:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Diary
Monday, October 29, 2007 | [fix unicode]
 

This is the article already posted in different thread. Sorry for multiple/repeated posting. Just wanted to collect in the Sajha Blog.

"कलेज्" र प्रेम प्रसंगहरु

"कलेज" पढ्दा मेरा धेरै त्यस्ता प्रेमदाश साथीहरु पनि थिए जो प्रत्यक साँझ खाना पछि २-४ घन्टा आफ्नो नयाँ पिरतिको मिथ्या ओकलिरहन्थे - मानौँ म उनिहरुको जन्मसिध्ह स्रोता हुँ। र प्रत्यक भोलिपल्ट आफ्नो ठानिएकि प्रेयसि कोहि अर्को जवानसँग कुम जोडेर हिडिरहेकोमा गुनासो वा भनौँ दुखेसो पोखिरहेका हुन्थे। अझ धेरै यस्ताहरु पनि थिए - जो प्रत्यक बिहानी पुरानी प्रेयशीसँग सुरु गर्थे (कल्पनामा मात्रै) र प्रत्यक साँझ नयाँ प्रेयशीसम्म पुगिसकेका हुन्थे जो फिल्म् हलमा आफुभन्दा अगाडिको "रो" मा बसेकी होस वा "लोकल्" बसको दायाँ "सिट" मा।

यो क्रममा यदि कसैले २ सब्द अलिक मीठो बोलिदिएको चाहिँ भए त उनिहरु घायल नै भैदिन्थे र रातभर उनैको कल्पनामा जागा बसिदिन सक्थे। र भोलि फेरि कुनै लोकल् बस को "रुट" परिनै हाल्थ्यो जसमा कोहि अर्को अनुहार उपस्थित भइ नै हाल्थ्यो।

म "क्याटागोराइज्" गर्न रुचाउँछु(चाहन्छु) - ती तथाकथित प्रेमीहरुलाई, जो तिनताका मेरो सम्पर्कमा थिए - "कलेजमा"।

मानौँ भर्खरै बखान गरिएकाहरु पहिलो दर्जाका हुन। किनभने अरु पछिल्ला दर्जाहरुमा राख्न मिल्ने तथाकथितथाहरु पनि म भेट्टाइरहेको छु।

एकथरि जो छन् - उनिहरु मानौँ दोश्रो दर्जामा पर्छन्। यो यसर्थकि
उनिहरुको एक्तर्फी र एकोहोरो प्रेम पुगनपुग १ बर्स (१ शैछिक बर्स)
जिवित रहन्छ। र जव नयाँ "सेसन" सुरु हुन्छ, पैयुँले नयाँ
पात फेरेजस्तै उनिहरुका मानसपटलले पनि नयाँ प्रेमिका फेरिसकेक
हुन्छन्।

मानौँ यस्तो हो - नयाँ "सेसन" बशन्त जस्तै भएर आउँछ, अनगिन्ति सुकोमल फुलहरुलाई फुलाएर, अनि एउटा स्वतन्त्र भमरा आफ्नो अन्तरले रोजेको जुनसुकै फुलमा पनि निस्फिक्रि बसिदिन सक्छ, सुवास लिन सक्छ, पुस्परस पान गर्न सक्छ - कसैको कुनै प्रतिरोध बिना। म यसो भन्न रुचाउँछु - ती उल्लु सथीहरु आफ्नो वास्तविक धरातललाई पातलो नाइलनको कपडाले छोपेर (जसबाट जे लुकाउन खोजिएको हो, त्यहि अझ प्रखर, स्पस्ट र उन्मक्त भएर प्रस्तुत हुन्छ वा भनौँ उजेलिन्छ) आफ्नो अन्तरमुखि ब्यक्तित्वलाई प्रेम नाम दिइएको हल्का र शुसुप्त मनोभावनाको कमिजमा उजागर परिरहेछन्। कोहि कोहि यो बर्गकाहरु पनि आफुलाई अलिक बहिरमुखि बनाउन उत्प्रेरित देखिन्थे - प्रेमको प्रस्ताब सम्बन्धितसम्म पुर्याएर।

सम्बन्धित - यहाँनिर मलाई यो शब्द "म्याच" गरेझैँ लागिरहेको छैन। यो सम्बन्धित शब्दले ती आफैँभित्र र सिर्फ आफैँमा प्रेमित्व जन्माइ, हुर्काइ, ब्रिद्ध बनाएर बिसर्जनमुखि बनिरहेका बेसहाराहरुलाई "80's" मा चलेको लामो लामो कलार भएको सर्ट र तिन बित्ता लामो मोहडा भएको पाइन्ट लगाएर आफुले आफैँलाई "हिरो" सम्झिरहेको एउटा "बिचरा" जस्तै बनएझैँ लाग्छ। मतलब यो कि एक्लै कोहि जुनसुकै "इफोर्ट" मा पनि कोहि अरुको सम्बन्धित हुन सक्दैन। यसो भन्नु व सोच्नु त 'आलु खाएर पेडाको धाक' लगाउनु मात्रै हो। भलै समएले आलुलाई पेडा भन्दा गहकिलो बनाएको किन नहोस्।

यी दोश्रो दर्जाबाट माथि उक्लन खोज्ने मेरा हितैशिहरुलाई चाहिँ म डेडऔँ दर्जामा सम्म राख्न सक्छु। किनकि यिनिहरु त्यति सामर्थ्य चहिँ राख्दैनथे जस्तो कि पहिलो दर्जाकाहरु प्रत्यक दिननै नयाँ प्रेम काहानी सुनाउन समर्थ थिए।

हामी "नयाँ होस्टेल" मा कहिलेकाहिँ त मध्यरात र भोलिपल्टसम्म पनि फलानो र फलानि, फलानोले फलानिबाट धोका, फलानोले फलानिलाई छाडेर तिलानि, तिलानिको "ट्र्याजिडी" आदि इत्यादिमा बिताइदिन्थ्यौँ। र प्रायस: म श्रोता नै हुँ। आज चाहिँ बक्ता बन्न नसके पनि लेखक बन्ने जमर्को गरिरहेको छु ताकि उनिहरु हुनसक्छ "रिडर" बनुन - पाठक उनिहरुकै काहानिको। यस्ता "लेट नाइट" कचहरिहरुले के निचोडपनि निकाल्थे भनेकि फलानिको "लाइन" मा त बाउन्नजना पुगिसकेरे नि! त्यस मध्यको ५१ औँ र ५२ औँ पनि त्यहिं हुन्थे। उनिहरुमा द्वन्द वा इर्स्या वा प्रतिसोधको भवना पटक्क देखिदैनथ्यो। ५२ औँ वाला ५१ औँ वालालाई रवाफका साथ भन्थ्यो - "म त ५२ औँ भएछु नि काले।" मानौँ ५२ औँ वाला अलिक गोरो छ र उसलाई त्यो फलानिले बढि मन पराउनेवालि छ। तर मलाई लाग्छ यो यसर्थ कि त्यो तिलानिले न ५१ औँ वालालाई कुनै "हिन्टस्" दिएकि छ न ५२ औँ वालालाई नै दिने वालि छ। अरु ५० जवानहरु पनि सबै उस्तै हुन - कोहि "इन्नोसेन्ट् फेस" देखेर पछि लागेका, कोहि "क्याफे" मा आमने सामने पर्दा एक नजर लागेकाले पछि लागेका, कोहि आकर्सक "फिजिक्स्" देखेर पछि लागेका, कोहि २ मिनेट बटोमा संगै पर्दा बोलिदिएकाले पछि लागेका र अरु कोहि सबै उनैको पछि लागेको देखेर लहै लहैमा पछि लागेका। अनि यसो पनि हुन सक्छ - कोहि एउटै जिल्लाकि भएकिले पछि लागेका, कोहि संगै "प्राक्टिकल्स्" परेकाले पछि लागेका, कोहि सिकाउन पाएकाले पछि लागेक, कोहि जांचमा आफ्नो नजिक परेर "एन्सर" सारिदिएकाले पछि लागेका, कोहि अनुहार र उस्तै सुन्दर लागेको न्रित्यको पछि लागेका।

तर कसैलेपनि फेरि अर्को कुनै त्यस्तै मौक पाएको वा उनलाई त्यस्तै अबसरमा सरिक् हुन अनुबन्ध गरेको जस्तो मलाई लाग्थेन। सायद यसो होला - उनी ती ५२ जना भन्दा बाहिरको अर्को कोहि राजकुमारको पछि परेकि हुन् जो बिदेशमा उच्चशिछ्याका लागि उडेको होस। भगवानले भलो गरुन्, यति धेरै "demand" मा पनि आफुलाई स्थिर् राख्न सकेकी उनको आफ्नो भन्नेले कोहि कुइरेनी अँगालेर नफर्कियोस।

हो यीनैहरुको र यस्तैहरुको ड्याङ् मा नै मैलेपनि मेरो जीवनका आवस्यकताहरु बटुल्ने प्रयास गरेथेँ। सबैले मान्नै पर्छ, ड्याङ् एउटै रहेसम्म सबै मुला ४०० ग्राम नै फल्दैनन्। म पक्कै पनि कमै थिएँ हुँला। हुनसक्छ ३९९ ग्राम। र जाति एउटै रहेसम्म कुनैपनि मुला कालो हुन सक्दैन (मेरो गिदिले भ्याएसम्म)। म पनि गोरोनै थिएँ - अरु मुलाहरु जस्तै। तर फरक कति चाहिँ पक्कै थियो भने अरु गहुँगोरो भए म सेतो थिएँ। अबस्यै, धेरै समानताहरु त भइनै हाल्छन् - एउटै ड्याङ्का मुलाहरुको। अनुमान गर्न सकिन्छ - म पनि कुनै "catagory" मा त पक्कै पर्छु। सबै मुलाहरुलाई विभाजन गरेपछि एउटैमात्र मुला फाल्टो बन्न सक्दैन। तर म आफैँमा "confirm" छुइन - म कुन् "catagory" मा थिएँ। यसो पनि त सम्भव छ - एउटै मुलाको "catagory"। यो पनि त अनिवार्य होइनकि विभाजन गर्दैमा प्रत्यक समुहमा एक भन्दा बढिनै सदस्य हुन्।

हुनसक्छ "catagory" खालि होस, Empty Set, NULL. तर म NULL पक्कै होओइन्। NULL भनेको सुन्य हो - नहुनु हो। म बिलाएको पक्कापनि छैन। म पारदर्शी पनि कदाचित् थिइन, छैन र हुन पनि सक्दिन ताकि विभाजन गरिरहेको मेरो कलमले मलाई नदेखोस। हो त्यसैले, म Unity Set - A catagory with single element. फेरि भन्नुहोला, एक्लो को अस्थित्व कसरि "exist" गर्न सक्छ? मलाई पनि त्यस्तै लाग्न खोजिरहेछ। तर बुझ्नुस - खोजिरहेछ मात्र, लागेको छैन।

Actually, सम्पुर्ण लाग्न खोज्नुहरुलाई नलाग्नुमा परिवर्तन गर्ने "Methodology" को खोजिमा छु - म। एउटा "Algorithm" को बिकाश गर्नु छ मलाई, जस्ले सम्पुर्ण लाग्नुहरुलाई नलाग्नु बनाइदेओस। कारण यो छ कि - यो 'लाग्नु' भनेको वास्तविक हो र जो तपाईँलाई यस्तो लागिरहेछ - त्यो अवास्तविक हो। लाग्नुले जहिले पनि "Reality" बोध गराउनै पर्छ - "वासु शशी" ले भनेजस्तै "सन्सारमा सबैभन्दा एक्लो जिव" मा। त्यसैले मलाई यस्तो लाग्छ र उस्तो लाग्छको अमुर्ततालाई म मुर्त बनाउन चाहन्छु। मेरो सोंच र खोज यो हो कि म त्यस्तो "Theory" पत्ता लगाउँ, त्यस्ता formulae derive गरौं जस्ले यो "यस्तो लाग्छ" लाई लाग्दैनमा परिणत गरोस् - सदैब। एउटा "Transformation" - वास्तविक हुनुपर्ने अवास्तविकताबाट सुन्य तर्फ। किनकि नहुनु भनेको सुन्य हुनु हो। फेरि पनि "सुन्य, NULL"। सायद जिवनको रहस्य नै यहि भएर होल - "हामी सबै अन्तत: सुन्यमा परिणत हुनेछौं।"

जति सुकै वादविवाद गरेपनि म समाधानमा पुगेझैं अझै लाग्दैन। म पहिलो वा डेड् औँ दर्जाको प्रेमी हैन - यो पक्का छ। सायद् मैले प्रेम नै गरेको छैन, तेसैले दर्जा पनि मिलिरहेको छैन। र अन्योलमा नपरौं, संसारमा जो सुकै claim गरोस्, ऊ वा उनी बेहद् प्रेमी हो वा हुन् भनेर, म ठोकेर भन्न सक्छु, म कम छैन। Contradiction. विरोधाभास भयो यहाँनिर - प्रेम् नगर्नु अनि फेरि प्रेम गर्नु। म त्यो प्रेमी हुँ जो बिशेषत: आफन्तहरुलाई बेहद् प्रेम् गर्छ। मेरो अस्थित्व यदि कायम् छ भने त्यो मेरो परिवारका लगि। जो सुकैलाई अधिकार् छ, मलाई गाली गर्ने। भन्न सक्नु हुन्छ, कस्ले गर्दैन आफन्तहरुलाई मायाँ। होला, सबैले गर्लान्। तर म नि गर्छु भन्न मलाई नि अधिकार् छ नि। फेरि भन्न सक्नु हुन्छ तँ स्वार्थी होस्, परिवारको मात्रै मायाँ गर्ने। बुझ्नुस् मैले "मात्रै" भनेर कहिं प्रयोग् गरेको छैन। तर मैले त्यो प्रेम् गरेको छु/छुइन वा गर्छु/गर्दिन मा चाहिँ confusion हो - जुन् कोहि परायालाई गरिन्छ, आफ्नो सँझेर। हो, सँझने मात्रै। किनकि जवसम्म त्यो आफ्नो हुदैन, त पराई - पराईनै हो। फेरि विवाद् - पराई कसरी आफ्नो बन्न सक्छ? Fortunately, पुरा ब्रम्हाण्ड तयार छ यो मान्न कि संसारमा सबैभन्दा आफन्त कोहि पराया नै बनिरहेछ र प्रचलन् युगान्तर चलिरहला झैँ देखिन्छ। यहाँनिर के मनन् योग्य छ भने - कोहि एकजना मात्र पराई आफन्तमा परिणत हुन सक्छ जो irriversible परिवर्तन हो - काठ बलेर खरानी बन्नु जस्तै। को सक्छ खरानीलाई काठ बनाउन? किनकी, आफ्नोलाई पराई बनाउन सक्ने कुनै technology, method, process, theory, formula, idea, algorithm, surgery, medication, तन्त्र, मन्त्र आदि केहि पनि विकास् हुन सकेको छैन्। र म मेरो भगवानलाई सर्वदा पुकारिरहन्छु - यस्तो कदाचित् नहोस्। जव कोहि आफन्त हुन्छ/बन्छ, त्यो कायमै रहिरहन्छ। अनि एक भन्दा बढि पराईहरु आफन्त बन्न सक्दैनन्। म त भन्छु त्यो असंभव हो। मन कागज को CANVAS हैन कि चाहे पुरानो चित्रलाई छोपेर नयाँ रंग भर्न सकियोस्। कागजैमा पनि त नयाँ चित्र कोर्दा कहिं कतै पुरानोको छनक्/सँझना आइरहन्छ। मनलाई विज्ञापन प्रस्तुत गर्ने holdig board कदाचित् ठान्न सकिंदैन जहाँ चाहेको वेलामा "Tuborg, where ever you are!" र नचाहेको वेलामा "सानो परिवार सुखि परिवार" उतार्न सकियोस्।

यो अघिल्लो अनुच्छेदको सुरुतिर मैले बिशेषत: शब्द किन प्रयोग गरेको भने कि म प्रेमी अरु धेरै थरिले पनि हुन सक्छु। गाऊँघरसंग को पिरती, आफु पढेका बिध्यालय- महाबिध्यालयहरुसंग को पिरती, आफ्नो राष्ट्र - आफ्नो माटोसंग को पिरती। कस्लाई पोल्दैन र आफ्नो माटो दुख्दा? कस्को आँखा रसाउँदैन र आफ्नो धर्ती रोइरहँदा?

अब यसो गरौँ - कतै मेरो आफ्नो catagory बाँकी रहेका अरु कुनै दर्जासंग पनि त मिल्न सक्छ - तिनिहरुलाई खोतल्ने प्रयास गरौं।

म तेस्रो दर्जाका प्रेमीहरु तिनीहरुलाई मान्छु - जो समयको कुनै एउटा बिन्दुदेखि सुरु भएको आफ्नो एकोहोरो र एकतर्फी उद्वेगलाई प्रेम ठानेर सदैव वचाइराख्थे। त्यस्ता प्रेमदासहरु पनि प्रसस्तै थिए उसवेला, मेरो circle मा। मलाई लाग्छ तिनीहरुले त्यो उद्वेगलाई तवसम्म कायम राखे हुन् जवसम्म उनीहरु अविवाहित रहे। हुनसक्छ, कोहि कसैले सुहागरात पछि पनि आफ्नो पुरानो मनोभावना/मनोकांक्षालाई कायमै राखेका हुन् - वहुत जतनसंग छिपाएर - आफ्नी नयाँ सहयात्रीसंग। तर धेरैली उप्रान्त संझिरहन सकेनन् नै होला - memory is to delete, अगाडि/पछाडि, ढिलो/चाडो। संझना विर्सनकै लागि त हो - सकुन्जेल्।

र तिनिहरु-जस्लाई धेरैली सफल प्रेमि/प्रेमिका (प्रेमजोडी) भने, भन्ने गर्छन् - समयले पनि त्यस्तै गरिरहोस्, गरिदेवस्। तर दुइ-चार दिनका रंगिबिरंगि कुराहरु र तान् तुन् पारेका रंगिन सपनाहरु मात्रैले प्रेम जिवन सफल नवन्न सक्छ। यस्ता प्रेमीहरु पनि उल्लेख्य नै थिए - हाम्रो कलेजमा। सुरुवात् जसरि भएको होस् - हामी एक आपस्तमा संपर्कहीन् नहुन्जेलसम्म त्यस्ता जोडीहरु रमाइरहेकै देखिन्थे। साथिहरु सुनाउथे - कसैको all India tour जाँदा वसेको पिरती, कसैको welcome program मा, कसैको कक्षा कोठामा। सुरुमा rejected धेरै मेरा सहपाठीहरुले पनि पछि सफलता पाएका थिए भनौं। मानौँ प्रेम् एउटा जाल हो, उनिहरु माझी - धेरैपटक हालिरहे - एकपटक फुत्क्यो, फेरि फुत्क्यो - एउटा स्थिर् तालको माछा - अन्तत: परिनै हाल्छ जालमा। हुनसक्छ, अझ चतुर् माझीहरुले त दुवाली छेकेरै वल्छि हाने हुन - उम्कने जुनै छिद्र नै बाँकि नराखेर।

हिजो मात्रै ३५- रुपैयाँमा किनेको मेरो कलम (अफसोस्, तपाईंसम्म आइपुग्दा यो कलमको मसी पक्कै नपोतिएको होला - यी शब्दहरुसंग), जो चाहि रहेछ यो पछिल्लो वर्गका संभवित सफल प्रेमीहरुलाई मात्र प्रेमी भनौं - कुनै दर्जा नदिएरै। यसो गर्दा उनीहरु दर्जाहीन् प्रेमी भए। कति नमज्जाको छ हाम्रो संसार्। म चाहिरहेछ् - कुनै दर्जा नदिउँ। तर मैले दर्जा दिन नचाहेको catagory ले पनि automatically दर्जा पाइहाल्यो - दर्जा बिहिन् प्रेमी। क्षमा चाहन्छु यो अनायासता प्रति।

यो दर्जा दिने मेरो कलम्को strategy ले धेरैलाई आफु अन्यायमा परेको आभास मिल्न सक्छ। तेसैले यसरि बुझ्दा वेस् - यि दर्जाहरु नाम हुन् - नकि विशेषण। मात्र नाम - एक आपस्तमा छुट्याउन प्रयोग् भएका संज्ञाहरु। यसो भनेर/लेखेर मैले ब्याकरणको अस्थित्व माथि प्रष्न उठाउन चाहेको चाहिँ अवस्यै होवोइन्, यो त एउटा गल्तीलाई लुकाउन खोज्दा ह्वांग खुलेको अर्को गल्ती मात्रै हो। यो गल्ती पनि कस्तो, एक्काइसौं सताब्दी जस्तो, modern - तल छोप्यो - माथि उदाँग, माथि छोप्यो तल।

मैले आफु सजिलरी अटाउँलाकी भनेर दर्जाहिन वर्ग पनि उभ्याएँ। तर मेरो अन्तरले मानिरहेको छैन कि म यो तेस्रो वा दर्जा बिहिन दर्जाको प्रेमीहरुमा पनि पर्न सक्छु।

सुन्य हुनु असम्भब छ। एउटा मात्र सदस्यले समुह बनाउँदैन। किनकि समुह भनेको समुह हो। यो Mathematics होइन - जिवन हो, तेसैले Empty वा Unity Set सम्भब छैन। र जति समुहहरु छन्, म कहिं fit भइरहेको छुइन। यो म के भइरहेछु - हुँदा हुँदै नभए जस्तो, देखिंदा देखिंदै बिलाए जस्तो। मानौँ म कुनै मुखबाट गोल बनेर ओकलिएको चुरोटको धुवाँ हुँ - जुन् देख्दा देख्दै तुरुन्तै बिलाइदिन्छ। हो तेस्तै हुँ म - किनकि, न चुरोटको धुवाँ साच्चिकै बिलाएको हो, न म। बिलाउन बिज्ञानले दिदैन। म स्वयम् बिज्ञानको विध्यार्थी, बिज्ञानले असम्भव मानेको प्रक्रियालाई आत्मसात गर्न सक्दिन। तर यदि प्रक्रियानै हो भने त्यस्मा केहि न केहि क्रियाकलाप अवस्यै हुनु पर्छ। बिलाउनु पनि एउटा प्रक्रिया हो भने किन तेस्मा चाहिं केहि पनि नहुनु? मलाई आफ्नो मिल्दो गर्नु छ। बिज्ञानकै सहायताले म भन्न सक्छु - "Energy can neither be created nor distroyed. But it can be transformed from one form to another."

के त उसो भए मैले आफ्नो रुप परिवर्तन गरेको हुँ? के मेरो भेस बदली भएको छ त? ताकि म नचिनिउँ। यो पनि बेठिक कुरा हो। किनकि प्रत्यक वर्ष दशैंमा गाउँ जाँदा मेरो घर हँसिलो भएर मलाई नियालिरहन्छ, मेरो आँगन हर्सबिभोर भएर मेरो स्वागत गरिरहछ। मानौँ यो एउटा रहस्य हो। मानौँ अचम्म भयो - म छु तर छुइनँ। बिध्यालयमा पढेको "Unsolved Mystery" जस्तै - पानीजहाजको।

तर पक्का के चाहिं हो भने म तेहि ड्याङ्को हुँ। यो script लेखिरहँद म उपत्यका को एउटा लामो मध्यको local bus route मा छु, अन्तिम् सिटमा। Route को अन्ततिर एउटा सुन्दर आक्रिति अगाडितिरको सिटमा आएर बसेको छ। मेरा आँखाहरु diary को पानाबाट हटेर त्यो सुकोमल आक्रितिको उपस्थितिमा अल्मलिरहेका छन र वेला वेलामा अगाडिको सिट मथिबाट देखिएको सर्लक्क केसरासीले मेरो लेखाईप्रतिको एकाग्रतालाई धमिल्याइरहेछ। हो, तेसैले मेरो नि ड्याङ् उहि हो। र म "भिर् को चिन्डो उँधो न उँभो" हुँ सायद, किचल्टिएको केरा जस्तै - काँचाहरु काँचै रहे, पाकेका पाकिहाले, म खै के ......।

SurNaTal, २०५९-७-७, Kathmandu

   [ posted by SurNaTal @ 12:03 PM ] | Viewed: 3323 times [ Feedback]


: