ढुंगा मन पग्लिदैन मन्दिरमा गएर उसले आफ्ना इच्छा जनायो मानौ भगवान उसैको आदेशको प्रतीक्ष्यामा थिए यसो भयो भने उसो गर्छु भन्ने अड्कोहरु थाप्दै इश्वरपनि छन् भने अवस्य होलान अल्मलिदै म केहि अर्थ देख्दिन त्यो फूलको थुङ्गामा न त कुनै बदलाव देख्छु त्यो उभिएको ढुंगामा कति भाग्यमानि त्यो पत्थर जो सदैव पुजिन्छ जिउँदाको कदर नगर्नेको माझ यसरी नै रोजिन्छ त्यो मूर्तिको अगाडी कति निश्छल छ ऊ कसैले भन्न सक्छ- त्यही निष्ठुरी हो ऊ ? जसले चोखो मायालाई स्वीकार्न जानेन शत्रुलाई पछ्यायो तर आफ्नालाई छानेन उसको मन ढुंगा हो, पत्थर हो - पग्लिदैन मेरो माया पनि त चट्टान हो - हल्लिदैन उसले परमात्मा देखेर झुक्छ - त्यो ढुंगा हो मैले पूज्ने उसको मन - त्यो पनि त ढुंगै हो
Sambeg · Jan 27, 2013 7:02 PM · 1,448 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion