~ ~ कसले होला ?~ ~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 कसले होला ?   अगाडी लाग्नेले बाटो देखाउन छाडे पछि  पछ्याउनेले त  बाटो बिराउने नै भयो  जीवनले वर्तमानका कुकर्मको मूल्य  निर्दोष भविष्यलाई तिराउने नै भयो    कुनै कुरा ठेगानमा छैन, सबै छरपस्ट  जवाफ कसैले दिदैन, दिएपनि अस्पस्ट  जति खोज्दापनि नटुंगिने खोज सबैको  सधै अग्लिरहनुपर्ने भारी यो बोझ सबैको    अराजकताको मूल फुटेको थुन्ने कसले होला ? एउटा लहरा सबैले तान्दा थाम्ने कसले होला ? सबै एक्कैचोटि बोलेपछि सुन्ने कसले होला ? दुखेको मन मलम हातले छाम्ने कसले होला ?   

Sambeg · Feb 1, 2013 7:25 PM · 1,581 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion