:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Diary
Monday, September 17, 2007 | [fix unicode]
 

२०५९-५-११,
पुल्चोक क्याम्पस।

...................................
समय पंक्षि हो खुल्ला यसको बन्धन
बाधेर बाधिदैन उड्छ हरपहर;
दिन रातको पंख सेतो कालो
चालेर आकाशैमा उड्छ निरन्तर।
......................................

साच्चिकै समयका क्रुर चक्रहरु घुमि नै रहे र म वाध्य बनिरहेछु।

भावना भरि भरि स्‍मृतिका सुमनहरु सँगालेर, मन भरि भरि सितलताक उद्वेगहरु भरेर, मुटु भरि भरि संब्रिद्धिका सगुनहरु लुकाएर, आँखा भरि भरि प्रफुल्लताका करिस्माहरु अनुबन्धित गरेर, अन्जुलि भरि भरि शुभकामनाका कोसेलीहरु बोकेर, दिल भरि भरि टलपल् टलपल् बिक्षिप्तताहरु कुम्लो कसरे,
म विवस छु - मेरो मुटुको आधा टुक्रा कतै वाटोमै छाडेर आफुलाई असह्य चोट र व्याथाको परिधि हुँदै एकान्त तर्फ, अनकन्टार् तर्फ, आँधिवेहेरी तर्फ, छालहरु तर्फ धकेल्न।

म बाँधिएको छु, समयका जन्जिरहरु भित्र।

आज एउटा अन्तिम मौका हामीहरु सामु निमेश भरका लागि उपस्थित् छ - सहयात्रका लागि।
म चाहन्छु - आजको यो पल, हामी छाती भरि भरि कुराहरु साटौं, मनहरु साटौँ, अन्तरंगहरु साटौँ, मुटुहरु साटौँ - के भर आज उप्रान्त फेरि यस्तो अवसर् हामी पाउँला/नपाउँला; नाचौं, गाऔं, रमाइको गरौं।

आफ्ना आफ्ना कर्मका कचौराहरु लिएर भोलि त हामी आ-आफ्ना भाग्यका वारीहरुतर्फ फसल खोज्न लम्कनु नै छ - के भर पुन: वाटोमा भेटिउँला - नभेटिउँला, या भेटेनै पनि चिनौंला - नचिनौंला या चिनेरै पनि चिनेझैं गरौंला नगरौँला।त्यसैले आजै साटौँ साइनोहरु - स्‍मृति भरि भरि, आँचल भरि भरि, हत्केला भरि भरि।

...................................
आधि वाटो हिंडे पछि तिमि संग भेट भयो
जिन्दगीको हाम्रो यात्रा तेहिंबाट सुरु भयो
सानो मोडैमा।

थोरै अरु हिंडेपछि दोवाटो पो फेला पर्यो
जिन्दगीको हाम्रो यात्र तेहिंबाट टुटिगयो
सानो मोडैमा।
...................................

हामी बिच वाटोमा भेटियौं। हामीले हाम्रा उत्सर्गहरु संगसंगै उद्वेलित गर्यौं, हाम्रा आकाँक्षाहरु संगसंगै खुसी मनायौं, हाम्रो यात्राका धेरै मोडहरु/घुम्तीहरु संगसंगै पार गर्यौं।

र सत्य त यहि हो - कोहि कसैको जीवन पर्यन्त साथ रहन सक्दैन। चाहेर पनि हामी हाम्रा गोरेटोहरुलाई एउटै दिशातर्फ, एउटै विन्दुतर्फ निर्धारित् गर्न सक्दैनौं।

जीवनको वक्ररेखा - म चाहन्थें - मात्र विन्दु - टक्क अडिएको - तर संभव थिएन। तेसैले भोलित हामी आ-आफ्ना वक्ररेखा तर्फ लम्कनै छ। आजै मात्र हो हामीसंग - हाम्रा मनोभावनाहरु सापट लिन, दिन र चुक्ता गर्न। हामी अघाउन्जेल आजा हाम्रा दिलहरु साटौं; धेरै अरु रातहरु जस्तै आजको रात पनि हामी विताउँ - हाम्रो पारामा, फेरि भोलि कहाँ पाउँला र हामी यसरि संगसंगै न्याना पलहरु साट्न। मानौं आज घडीको सुइ रोकिएको छ, समय ठिंग उभिएको छ - किनकि हामी उभिएका छौं - हाम्रा भवनाहरु साट्न।

.............................
केहि मिठो वात गर
रात तेसै ढल्किदै छ,
भरे फेरि एकान्तमा
रुनु त छंदैछ।
.............................

सुर् न ताल्

   [ posted by SurNaTal @ 10:07 PM ] | Viewed: 3295 times [ Feedback]


: