डिसी नेपाली दूताबासमा शुभकामना आदान प्रदान सम्पन्न

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

डिसी नेपाली दूताबासमा शुभकामना आदान प्रदान सम्पन्न कार्तिक १० ,भर्जिनिया  विजय थापा ,   अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित नेपाली राजदूताबासले २०७० सालको नेपालीहरुको महत्वपूर्ण चाड पर्वहरु बडा दशैं ,दीपावली, नेपाल सम्बत ११३४ तथा छठ एक मुष्ठ रुपमा एकै साथ शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना सफलतापुर्वक सम्पन्न गरेको छ l   अमेरिकाका लागि नेपाली राजदूत डा शंकर शर्माले सबैलाई चाड पर्वको उपलक्ष्यमा राजदूत निवासमा स्वागत गर्दै शुभकामना दिनु भएको थियो भने शुभकामना दिन र लिन आएका सबैले राजदूत डा शंकर शर्मा तथा दूताबास परिवारलाई शुभकामना पनि दिएका थिए l   शुभकामनाको साथै उपस्थित अतिथिहरुलाई जलपानको व्यवस्था गरिएको थियो भने शुभकामना साँझ अक्टोबर २७ ,(कार्तिक १०,२०७० )आईतबार ,दिउसो २ देखि ५ बजे सम्म चलेको थियो l आफ्नो समय अनुकुल यस क्षेत्रका समुदाय सदस्यहरु आउने जाने क्रम जारी रहेको थियो l   बिगत धेरै बर्ष देखि दूताबासले शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको र पहिला यस भेकमा नेपालीहरुको जन घनत्व पातलो रहेकोले व्यक्तिगत रुपमा नै संचार माध्यमबाट सम्पर्क गर्ने गरिन्थ्यो l  तर हाल नेपालीहरुको जनसंख्या बाक्लिदै गए पछि मौखिक निम्ता दिनुको साथै सार्वजनिक सूचनाबाट पनि जानकारी गराईन थालिएको छ भनि राजदूत डा शंकर शर्माले बताए l    सहभागी एकले भने नेपाल सरकारको प्रतिनिधित्व गर्ने दूताबास हो l सारा नेपालीहरुको आस्थाको केन्द्र दूताबास नै भएकोले यस्तो अवसरमा चिनजान गर्न पाउनु र दूताबासमा सम्पर्कमा रहनु सौभाग्य हो खुशी हुदै भने l सारो गाह्रोमा दूताबासलाई हामी समस्त नेपालीले सम्झनु पर्छ र सम्झेका छौ भने lनया साथीभाई संग परिचय गर्न अवसर पाईने ,चिनजान हुने र एक आपसमा आत्मियता बढाउने माध्यम दूताबासले गराई दिएको छ भन्दै दूताबासले यस्तो कार्यक्रमलाई निरन्तरता दिनु पर्छ भने l   Other Images - See more at: http://enepalese.com/view-news...

mahoday · Oct 27, 2013 8:15 PM · 5 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion