कल्ब्रेक जिन्दगी .................... अचेल जिन्दगी कल्ब्रेकको खेल भाको जस्तो लाग्छ!! तलब आउदा हुकुमको एक्का परे जस्तो लाग्छ २/४ दिन त कसैलाई गनिदैन काउली तरकारी भनिदैन तेस्को चार दिन मै तुरूप बाद भन्न मन लाग्छ परीक्षाको फारम भर्न आफै चिडको बास्सा बने यसपाली त लक्की सेवेन आउनु पर्छ भने तर आफ्नो रिजल्ट सधै दुक्की हो कि कस्तो माथि नि तारा जस्तो तल पनि तारा जस्तो साथि सबै इटका गुलाम कति सारो पेल्छन दहर फाली मिस्सी झार्ने कति रुखो खेल्छन तेती मात्र कहाँ हो र बास्सा पनि झार्छन मलाई त जैले नि एक हात गोलो पार्छन राम्री केटि भेट्दा पानको एक्का पर्या मान्छु यो मिस्सी लाइ जसरि नि हात पारौला ठान्छु तर क्यार्नु पानको पहिलो खेलमै कोहि तुरुप डुक्राइदिन्छ मनको लड्डु खान नपाउदै मनमै टुक्राइदिन्छ यहि हो यार मलाई त् जिन्दगि कल्ब्रेक जस्तो लाग्छ ! Last edited: 07-Apr-14 06:08 PM
amirsubedi · Apr 7, 2014 6:02 PM · 30 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion