:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Diary
Thursday, October 04, 2007 | [fix unicode]
 

यात्रामा तिमि ३

बुटवल पुग्दा १२ मात्रै बज्यो। बस पार्कमा एक एक सोली चटपटे खाएर होटल खोज्न तिर लागियो। दिनभरको घुमाइ अनि ७-८ घन्टाको बस, थकान ले सिमा नाघिसकेझैं छ। तिमि भुसुक्क निदाइ सकेकी, म के के सोच्दै ढल्किरहेथें।

"ए हजुर् नौ बजिसक्यो! छिट्टो उठ्नुस्!", म झल्यास्स बिउझिए। घाम घरमाथी पुगिसकेछन्। आज पनि दौडा दौड होला जस्तो छ।

बुटवल तानसेन को त्यो ४०-५० KM होला, तीखा घुम्तिहरु- डरलाग्दो। प्रत्यक मोडमा तिमि मेरो हात पक्डन्थ्यौ। लाग्थ्यो गाडी बाटो भन्दा बहिरा गैसक्यो। तल सिधै तिनाउ छिन्। कलकल बगेकि। आँग सिरिंग हुने। कौयौं दुर्घटना सुनेको छु/देखेको छु। यो बाटोको। एउटा Motercycle को कथा सुनाएँ मैले।
"यहि सडकमा काम गर्ने एउटा इन्जिनियर ऊ तेहि घुम्तीमा मोटरसाइकल घुमाउन नसकेर सौयौं मिटर तलको तिनाउ तर्फ उडेको थियो। अचम्मको भाग्य उस्को, ऊ त्यो बुट्टामा अल्झेर बाँच्यो। उसको Bike का टुक्राहरु पर पर छरिएका थिए।"
तिमि अझै डारायौ। म अझ मेरो आफ्नै काहानी सुनाइरहेथेँ।
"तेतिबेला म राम्रो सँग सजिलो बाटोमा पनि मोटरसाइकल चलाउन जान्दिनथेँ। ठेकेदारले दिएको त्यो खटारा Bike। Brake पनि राम्रो संग लाग्दैन्थ्यो। उरन्ठेउले उमेर। म तेहि Bike मा पछाडि बलरामलाई राखेर बुटवल तानसेन, तानसेन बुटवल गरिरहन्थें। यहि घुम्तिहरुमा। अहिले त आफैंलाइ कस्तो डर लाग्छ।"
तिम्रो धडकन अझै भढ्यो - "हजुर त वेवारिसे टाइप को मान्छे। यस्तो डरलाग्दो बाटोमा। कस्तो आँटपनि आएको? केहि भएको भए।" म हाँस्दै थिएं - "अरु त ठिकै हो, तर केहि भएकै भए पनि तिमिलाइ त के फरक पर्थ्यो र। म हुन्नथेँ। म यो सन्सारमा जन्मेको छ कि छैन नै थाहा थिएन त्यो बेला तिमिलाइ। बराबर। बरु कोहि अर्कै तोरि लाहुरे संग बिहे गरेर यत्रो घोर्ले छोरो पाइसकेकि हुन्थ्यौं। झन मज्जा।" तिमि मेरो तिघ्रामा चिमोटी रहेथ्यौ - "यत्रा मान्छेले सुनिराछन् बसमा। के के बोलिराको यो मान्छे।"

तानसेनको टाउकोमा कति सुन्दर बगैंचा। हामीले लामो सुशेली तानेथ्यौं र रमाइला कुराहरु गरेथ्यौं - हाम्रो संसारका।
"अव भिमसेनगोलामा घर बनाउने, अनि मात्रै छोरा पाउने।" तिम्रो योजना थियो।
"घर बनाउन नसके सधै वाउ नबन्ने त?" फेरि कुरा मिलेन।
"हजुर् जे सुकै गर्नुस्, म त नाइ!"
"घुर्कि हो कि धम्कि हो यो?"
"जो सोच्नुस्, कुरा तेहि हो।"
"भगवान् रक्षा गर!"

मैले एउटा ढाका टोपी किने। तिम्रो रोजाइको। तिमिले एउटा ढाकाकै वर्को किनेउ। मेरो रोजाइको। किन किन अरुको रोजाइ मन पर्ने। कस्तो सँबन्ध यो तिमिसंगको।

पाल्पाली ढाका टोपी सिरैमा थियो, हामी भरतपुर पुगिसकेका थियौं। साँझको खाना खाने रे। बाटो छेउको होटल। गुरुजि को मिलेमतो। उहि फुस्रो भात। झोल हालेको टर्रो बोइलर। नाला वाला इनारको तरलाग्ने पानी। कसरि खाने? तिमि मुख बिगारिरहेथ्यौ।
"कस्ति राम्रि रहिछिन् तिनि।" एउटी तरुनि केटी तर्फ औंल्याइरहेथें, तिम्रो मुड परिवर्तन गर्नु थियो।
"बोलाइदिमत कुरा गर्न?"
"यो ढाकाटोपीवाला पाखे संग के कुरा गर्लिन र?"
"ओर सर्नुस्। म टोपी हटाएर कपाल कोरिदिम्ला।"
"भैगो। तिमि जत्ती राम्री त छैनन्।"
अनि फेरि तिमि रिसाएझैं गरिथ्यौ।
"म राम्रि भए नि नराम्री भएनि तपाईंलाई के? तपाईँ को हो र मेरो?"
"पोइ भन्छन् मलाई मेरि प्रिया को, बुझेउ राम प्यारी।"
"मेरो कोहि पोइ सोइ छैन।" तिमि उता फर्किएथ्यौ।
"OK, तिमि र म नचिनेको मान्छे। जाउँ बसमा।"

बस पुर्व तर्फ लाग्यो। समथर संसारमा। अँधकारलाई तिखा head light हरुले छेड्दै। तिमि पर आकाशका ताराहरु देखाउदै "ध्रुव तार तेहि होला" भनिरहेथ्यौ। मैले भनेथें - "ध्रुवतारा त विहानी पख पो झुल्कन्छ त, तेति वेला त हामी ढल्केवर तिर पुगिसकेका हुन्छौं"

म कत्तिवेला झकाएछु पत्तै भएन। ब्युँझदा तिमि अझै मस्त निदाइरहेकै थियौ। एकैछिनमा अ-मलेखगंज आयो। त्यहाँ मैले कुनै दिन ३ घन्टा लाइनमा घडा भएर बिताएथें। सैनीक को जाँच कुरेर। तिमि निदाइरहेकै छौ। बस अनकन्टार जँगलमा अनकन्टार अँध्यारोलाई छिचोल्दै अझ पुर्व तिर हुँइकिरहेछ। पथलैया पनि गैसक्यो। तिमि निदाएकि निदायै छौ। मलाइ उठाउन मान लाग्यो। कुरा गर्ने कोहि छैन। फेरि के दिस्टर्ब गर्नु। मस्त निदाइरहेकि मान्छेलाइ। मैले एउटा स्याउ र Frooti निकालें। भोक लागेर हैन, अलमल्लिन।

"हेर मलाई नउठाइ एक्लै खान लागेको।"
"हँ अ अ अ अ!" म झस्किएँ। तिमि आफ्नो अनुहारलाइ मेरै छातिमा म तिरै घुमाएर मुख बंग्याइरहेथ्यौ।
"हैन तिमि निदाएकि निदायै भयौ भनेर साथि निकालेको।"
"म एक्छिन् नहुना साथ अर्को साथी खोज्ने हजुर् नराम्रो मान्छे।"
"ल ल। राम्रो भएनि नराम्रो भएनि फेर्न मिल्दैन। उठ। Frooti खाऊ। "

तिमिले Frooti लिंदा नलिंदै बस ढल्केवर पुग्यो। ३ बजेको रहेछ।
"ए ढल्केवर। खै त ध्रुवतार।"
"ध्रुव त भरतपुरमै छुट्यो। तारा पछाडि सिटतिर होलिन्। तर तिमि पनि छौ। क्या बोर।" मैले कुरा बङ्याएँ।
"म केहि भन्दिन। जो सँग जान मन छ गए हुन्छ।"
"ल हेर तापक्रम बढेको। भमरा चाहिं पक्कै दुइटा होलान् - टाउकोमा"
"हेर्नुस् न छ कि छैन, थाहा भै हाल्छ नि।"
मैले यसो कपाल पल्टाएर हेरेझैं गरेथेँ।
"छाड्नुस्। अर्कालाइ छुनु पर्दैन।" तिमि पर सेरेथ्यौ। रमाइलो। जति सरेनि सिट तेहि थियो। एउटै। जोडिएकै। म हांसिरहेथें।
"किन हाँसेको। अहिले पिटिदिन्छु अनि।" तिमि अझ पर सर्न खोजेथ्यौ।
"लौ त हेरौं पिटेको।" मैले तानेर म संगै ल्याएथें।

बिहान् झिसमिसे भएको रहेछ। "ए हजुर् हेर्नुस् त कोसि ब्यारेज आएछ"। म आँखा मिच्दै झ्यालतिर फर्किएथें। त्यो १ KM लामो बाँध। जसले नेपालको नगन्य तर भारतको महत्वपुर्ण भुभागलाई डुबान बाट बचाउंछ। र तेहि एउटा पुल छ, जसबात देशको सबै भन्दा ठुलो नदि वारपार गर्न सकिन्छ। तिमि मन्त्रमुग्ध अथाह लाग्ने समुद्र जस्तै पानीको संसारमा रमाइरहेथ्यौ। भारदहका जहाजी केराहरु हाम्रो बसको झ्यालबाट भित्रै सम्म आइरहेथे। तिमिले ठुलै काइँयो किनेथ्यौ। सस्तो थियो। १० रुपैयाँ को २०-२२ वटा। केरा खादै गर्दा बस अगाडि बढिरहेथ्यो। सुनसरीका धान फाँटहरु हुंदै झुम्का पुग्दा जम्मा ७ बजेथ्यो।

क्रमस..
सुर् न ताल्।

पुनस्च: अव कता जाने सोचिराछु। सायद् चतारा नहर् हुदै चतारा-वराहछेत्र सम्म पुग्छुकि।

   [ posted by SurNaTal @ 03:43 PM ] | Viewed: 3476 times [ Feedback]


: