने, त्यसलाई उपयोगी ठान्ने अनि साहित्यिक किताब किनीकिनी पढ्ने पाठकहरूको हुल नै यो देशमा छैन कि क्या हो । होइन भने कसरी कहिले साहित्य लेख्ने वा लेखेकाहरू र साहित्यको उपभोग अनि उपयोग गर्न सक्नेका बीचको दूरी कम गर्ने -' यस्तै यस्तै क्रन्दन सुनिन्छ, यसो दर्ुइ चारजना चिन्तित लेखकहरूको सङ्गत गर्ने हो भने ।

अर्थशास्त्रको भाषामा भन्ने हो भने साहित्यलाई महान बनाइएर बजारमा टन्न 'सप्लाइ' गरिएको छ । तर 'डिमान्ड' खासै छैन ।हुन त माग बढाउने विभिन्न उपायहरू छन् । मंसिर १९ गतेको (Please see elsewhere on this Sajha blog for that article) स्तम्भमा मैले पुस्तक बिक्रीका लागि लेखक, एजेन्ट, प्रकाशक, सम्पादक अनि बजार व्यवस्थापकको जोहो गर्न थाल्नर्ुपर्ने कुरा उठाएको थिएू । टिप्पणीकार भाष्कर गौतमले मंसिर २६ को लेखमा नेपालमा त्यसबारे भइरहेका प्रयासहरू र अझ गर्न बाूकी कामहरू प्रस्ट पारेका छन् ।

निश्चय नै संसारको कुनै पनि देशमा साहित्यका किताब किनीकिनी पढ्ने पाठकहरूको संख्या अन्य पत्रिका, किताब किन्नेहरूको संख्याभन्दा त धेरै कम नै हुन्छ । तैपनि नेपालको पर्रि्रेक्ष्यमा पैसा, शिक्ष्ँा र अनुभवको हिसाबले साहित्य किनेर पढ्नसक्ने जमात किन साहित्यबाट टाढिएको होला, त्यसबारेमा यी दर्ुइवटा कुरा उठाउन चाहन्छु ।

पहिलो त, साहित्यप्रतिको बैरागको बीउ धेरै विद्यार्थीको दिमागमा हाम्रो स्कुल, कलेजमै रोपिन्छ । एकाध एक दर्ुइवटा स्कुलका शिक्ष्ँक छोडेर प्रायःले नेपाली साहित्य पढाउने कामको सफलता केवल शिक्ष्ँा मन्त्रालयका विभिन्न तहका जाूच पास गराउने कामसूग जोड्छन् ।

स्रँेतको अभावमा यसो गर्नु ती शिक्ष्ँकहरूको रहर होइन, बाध्यता हो । फेरि विद्यार्थीले पनि जाूच पास गर्न के गर्नर्ुपर्छ, चाूडै पत्ता लगाइन्छ । बरु उसले चक्रपाणि चालिसेको जन्ममिति कण्ठ पार्छ । भवानी भिक्ष्ँु कहाू जन्मे, मरे र उनका मातापिता को थिए, अनि देवकोटा कुन सालमा शिक्ष्ँामन्त्री भए- यस्तै यस्तै साहित्य सम्बन्धी 'युवा मञ्च'- स्टाइलक टिपनटापन जानकारी घोकेर जाूचमा पस्किन्छ । यसरी पढेर हर्ुकेका धेरै विद्यार्थीलाई साहित्यको पठनपाठन भनेको जाूच पास गर्ने अर्को एउटा बोझमात्र भएको छ ।

तिनै विद्यार्थीहरू जसको संख्या लाखौंमा छ- पछि गएर फर्ुसदको समय आफ्नै मनोरञ्जनका लागि साहित्य किनेर पढ्छन् पाठक बन्छन् भनी चिताउनु र्व्यर्थ छ ।त्यसैले साहित्यका नाममा लाखौं कराडौं रुपैयाूको धनराशि हातमा लिएर बसेका विभिन्न प्रतिष्ठानहरूले केवल केही बूढापाका साहित्यकारहरूलाई दोसल्लामाथि दोसल्ला ओढाएर थचक्क बसाउूदैमा आफ्नो काम सम्पन्न भएको नठानी आगामी दसदेखि बीस वर्षा नेपाली साहित्यका पाठकहरूको संख्या वृद्धि गर्न के गर्नर्ुपर्छ भनी सोच्ने बेला भइसकेको छ ।

यस क्रममा उनीहरूले स्रँेत नभएको तर उत्साह भएका विभिन्न स्कुल र कलेजहरूसूग मिलेर विद्यार्थीको साहित्यतर्फो झुकाव बलियो पार्न पाठ्यक्रम सुधार, अतिरिक्त क्रियाकलाप, पुरस्कार आदिको जोहो गर्न थाल्ने बेला आइसकेको छ । यो काम पक्कै पनि तुरुन्त नतिजा ल्याएर ताली पाइने काम होइन । तर यस्तै कामले यी प्रतिष्ठानहरूको साहित्यको बारेमा सोच कति बृहत् र गहन रहेछ भनेर अरूलाई प्रस्ट हुन्छ ।

दोस्रो, विभिन्न कारणले नेपाली साहित्यलाई हाम्रो समाजमा अनावश्यक तालले त्यस्तो उचाइमा राखिएको छ कि धेरै पाठकले त कहाू छ भनेर त्यो उचाइ देख्नै छोडिसके । अनि नदेखिएकै कारणले उनीहरूलाई साहित्य किन्न, पढ्न मतलब पनि छैन ।

अर्काे शब्दमा भन्ने हो भने हाम्रा लागि नेपाली साहित्य उचाइमा राखेर पूजा गर्ने मर्ूर्तिमात्र भएको छ- न कि आमनेसामने बसी संवाद गर्ने विषय । पूजा गर्न थालेपछि फरक विचारलाई ठाउू नै नदिने गरी कट्टर हुनुपर्‍यो कि त सामाजिक मिलोमतोको लागि फोस्रो आस्था देखाउनै पर्‍यो । त्यसैले देवकोटा महान छन् भन्यो । टाढैबाट नमस्कार गर्‍यो अनि किताब चाहिू नपढे पनि हुन्छ ।

यही फोस्रो आस्थाको कारण एउटा उदाहरणको लागि के हुन जान्छ भने धेरै नेपालीहरू कोही कविको सामु पर्दा उहाू त कवि भनेर काूधमा धाप दिन त दिन्छन् तर बोरलाग्दो कविता सुन्नुपर्ला भनेर भागाभाग गर्छन् । साहित्यसूग संवाद गर्ने अभ्यास नभएपछि हामीलाई यस्तै यस्तै कुरा झेल्नर्ुपर्ने हुन्छ ।

जस्तै, देवकोटाले मुनामदन त लेखे । तर मदनले भोटमा भोगेर भनेका कुरा आज नेपाली कामदारले अरब र मलेसियामा भोग्नुपरेका कुरासूग कसरी राखेर हर्ेने - साहित्यसूग संवाद गर्ने एउटा विषय हुन सक्छ । त्यस्तै परिवारबाट छुट्दै, टुक्रूदै गएको काठमाडौंको समाजमा रुद्रराज पाण्डेले रूपमति उपन्यासमा खोतलेका बृहत् पारिवारिक दाउपेच र मानवता कसरी बुझ्ने, संवादको अर्काे विषय हुनसक्छ ।यस्तै विभिन्न बहसको आड लिएर नेपाली साहित्यलाई अहिलेको उचाइबाट झारेर हजारौं लाखौं पाठकको हालकै जिन्दगीमा ती कृतिहरू कसरी उपयोगी छन् भनेर संवादको ढोका खोल्ने बेला आइसकेको छ । साहित्यकै उत्थानका लागि बसेका विभिन्न प्रतिष्ठानहरूले यस्ता कुरालाई अगाडि बढाउनर्ैपर्छ ताकि नेपाली साहित्यको माग हाम्रै बीचमा झन् बढोस् ।

नत्र यता जत्ति साहित्य जसरी उत्पादन गरे पनि र तिनलाई जसले जति महान् भनेर टाूचा लगाइदिए पनि उता पैसा र शिक्षाको आधारमा पाठक बन्नसक्ने हजारौं नेपालीहरू साहित्य पढ्न झ्याउ लाग्छ भन्दै बसिरहेकै हुन्छन् ।

(Originally published in Kantipur national daily; December 2004. Special thanks to friends at Martin Chautari and other places for many stimulating guff-gaff on this and other topics that helped refine my thoughts.)

   [ posted by ashu @ 10:34 AM ] | Viewed: 4173 times [ Feedback] (1 Comment)


: