सेनामा भर्ती हुने क्रिकेट खेलाडीको रहर : तपाई के भन्नुहुन्छ ? २०७० चैत १४ गते १०:४६ मा प्रकाशित ट्वान्टी २० विश्वकप क्रिकेट खेलेर फर्केका नेपाली क्रिकेटका राष्ट्रिय खेलाडीहरु नेपाली सेनाको सबैभन्दा तल्लो तहमा जागिर खोज्दै हिँडेका छन् । सेनामा भान्सामा काम गर्ने एवं बढार्ने कार्यका लागि खटिने ‘बकासी’ का लागि फारम भर्न क्रिकेट खेलाडी सुवास खकुरेल, अनिल मण्डल र नरेश बूढा ऐर, राजेश पुलामी, सिन्धुपाल्चोकको चौतारा पुगे भने अविनाश कर्ण, विनोद भण्डारी र जितेन्द मुखिया हेटौडा पुगे । nepali-cricket-teamत्यसैगरी सोमपाल कामी, चन्द्र साउत र सागर पुन सेनामा जागिर खान पोखरा पुगे । चन्द्र साउत र महेश क्षेत्री सुर्खेत पुगे । यसरी राष्ट्रिय छवि बनाएका र राज्यबाट ५/५ लाख एवं विभिन्न निकायबाट सम्मान पुरस्कार पाइरहेका खोलाडीहरु सेनाको जागिरका लागि फारम भर्नतिर लाग्नुलाई कसरी लिने ? १. खेलाडीलाई राज्यले जिविकोपार्जनको व्यवस्था नगरेका कारण यस्तो भएको हो । यसले सेनाको गौरबसमेत बढाउँछ । यसलाई स्वाभाविक रुपमा लिनुपर्छ । खेलाडीले जे गरे, ठीक गरे । २. खेलाडीलाई राज्यले हेरिरहेकै छ । खेलाडीले आफ्नो मर्यादामा बस्नुपर्छ । यसरी जात्रा देखाएर खानै नपाएजस्तो नगरियोस् । यसो गर्दा अन्तरराष्ट्रिय स्तरमा राष्ट्रको छवि बिग्रन्छ र सीपी गजुरेलले भनेको सही सावित हुने अवस्था आेउन सक्छ । भोक लाग्यो भन्दैमा बाघले घाँस खान खोज्नु राम्रो होइन । खेलाडीले खेलबाटै विकल्प खोज्नु राम्रो । - See more at: http://www.onlinekhabar.com/20...
fantush · Mar 29, 2014 12:49 PM · 6 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion