:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Diary
Sunday, September 02, 2007 | [fix unicode]
 

२०५४-३-१९, पुल्चोक होस्टेल।

मन नहुनु हो, भइदिन्छ; नसोच्नु हो दिमाग, सोचिदिन्छ; नरुनु हो दील, रोइदिन्छ; नसम्झनु हो याद, सम्झिइन्छ; नदुख्नु हो मुटु, दुखिदिन्छ; नफुट्नुहो भवनाको बाँध, भत्किदिन्छ। नबगे हुन्थ्यो त्यो खोला, त्यो समय, यो जिन्दगी; बगिदिन्छ। अविरल, अनिस्चित यात्रामा। सागर असिमित छ, मन असिमित छ, भवाना असिमित छ, भुगोल बिकराल छ, इतिहासको गहिरो महासागर अटल छ, अडिक छ। भाँडो खाली बन्दैछ। के गर्नु मेरो देशको त्यो चाँद, म तेहाँ छु भने, जहाँ आमाको सुवास छैन, मात्रित्व विलाएको छ।

एउटा दिन थियो, एउटा समए थियो, एउटा जिन्दगी थियो। यादहरु ताजै छन: उमँग थियो, जोस थियो, जाँगर थियो; खुशी, सुख, सन्तोश, लगभग पुर्णता थियो। तर जिवन रित्तिदै जानु रहेछ, सिध्धिदै जानु रहेछ। गाग्रोको पानी कसैको प्यास मेटाएर सकिएको हो। तर जिन्दगी अनायासै सुक्दै गएको छ। अहिले सुख्खा छ, मरुभुमी छ, म्रिगत्रिष्णा नमेटिन सक्छ। जन्मनु, बढ्नु, हुर्कनु, जवान अनि बुढो हुनु; पढ्नु, ज्ञान हासिल गर्नु, प्रबुद्ध हुनु; बाँच्नु, मर्नु। क्रमैसँग समए बुढो हुदै जान्छ। सायद समएलाई बुढो बनाएर म आफु त्यहाँ रहन चाहन्थेँ, सँधै, जहाँ उमँग थियो, तरँग थियो, जिवनमा रंग थियो। तर कहाँ सकिनु? करोडौं बर्ष बिते हुन्, अरबौं पुर्खाहरु विलाए हुन्। म कसरी यत्रो ठुलो बिषमता सिर्जन सक्थेँ र?

क्रमै सँग मितिहरु थपिदै गए जिवन इतिहासमा। सोचेको थिएँ होला, त्यो दिन, यो दिन, २००५४ - ३ - १९ गते, धेरै टाढा छ। त्यो कहिल्यै आउँदैन। म त्यहाँ पुगें भने त्यो चन्द्रमा भित्र पुग्नु हो। सुर्यको उज्यालो म भित्र जगमगाउने छ। तर सोचाइ, कल्पना, सपना सायद सपनै हो। सपना वालुवाको पुल हो; बनाउन धेरै सजिलो। तर कसैले पनि सहारामा तर्न नसक्ने। मेरो पुल पनि सायद भत्कियो, आज आएर। अनायासै फेरि जिन्दगीको वाटो हरायो। त्यहाँ, कहाँ कहाँ घना जंगलमा, भयानक जनावरहरुको दर्दनाक् आतंकहरुमा। अन्धकार औंसीको रात, सायद दियोमा तेल सकियो। फेरि कसैले भरिदिने हो कि होइन? अरुले भरिदिएको तेल असुध्द पनि हुन सक्छ। अनकन्टारमै बत्ती झ्याप्प हुन सक्छ। तथापी आफैँ तेल भर्न गाह्रो रहेछ। प्रयासरत छु। मात्रै प्रयास् - अनिस्चित्, असमर्थ पनि हुन सक्छु। सोचेको थिएँ, त्यहाँ पुग्नु कुवेत हो, तेलै तेल, बत्तीहरु जतततै वाल्न सकिने। सधै सबैतिर उज्यालै उज्यालो। तर आज तेहाँ पुग्दा, पानीको प्यास पनि विकराल् - नमेटिने। कहाँको उज्यालो होस्।

अरुको उज्यालोमा भर् पर्नु विलाउनु हो। उज्यालो पाउन त आफैँमा उज्यालोपना हुनुपर्छ। तर कसरी आफैँमा उज्यालो समेट्ने? खाडल अझै बढ्न थालेछ। ठानेको थिएँ - त्यहाँ प्रसस्तै माटो पाइन्छ। उर्वरा, रसिलो। जिवन हरियो बन्नेछ। रमाइलो बन्नेछ। लहलह जिवन फुल्नेछ। मानिसहरु रमाउनेछन् - ममा। म आफैँ रमाउनेछु - ममा। तर कल्पनाको संसार एउटा लाम्खुट्टेको टोकाइमा गर्ल्याम् गुर्लुम्म भत्किएछ। म आफैँमा भएको उर्वरत्व रित्तिदै गएछ। हरियाली हराउँदै गएछ। आज एक्कासी ब्यूँझदैछु। समएले परको नेटो काट्नै लागिसकेछ। कसरी रोक्ने, कसरी पक्डने? मन कुँडिएर आयो। मुटु चिरिदै आयो। अनि दुई शब्द यी पानाहरुमा पिल्सिए। बस्, २०५४ शालको आषाढ १९ गतेको साँझ बित्यो। Diploma in Engineering को अन्तिम दिन वित्यो। मैले पाइन, सायद गुमाएँ। सुत्नु छ, किनकि उठेर कहिँ पुगिएन, ब्युँझिएर केहि गरिएन। तथापि भोलि विहान ६-७ वजे आँखा खुलिदिन्छन्। खै किन? थाहा छैन। सायद तेसैले, पर्सि विहान एउटा परीक्ष्या छ, परीक्ष्यै परीक्ष्या को स्रिँखलामा अर्को एउटा ईँटा। तर घर पुरा हुन नपाउँदै धस्किने हो, भत्कने हो, खै के हो? भविस्यलाई तेहिं छाडौँ।

भविष्यको कल्पनामा वर्तमान् जतिसुकै गुन्जिएपनि, भुतका, इतिहासका कटु कथाहरु सदा ताजै रहनेछन्। मन सधै कुँडिएरै कुँदिनु पर्ने हो। बित्त्दै जाने छ जीन्दगी, जसै तसै।

बस्।

   [ posted by SurNaTal @ 05:06 PM ] | Viewed: 3345 times [ Feedback]


: