हो, ठूला भ्रम सत्य साधारण । विजयकुमार पाण्डेको कुनै वेलाको कार्यक्रमको शिर्षक । आफ्नैं कार्यक्रमको शिर्षकको मर्म नबुझेको प्रतित हुन्छ विजयकुमारले । म विजयकुमारको फ्यान हुँ । तर यसपटक उनको तर्कसँग मेरो असहमति छ । आफूले अन्तरर्वार्ता लिएको मान्छे सँधैभरि सही हुन्छ भनेर अड्डि कसेको विजयलाई कत्ति सुहाएन । कुनैवेलाको भगवान कुनैवेला राक्षस बन्न सक्छ भन्ने कुराको बोध हुनुपर्ने हो ओशोमार्गी विजयकुमारलाई । समाजमा एउटा प्रवुद्ध वर्गको व्यक्तिका रुपमा स्थापित विजयकुमारको धरातल केही दिन अघि कान्तिपूर दैनिकमा प्रकाशित लेखको कारण हल्लिएको छ । दिलशोभाको अनियमितताको समाचार बाहिर आउनुसँग आफ्नो प्रतिष्ठाको विषय उनले गाँस्नु हुँदैनथ्यो । आफूले हिरा भनेर घोषणा गरेको व्यक्ति सँधैभरी हिरा नैं हुन्छ भन्ने दम्भ देखियो उनमा यो पटक । जतिबेला विजयकुमारले दिलशोभाको अन्तरर्वार्ता लिएका थिए, त्यतिवेला दिलशोभा सरल र समर्पित थिइन् होला । तर यसको मतलव यो बुझिनु हुँदैन कि उनी अनन्त कालसम्म यस्तै रहन्छिन् ।
Max Rossa · Mar 3, 2014 6:32 PM · 135 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion