मनभरी प्रश्नहरु बोकी हिडिरहेको थियो कोही सोच्दै अगाडी मिल्नेछ उतरहरु मौन छन् आज किन ति आवाजहरु मन भित्रै लुकेका छन् केहि कारणहरु रातसँग रुने गर्थ्यो कोहि, पात झैँ झर्ने गर्थ्यो कोही एक्लिएको छ यो भीडहरुमा पनि कोही ए आकाश कति बादलको सहारामा लुक्छौ देख्यौ होला उस्लाई, भनन के भयो उस्लाई ए हावा, किन हुरि बनि सबै उदाउछौ छोयौ होला उस्लाई, बताउ न देख्यौ उसलाई के गल्ती थियो उस्को, मात्र उस्ले हेर्न खोज्यो यो सँसारलाई अलग धारमा बाच्न खोज्यो आजमा, हास्न खोज्यो आजमा आशाका किरणहरु, बादललाई चिरेर आउलाकि भनि हिजो उज्यालो खोज्दै थियो कोही यो समाजको, घर भित्रको कोलाहलमा अल्झियो कोही आज सबैको आँखामा बिझायो कोही आज यो शहरबाट बिलायो कोही आज यो शहरमा बिलायो कोही Last edited: 28-Mar-13 03:01 PM Last edited: 28-Mar-13 05:28 PM
mulmiz · Mar 28, 2013 9:30 AM · 260 views
मुल्मीमानको भावना च्वांक, शृंगारपटार चाहि अलि पुगेन, हिज्जेमा अझ ध्यान दिनु पर्यो. समग्रमा कबिता चाहि च्वांक छे .. मलाई मन पर्र्यो .
rahulvai · Mar 28, 2013 9:42 AM
Nice one mulmi
serial · Mar 28, 2013 2:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion