समय बिताई , के दियो ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाल हुदा विदेश छिर्नलाई टेन्सन \छिरी सके पछि टेन्सन नै टेन्सन\ लामो कथा र ब्यथा संग जोडिएको हरियो पत्ता : \प्रोफेस्सनल बिधार्थी जीवनको भोगाइ उस्तै छ \ बसाई सरिएको बर्स बितेको हैन कपाल सेत्याम्म \देखीइञ्छ माल न्युट्रिसन बेबी जस्तै \ कमर बन्द हैन सस्पेण्डर चाहिं थाल्यो \ आधामानु चामलको भुजा बा को एक भाग थियो \ आफुलाई आधा मानु चामल पुग्ने भो महिना दिन \उसिना चामल ल्याउ : भरियाको दाना भन्छन\ जातै भाते : भात नखाई अघाइन्न, के गरौ ? कामले सानो हुने जाति हामि : के के पो गरिएन \ पहिलो पल्ट नेपाल फर्कदा गफ चुट्न नसक्दा \ माइलो घर्तीले समेत बाल नदिए पछि चेतियो \ अर्को पल्ट जानु अघि : गफी कक्षा भर्ना भैयो ! \दोश्रोपल्ट रेबान चस्मा धस्काएर गैइएनकि \ होंण्डेई कुदाए पनि मर्सिदिजको साचो बोकिएनकि \ गोर्खेको कुरा सुन्न दाजु भाइ मात्र हैन \ गाउले हरु पनि भिड र सुझाब लिने को ताती देखिएनकि \ नमारी स्वर्ग देखिन्न : भनि दिए जानै पर्छ \ TOEFL र GRE दिदै गर भनि \अस्वासनको दियो बालिदिए, ब्रम्ह बाक्य खोके दिए \ २ - ४ जना आए बिद्यार्थी भै \ "सास भी कभी बहु थि को कथा" दोहोर्याए | उनिहरुको सामु मा "गुरु गुड चेला चिनी" भैयो \ तै पनि पाका र मान्यजनको सामु \ क्या हाइ हाइ गोर्खेको | प्रस्म्सा सुन्न पनि क्या रमाइलो ? \ रतिक्रिया लाई पनि माथ गर्ने ?

magorkhe1 · Sep 8, 2014 1:44 PM · 208 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion