:: Blog Home       :: Sabai Nepali ko Sajha Blog ::

सबै नेपालीको साझा ब्लग


:: RECENT BLOGGERS
::
:: ARCHIVES
:: June 2026
:: May 2026
:: April 2026
:: March 2026
:: February 2026
:: January 2026
:: December 2025
:: November 2025
:: October 2025
:: September 2025
:: August 2025
:: July 2025
:: June 2025
:: May 2025
:: April 2025
:: March 2025
:: February 2025
:: January 2025
:: December 2024
:: November 2024
:: October 2024
:: September 2024
:: August 2024
:: July 2024
:: June 2024
:: May 2024
:: April 2024
:: March 2024
:: February 2024
:: January 2024
:: powered by

Sajha.com

:: designed by
:

   
Blog Type:: Diary
Saturday, February 16, 2008 | [fix unicode]
 

पोखरा: मेरो सुन्दर यात्रामा - अन्तिम भाग

जीवन यस्तै हो, क्षणभरमा कोही जानी नजानी रंगिन सपनाहरु भरिदिन्छ र अनायसै सपना जस्तै बिलाएर जान्छ, पुन: कहिल्यै नझुल्किने गरी।

होटल फर्किएपछि एकैछिन महेन्द्रपुलबाट तल भास्सिएकी सेतीलाई हेर्न गएथ्यौं। कसरी भास्सिएकी छिन सेती? तेती गहिराइमा। हेर्न पनि कहाली लागेर आउने। २-४ थप तस्बिरहरु खिचिए। यि यात्राहरुमा निक्कै समय यिनै तस्बिरहरु खिच्नमा पनि बित्छन। जीवन कहिलेई बर्तमान सम्पूर्णत: जिउन सक्दैन र भबिस्य तिर फर्कन्छ। किन तत्काल भन्दा तस्बिरमा उतारिएको अवास्तबिक भुत बढी रसिलो बन्ने होला?

त्यो रात खाना खानु अगाडि साथीहरुले २-४ बोतल सान्मिगेल र २-४ क्वाटर ब्याक पाइपर सकाए। दर्पण र म चिसो पेय पदार्थमा अल्मल्लिरह्यौं। खाना खानेबेला सम्ममा धेरैहरु लर्बराइसकेका थिए। बोली पनि र खुट्टा पनि। नसाले बातावरण पनि नसिलो बनाइदिदै गयो। होटलका सेविकाहरु जिस्काइए - कामुक पारामा। उनिहरु शायद विवस छन, जीवन गोरेटोलाई यिनै पिडादायक सांझहरुसंग साटिरहन। हाम्रो समुह पनि उहिहरुका लागि आप्ठ्यारा ग्राहक मध्यको एक भयो होला। तथापी हामी १-२ नशामा नभएकाहरु पनि भएकोले स्थिती अनियन्त्रित हुन पाएन। म घोत्लिन्छु, हाम्रा चेलीहरु कसरी पिल्सिरहेछन। देशमा र बिदेशमा पनि। आफ्नो अस्मिता, इच्छा र चाहनाहरुलाई बन्धी बनाएर। २ मुठ्ठी सासका लागि। आफ्नो मात्र पनि हैन, धेरै पारीवेसहरुमा, आफ्नो परिवारको लागि पनि। अझ बेचिएका र बिवसतावस कोठी पुगेका नारीहरुका पिडाहरु त संझदा पनि मन अमिलो भएर आउंछ।

भोलिपल्ट बिहानै पुन: पि एन क्याम्पस पुगियो। पश्चिमाञ्चल क्यम्पसका बहिनिहरुको पनि खेल रहेछ। राइ, म र दर्पण केटाहरुको खेल हेर्न तिर लाग्यौं। अरुहरु सबै केटीहरुको तिर लागे। हिजो राती प्रेरित उपाध्याय र अरु २-३ जना पनि आइपुगेथे। प्रेरित एउटा हौवा character. उसको दिनचर्या नै केटीहरु जिस्क्याउनु हो भन्न मलाई कुनै अप्ठेरो पर्दैन। उनिहरु निर्देसित आँखाहरु लिएर केटीहरुका भिडभाडामा बिलाए। बहिनिहरुको खेल कस्तो रहेछ त भन्ने उत्सुकताले हामीलाई पनि त्यता डोर्यायो, एकैछिन। मिनभवन क्याम्पससंग परेको रहेछ। हिजो हाम्रो जस्तै नाजुक स्थितिमा थिए उहिहरु। म हिजोको हिरो जर्सी नम्बर ९ को खेल हेर्न बहुतै लालायित थिएं। तर बहिनिहरुको खेल ९ बजेनै सकियो र साथीहरुले अर्को एक डेड घण्टा कुर्ने कुनै जाँगर देखाएनन। अनी हामी इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्यम्पस घुम्न भनेर भाई बहिनिहरुका पछि लाग्यौं।

पोखरा उपत्याकाको उत्तर पश्चिम कुनामा हुनुपर्छ, बगरबाट २-३ KM हो कि, पहाडको फेदमा हल्का भिरालो। दुरुस्त दर्जनौं छात्रबासहरु, आकर्शक बस्तुकलामा सजिएका प्रशासनिक र सैक्षिक भवनहरु, भर्खर जवानी फक्रिरहेका तरुना तन्नेरी अनुहारहरु, यत्र तत्र रुखका छहारिहरु, सितल तापिरहेका विद्यार्थीहरु, रमाइला चिनजान र भलाकुसरिहरु, overseer पढिरहेका भाई बहिनिहरुका सद्भाव र सत्कारहरु; २ घण्टाको त्यो अती सुक्ष्म समय अती सुन्दर स्‍मृतिहरु उझेल्न सफल थियो। यधप्पी मन अझै कता कता हिजोको सफेद कुर्ता सलवारको खोजिमा छ। संका छ - मैले उन्लाई भेटेर पनि नचिनेको हुन सक्छु, कुनै अर्को पहिरनमा भेटिएकि भए। मैले कदाचित त्यस्तो सोचेको होइन, दिमागले। तथापी मन शायद त्यो उनको कुर्ता सलवारमा बढी आकर्शित थियो, र नै मुहार तुरुन्तै भुलिदिएं। जे होस्, जसरी होस, उनी मेरो सामु झुल्किनन त्यो दिन, र शायद जीवन पर्यन्त झुल्किने छैनन। वा झुल्किए पनि म उन्लाई चिन्ने छैन वा चिने पनि जुना भावनाको गहिराइमा त्यो दिन म थिएं, उप्रान्त पुगुंला - नपुगुंला।

खाना पछि हामी महेन्द्रगुफा पुग्यौं। उपत्यकाको उत्तर पश्चिम भित्तो हुनुपर्छ। बशौं देखी बयान सुनिएको ढाँड। बाटोको दाँयाँ बायाँ सुन्दर बगैचा। प्रेमालापमा मग्न जोडीहरु। उत्तिस घारिहरु, स-साना खोल्सा खाल्सी, चिस्यानहरु। र दाँयाँतिर ह्वात्त मुख उखारेको अजंघको सर्प जस्तो। महेन्द्रगुफा। मानिषले आधुनिकता पोतिदिएको, प्राकृतिकता कम। कन्क्रिटका सिँडिहरु, बिजुली को उज्वालो। ढाँडको माथि भित्ताहरुबाट रसाएका पानीका थोपाहरु तुप्प तुप्प झरिरहेका र भिराला सिँडिहरुलाई चिप्लो बनाइदिएका। १०-१५ मिटरजती तल झरे पछि गुफा को प्रमुख भाग पुगिने। मानौं त्यो बढेमानको अजिंगरको मुखबाट ओरालो झरेर अब हामी पेटसम्म पुगेका छौं। अफसोस। अलिकता मात्रै अगाडि पुगे पछि बाटो भत्किएको रहेछ। अगाडि न-बढ्ने सल्लाह दिइयो। कस्तो नमज्जा। आफुलाई अलिक परैसम्म पुग्न मन थियो, धर्तिमुनीको त्यो मनमोहकतामा म अघाउन पाइन। झन्डै तेती त म मेरो गाउंको चितुवा ढाँडमा पनि छिरेको हुँला। कुनै बिजुली बेगर, कुनै फलामे बार बेगर, राँको बालेर। मन अलिकता अत्रिप्त नै लिएर फर्किएं म र लागेँ नाइकेहरुको पछि-पछि।

फर्कंदा के आइ सिंह पुलबाट पुन सेतीलाई निहालेँ। उस्तै गरी बिकराल। सातो जाने गरी भास्सिएकी छिन्, महेन्द्र पुलमा जस्तै। पोखरा साच्चिकै प्राकृतिक छटाहरुकि धनी छिन। यिनी सेती नदी, त्यो महेन्द्र गुफा, त्यो चमेरे गुफा। तेहिँ तल शहर संगै जोडीएको फेवाताल र उसको आँगनमा उत्रिएको माछापुच्छ्रेको छायाँ। अलि तल पातले छांगो। पश्चिमतिरको त्यो सारांगकोट डाँडो र त्यहाँ बाट देखिने मनमोहक द्रिस्यहरु। पुर्वतिर थोरै पर बेगनास ताल। बिन्देवासिनी र ताल बाराहीका आशिर्वादहरु। र नै पोखरा पोखार बनेकि छिन्।

हामी आज रातिको बसबाट फर्कने सुरमा छौं। मलाई कम्तिमा फेवामा डुंगा खियाउन र डेभिस फलमा पुगेर उनी डेभिस प्रती श्रद्धान्जली दर्साउने मन छ। अर्को ट्याक्सी लिएर हामी शहरको दक्षिण पश्चिम किनरातर्फ हुइकियौं। फेवाको किनारै किनार। सुन्दर, सफा, हरियो। Lake Side रमाइलो थियो। पर्यटकहरुको आकर्शण। दुई समुहमा बाडियौं हामी। अनुभविहरुले डुंगा मात्रै भाडामा लिए र बाटो लागे। म आला काँचाको समुहमा परें। हामीले डुंगा र माझिदाइ पनि संगै लियौं। यधप्पी, हाम्रा रहरहरुले हामीलाई पेलिरहे र माझिदाइ सिर्फ गुरु बने हाम्रा। दाबिलो कता जसरी राख्ने र कसरी पानी फाल्ने जस्ता बिधिहरु सिकाइरहे। कुनै बेला नाउ असन्तुलित हुन्थ्यो र पानीको सतह सम्म पुग्दथ्यो। मन झसंग पर्दै गर्दा म धिकार्थें - मेरो पौडी नजान्नुको वास्तविकतालाइ। किन सबै ऐरे गैरे ले सिकिरहदा म लम्फु हाडी र मसाने दहहरुमा दुबुल्की मार्न सकिन? शायद म अलिक सानो थिएं होला र अलिक ठुलाहरुले बस्तु धान चोर्न पुग्लान कि भनेर मलाई कुरुवा राखिराखे हुन, आफुहरु बाकटे हानिरहंदा। किन म कहिल्यै अगुवा बनिन, वा बन्न सकिन वा चाहिन? केटा केटीमा पछुवा बन्नुको पिडा आज फेवाको बिचमा भोगिरहेछु। तैपनी म किन अझै नाइके बन्ने प्रयास वा चाहना गर्न सक्दिन? यही भ्रमणमा पनि त माउतेहरुको रहरमा मैले आफ्ना रहरहरु बिर्सनु परिरहेछ। किन म आँफैँ माउते बन्न सक्दिन? शायद म मा त्यो खुबी वा त्यो भगवानले नै दिएर पठाउने सामर्थ्या छैन कि म समुहहरुमा नाइके बन्न सकुं, बक्ता बन्न सकुं। म सदैब पछुवा र स्रोता रहें र रहिरेछु।

माझिदाइ थिए र एउटा आँट थियो। अरु छेउछाउका डुँगाहरुलाई हेर्छु। केटाकेटिहरु, बुढाबुढीहरु, सबै थरी मानिषहरु निस्फिक्री रमाइ रहेछन। म निर्भिक बन्दै गएं। किन डराउनु, आखिर दुर्घटनामै मर्न लेखेको भए त्यो जहाँ पनि पर्न सक्छ-गाडीमा, रेलमा, प्लेनमा, घरमा, आँगनमा। जहिंतहिं। मेरै मामा भर्यांगबाट लढेर ठहरै भएथे। मेरै फुपुकी सासु भात अड्केर बितिथिन। मेरो मिल्ने साथी तेही जडिबुटिको ओरालोमा साइकलबाट लडेर बितेथ्यो। म उड्न सक्दिन, त के म हवाइ जहाज नचड्ने। अनी सबै डरहरुलाई पाइताला मुनी घुसारेर म दाबिलो चलाइरहें। पहिले पहिले घुमाउन अलिक अप्ठेरो हुन्थ्यो। बिस्तारै जता चाह्यो उतै लान सक्ने भयौँ हामी। ताल बाराही पुगेर आशिर्वाद लियौं र पुन डुंगा खियाउने खेलमा फर्कियौं। कहिले पारी किनरा छुने रहर, कहिले युगल जोडीहरुको पिछा, कहिले साथीहरुको नाउमा ठोक्याउने खेल। आदी-इत्यादी।

माझी दाई पोखरा फेवातालको
लाउँ माया साचैको नलाउँ हो ख्याल ख्यालैको।

मन त भरेको थिएन, पानी संग खेल्ने। तर समयले नेटो कट्नै लागिसक्यो। फेवा संगको २-३ घण्टाको सुमधुर पिरती पछि हामी ५०० रुपैयाँ माझिदाइ लाई बुझाएर बाटो लाग्यौं। माझिदाइ, हामी तपाईंको सद्भाव र अतिथी सत्कार प्रती सदैव ऋणी हुनेछौं।

र पोखरा बिमानस्थल हुँदै हामी थोरै बेरलाई डेभिस फल र गुप्तेस्वर फुफा पुगथ्यौं। शहरको सुदुर दक्षिण किनरा होला त्यो। फेवाको पानी त्यो डेभिस फल हुंदै बहिर निस्केको हुनुपर्छ। सेतो छंग छंग छहरो। तल अनकन्टारतर्फ हुर्रिएको। अफसोस हामीलाई त्यो अतुलनिय प्राकृतिक छटा प्रती मितेरी गांस्न धेरै समय उपलब्ध भएन। पारी गुम्बा माथिको डाँडाबाट सुर्य ओझेल पेरिसकेथे। तेसैले हामी सिधा पोखरा बसपार्क तर्फ बताससियौं, मनमा अमिट याद र संझना बोकेर। अर्को एउटा मिनीबस हामीलाई बोकेरा सेती किनार तर्फ हुइकियो र मेरो सुन्दर पोखरा यात्रा सानो नोट बुकमा कैदी भयो। यो एउटा त्यस्तो यात्रा थियो, जहाँ म जीवनमा पहिलो र शायद अन्तिम पटका खेलाडीको रुपमा सम्मनित थिएं। अभुतपुर्व र अबिस्मराणिय अनुभुतीहरु जीवन पर्यन्त रही रहनेछन।

अस्तु।

   [ posted by SurNaTal @ 09:14 PM ] | Viewed: 3121 times [ Feedback]


: