:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Diary
Monday, November 26, 2007 | [fix unicode]
 

मेरो कथा मेरो गीत: Hits FM २०५३-९-२५

पुल्चोक पुरानो छात्रवास

भाग १:

जिवनमा, यात्रामा; घटनाहरु हुन्छन, दुर्घटनाहरु पर्छन्, प्रेम र सहानुभूतिका तरंगहरु छचल्किएका हुन्छन। एस् एल् सि को रिजल्ट भयो। म खुसि ले उफ्रिए। बुवा आमा र दाजु दिदि पनि खुसि हुनु भयो। निक्कै राम्रो अंकमा पास् भएछु, सोचे भन्दा पनि राम्रो।

बधाइ र सुभकामनाका सयकडौं कोशेलीहरु बोकेर म आफ्नो परिवार्, प्यारि आमा र रमाइलो गाउँघरलाई पछाडि छाड्दै २०५१ शाल आषाड २४ गतेको शुभ-प्रभात् संगै बाटो लागेको थिएं, सहर तर्फ। मन् गरौं थियो। मुटु बोझिलो थियो। बाटामा धेरैले सोधेथे। म "काठ्माण्डु पढ्न" भन्ने जवाफ् संगै शुभकामना बटुलिरहेथें। करिव ९ बजेतिर भोजपुर् टक्सार को सानो धुले धावनमार्गमा उतिबेलाको RNAC को एउटा टुइनटर उत्रियो। यन्त्रवत् आफ्ना भारि पाइतालाहरुलाइ प्लेन को भर्र्याङ् मा ठेलिरहंदा मन् एकतमास् उत्तर तिरका धान खेतहरुमा रुमल्लिएको थियो। फर्किएर एकपटक गाउँघरतिर बिदाइरुपि आँखाहरु फिजाएं। निमेषभरमै प्लेन धावनमार्गमा घस्रिन थलिसकेथ्यो। झ्यालबाट मलाइ पुर्याउन आउनु भएको दाजुलाइ हात हल्लएर बिदा गरें। जिवन् पहिलो पटक हवाइजहाजमा छ, तैपनि किन कुनै उल्लास छैन, कुनै उत्सुकता छैन। सायद मन् अरुनै धेरै मिस् गरिरहेछ, जो त्यो टुइनटरको cockpit भन्दा अत्याधिक् मुल्यवान् छ।

केहि बेरमै म मेरो आकासमा थिएं। ट्याम्के डांडो काट्ने बेलामा पुन: मेरो गाउँघरलाइ एकपटक अँगालें, भवनाभरि, मनभरि, त्यो पारि भिरालोमा, मेरो 'भंगेरि' गाउँ। जिवनको रफ्तार प्लेन ले काठमाण्डौ त्रिभुवन अन्तरस्ट्रिय विमानस्थलमा छाडिदियो। र अनि शहरि परिवेशमा एउटा गाउँले उत्पादनको नौलो यात्रा सुरु भयो, भविस्य निर्माणको नाममा।

"म नौलो यात्र थाल्दैछु ......"

यसरि मेरो कथा सुरु हुन्छ, नयाँ कथा। सत्य हो, सुरु संगै अन्त्य जोडिएको हुन्छ। तर मैले कहिल्यै सोचिन, मेरा कथाहरु यसरि सपना जस्तै अधुरै बिलाएर जान्छन।

त्यस्पछि म एउटा टाढाको आफन्तले खोजिदिएको डेरामा बस्न थालें, एक्लै। जिवन् सुन्सान वगरको एक्लो यात्रि जस्तै लाग्यो। यथार्थ त यहि हो, धर्तिमा जो जन्मन्छ, एक्लै, र जो मर्छ, उ पनि एक्लै। तैपनि किन मलाइ आफ्नो वस्तबिकता बोझिलो लगिरहेछ? उमंगहिन दिनहरु। निरस अनुभव। खल्लो मन। लक्ष्य र उदेश्यहरु ओझेलमा पर्लान् झैं। नौलो वातावरणमा मैले मेरो सहजका, मेरो मनोरंजनका र शौखका कुराहरु पनि सबै गुमाएको थिएं। म एउटा सफल कालिगढको भावना बिहिन् मुर्ति भएको थिएं सायद्। तै पनि भाग्ने कुरा भएन, जिवन संग, एकान्त संग। भागेर पनि कहां पो पुगिने हो र। आखिर् प्रिथ्वी गोलो छ। जति भागे पनि कोहि कहिं पुग्ने होइन।

पुल्चोक क्यम्पसमा overseer पढ्ने पुर्व योजना सहित नेपाल छिरेको हुं। प्रवेश् परिक्ष्या दिएं। साधारण स्कुलको सामान्य प्रतिस्पर्धामा हुर्किएको बिध्यार्थी हुं। त्यो देश् ब्यापि प्रतिस्पर्धा अजंग कै थियो कि झैं। नाम पहिलो पंतिमै थियो, merit list को। खुसि लाग्यो, अलिकता जिवनमा उमंग थपियो। अफसोश, खुसि बांढ्न पनि कोहि छैन, छेउछाउ। आफ्नाहरु जो छन्, टाढा गाउँमा। म त यो लाखौंको भिडमा एक्लै न हो। जहां जाउं कसैले चिन्ने हैन, कसैले सोध्ने हैन, कसैले वस्ता गर्ने हैन। सहर् किन यति यन्त्रवत, दिनै पिछे आँखा जुधे पनि किन कोहि म संग बोल्दैन? वा कि म नै एकांकी हुं? मेरो मेसो हराएको छ, या मेसो मिलेको छैन, यो सहरमा। गाउँमै कतै मेसो छाडेर आएंकि? र खुसिलाइ एउटा पत्रमा उतार्ने प्रयास गरें, बाबु-आमा र दाइ-दिदिका लागि। म कान्छो छोरो, घर छाड्ने दिन कति बिचलित् हुनुभएको थियो, वाहांहरु। मैले आफ्ना उकुस् मुकुस् हरुलाइ एउटा लामो पत्रमा भरसक् खांद्ने प्रयास गरें।

यहां मैले भालेको डाँको कहिल्यै सुनिन। एकैचोटि झिस्मिसे भयो। सुर्य उदाए। सुकुमार् यौवनी फुल् फुल्यो। घामको न्यानो मलिन हुदै गयो। फुल ओइल्यायर झर्यो। सुर्य अस्ताए। चिर अध्यारोमा मुटु धकक्क फुल्यो। राम्रा-नराम्रा खै कस्ता कस्ता सपनाहरु आए। फेरि झिस्मिसे भयो। तर भालेको कुखुरि काँ फेरि सुनिएन। किनकि म मेरा १६ बशन्तहरु बितेका रमाइला डाँडा-पाखा र झरना-चौतारीहरुमा थिइनँ। म त एउटा मान्छे मान्छे को गन्जागोल्, शहर, काठमाण्डुमा थिएं। यसरि दुखमा होस् व सुखमा, समय त चिप्लिनै रह्यो। सुलुलु-सुलुलु। मैले आफुलाइ घटिरहेको पाएं। जिवन मैनवत्ति न हो, पग्लिरहन्छ, अनवरत्। र एक्दिन बिलाउंछ, जमिनमा, हावमा, झ्याप्प। सुस्तरि हावा बहंदा मन् हल्लिन्छ, मैनको ज्वति जस्तै। जिन्दगि दुइ दिनको भरोसा हिन यात्रा न हो। त्यसैले यस्लाइ हांसेर बिताउनु पर्छ, एउटा जमर्को गर्छु। गाउने सोख थियो, सानैमा। अत: गुन्गुनाउने प्रयास गर्छु।

"चलेछ वतास सुस्तरि मनै सररभरोसा छैन जिवनको बिताउं हाँसेर ......"

क्रमश..

   [ posted by SurNaTal @ 02:52 PM ] | Viewed: 3102 times [ Feedback]


: