Dilshova and her sack full of money

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://www.mysansar.com/2014/0... बिरामी हैन, बिहा गर्न मन लागेको होला’ उजुरीमा स‌ंलग्न एउटा भिडियोमा त्यहाँ आश्रित बूढी आमाले त्यहाँको बारेमा बताएकी छिन्। उनी भन्छिन्, ‘एक दिन उठ्न नसकेर बसिरहेको बेला एउटा मान्छे लिएर आउँछ है, त्यो मान्छे नमस्कार..अनि उहाँ (दिलशोभा)ले पनि ‘जय मसिह’(दिलशोभा क्रिश्चियन धर्ममा आस्था राख्ने हुनाले जय मसिह भन्ने गर्छिन्) भन्छ अनि मैले नमस्ते दिदी, सञ्चो छैन भनेर सुतिराखेको भनेको त यसो हेरेर ‘तिमी सञ्चो भएको, सञ्चो नभएको होइन, तिमी..तिमीलाई बिहा गर्न मन लागेको होला, ल उठ् भनेर त्यस्तो गरेर बोल्छ…. त्यस्तो दुःख खाएको…अझ मैले कति गाली खाएँ कति गाली खाएँ…कस्तो गाली खान्छु यो घरमा… हेर्नुस् भिडियो- ‘रातदिन भाँडा मझाएर जोता’छ’ एउटी अर्की आश्रित वृद्धा भन्छिन्- ‘काम गराउँछ, रात दिन भाँडा मझाएर जोता’छ। करले ल्याएको बहिनी मलाई करले। …जान्नँ भन्दाभन्दै पनि ल्याएको..’ ‘त्यही इनारको पानी त ल्याउँछौँ अन्त कहाँ छ र, अब ट्याङ्कीमा चाबी लाइदिया छ।’ भिडियो हेर्नुस्- ‘हाम्ले राम्रो हैन भनेर के गर्नू, गरिहाल्छ, त्यस्तै गर्छ’ त्यस्तै आमाघरमा आश्रित एक बालकसँगको कुराकानीमा उनले भन्छन्- सबै ल्याएर बेच्छ, ब्ल्याङ्केट, लुगा, तन्ना…अनि त्यो आमाहरुलाई दिएको नयाँ पछ्यौराहरु..सप्पै ल्याएर कपडा पसलमा बेच्छ। चामलको बोराहरु कति-कति ल्याउँछ। पहिला पहिला त सप्पै यहीँ ल्याउँथ्यो आजकाल त खै किन हो ल्याउन छाड्नुभो। पहिला चाहिँ सप्पै यहीँ ल्याउँथ्यो खानेकुराहरु, सप्पै। राम्रो राम्रो चाहिँ यहाँ ल्याउने अनि बिग्रेको चाहिँ त्यहीँ बच्चाहरुलाई खान दिने। हामीले राम्रो होइन भनेर के गर्नु, गरिहाल्छ, त्यस्तै गर्छ।’ अडियो सुन्नुस‌्- ‘अहिलेसम्म नयाँ लुगा किनिदिनुभएको छैन’ यो भने अलि लामो कुराकानी छ। त्यसमध्ये ८ मिनेटको अंश। यसमा दुई आश्रित बालकले आमाघरको बारेमा बताएका छन्। केही अंश म पनि बाहिर दुई ठाउँमा काम गरेर आएको। बाहिर कस्तो काम लगाउँछ, बिहान ५ बजेदेखि उठेर। पढ्नै पाइन्न। टाढा पठाउँछ अनि आउँदै आउँदैन हइ बच्चाहरु.. माले आफूले पढाउनु पर्ने भए त पढाउनै हुन्न थियो। हामीलाई ल माले नपढाउनु भए पनि कपि किताब त ल्याइदियो कि बेचिदिनुहुन्छ। हामीलाई दिएको कपि उठाएर बेचिहाल्नुहुन्छ। मागेपछि मात्रै दिनुहुन्छ, गाली गर्नुहुन्छ। बसेदेखि अहिलेसम्म नयाँ लुगा किनिदिनुभएको छैन। माले केही केही केही किन्नुभा छैन यो घरको लागि एक सुका पनि किन्नु भएको छैन। नयाँ लुगा अरुले दिएको पनि हामीलाई दिएको छैन…नयाँ प्याकिङमा ल्यायो भने बेचिदिइहाल्नुहुन्छ। तपाईँ यो उ त्यो कोठाभित्र एकचोटी छिर्नु न अनि थाहा पाउनु हुन्छ नयाँ लुगा हामीलाई कति आएको छ भनेर। नयाँ लुगाको सब प्याक त्यहाँ छ के। अझ कति धेरै त बेचिसक्नुभो। बेच्ने पसलहरु सप्पै म देखाउँछु ल। बोरामा पैसा राखेर पहिला त माइतीमा पठाउनु हुन्थ्यो अहिले माइतीमा झगडा गरेर पठाउनु हुन्न। माइतीमा चाहिँ कति धेरै पठाउनु हुन्छ हगि। अस्ति भर्खरै मैले पनि बोक्या थिएँ एक बोरा पैसा त। अस्ति है माको यस्तो बाकस है त्यहाँ भरी हजार हजार एक एक लाखको गड्डी। पैसा त यति धेरै कि। म त छक्कै परेँ। सुटकेस हुन्छ नि त्यस्तोमा पनि ब्यागमा पनि। ल विदेशी नोट त यति देख्या ल मैले। मैले कुन कुन देशको भनी हेरेको..क्यानाडाको..अस्ट्रेलियाको हइ, युकेको, कोरियाको… दालमा यस्तो घुन पर्‍या हुन्छ कि खानै मन लाग्दैन। तर नखायो भने पेट भोकै हुन्छ गाउँगाउँका मान्छेले (हामीजस्तोलाई) ल्याइदिएको के यहाँ थाहा भो नि त। हाम्रो गाउँमा ठूल्ठूला नेताहरु बस्छन् के यहाँका जस्ता। हाम्रो गाउँमा टुलराज भन्नेछ। हो त्यस्तोले थाहा पाएर हामीलाई यहाँ ल्याएका… अडियो सुन्नुस्- बच्चाहरु सुत्ने कोठामा भएको इनार। त्यही इनारमा पसेर पानी निकाल्दै एक बालक। सहयोगस्वरुप नयाँ लुगा आए पनि त्यहाँ च्यातिएका लुगा लगाएर बसेका बालक।

itroll · Feb 27, 2014 8:47 PM · 8 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion