२ सुके OBDII स्क्यानर

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चेक इन्जिन लाईट (CEL )देख्ना साथ् मलाइ ढेडु देखेको जस्तो हुन्छ ( सानो मा बादर बच्चा समाउन जादा ढेदुको खेदाइ मा परेको थिए, यस्तरी कुदेकी टाउकाको टोपी समेत उडेको थियो, तेस्को अन्स टासी सकेको छु )| अनि ७० मा झन्डै चुना लागेको संग जोडिएको अर्को अर्को अन्स हो | जनवरीमहिनामा स्टिकर लिनु पर्ने यो डिसेम्बर लागे पछि घरि घरि आखा तेही CEL देखिने ठाउमा जान्थ्यो, ४-५ महिना अघि देखिएको CEL ग्यास को टोपी राम्ररि न कसेर लागाएको कारणले रहेछ अर्को ग्यास भर्दा आफै गयो | जनवरी १ भन्दा अघि यो CEL नदेखियोस भन्दै जपना गर्दै थिए एक दिन फुत्त देखा पर्छ | घर पुग्ना साथ् त्यो २ सुके स्क्यानर जोडी हाले | कुनै सप्ताहन्तमा Moving Sale लेखेको घरमा छिरेको AUTEL max300 OBDII राखेको रहेछ | कति भनेर सोध्दा १ डलर माग्यो मैले पनि how about a Quarter भनेको त Give me 50 Cents भन्यो मैले पनि टिपी हाले , पुरानो दुख सम्झेर ) , (मारवाडी हरुको संगत परेको मान्छे हो केहि गुण सरे जस्तो छ ) | एस चोटिको कोड p0420 भन्छ | सोद्धा बुझ्दा Catalytic Converter वा O2 Sensor हुन् सक्ने रहेछ | तर अचम्म को कुरा IM चेक गर्दा CAT ready , EVAP ready देखाउछ | यो जनवरी १७-१८ तिरको कुरा हो | मैले पनि तेही २ सुके मेसिनले Code Erase गरिदिए | पोहोर साल fail sticker मा छ महिना चलाइएछ , थाहा पाउना साथ् CAT Converter फेरे पछि सबै ठिक भयो र पास Sticker लगाइएको थियो | EBay बाट किनिएको थियो , मेड इन क्यानाडा भन्थ्यो , बेचे होलान मेड इन चाइनिज| Code Erase गरे पछि एकहोरो ५०-६० माइल कुदाए पछि कम्प्युटर cycle पुरा हुन्छ अनि सबै ठिक हुन्छ भनि ३ घण्टा nonstop कुदाए पछि २ सुके जोडेर हेर्दा नो code तर उता कात र EVAP भने Not Ready देखाउछ | लौ जा भनेर ब्याट्री disconnect गरेर हेरे अनि अर्को ४० माइल कुदाए जस्ताको तेस्तै छ भने अर्को समस्या थपिए | नत घडि मिलाउन सकिन्छ न रेडियो नै | रेडियो नभएर एक्लै ड्राइभ गर्न दिक्क लाग्यो भनेर लगौटी मित्र संग गुनासो गरेको त तिमि संग GPS छ हैन , चट्ट On गर तर Destination भने ठिक उल्टा राखी देउ अनि त्यो आफै फ़तफ़ताइ रहन्छ , Take Left on This & That Road , तै भै हाल्यो तिम्रो बटुवा मित्र , पढ्नु भो कस्ता कस्ता सल्लाहकार हुन्छन , मैले साझामा राखेको भए अझै मज्जाका सल्लाह पाइन्थ्यो होला ? कुराले अर्कै कुना हान्न पुगेछ | १ हप्ता पछि फेरी CEL देखा पर्छ | २ सुकेले सबै ready संग P 0420 code छ है भन्यो | १ घण्टा टाढा मात्रै हो Casino , ३-४ महिना भै सकेको थियो श्रीमतीजीले रहर गरेको फेरी अर्को ५० -६० माईल त दौडाउने पर्यो , एक काज दुइ पन्त उखान पनि पुरा गर्नु पर्यो भनि लौ casino जौ भनेको त श्रीमती जी तुरुन्तै तयार | भोलि जाने तयारीमा २ सुके जोडेर Code Erase गरेर ८९ माईल कुदाएर गन्तब्य स्थान मा पुगी चेक गर्दा जस्ताको तेस्तै छ यानेकि कोड़ P0420 गएको छैन | ४ घण्टा जति बसियो होला श्रीमतीजीले ३०० जति हात हैन गोजीमा पारिन तेसी खुसि, आफुले भने कहिलै जितिएको हैन , बजेट सिध्याउने मात्रै त हो नि | फर्किने बेलामा फेरी २ सुके जोडेर कोड Erase गरेर घर हानियो | एस पल्ट भने भने जस्तै भएछ | लगाइने भैयो स्टिकर भनि मख्ख मात्र हैन दीग बिजय भैयो जस्तो भएको थियो | next day नौ बजे नास्ता गरेर गाडिको साचो खोज्छु भेट्दिन, कारमै झुण्डिएको रहेछ अनि बेट्रि पनि DEAD भएछ | Jump स्टार्ट गरियो , २ सुकेले देखाई हाल्यो कोड | १२ हातमा पुगेर किन बित्तामा पछि पर्नु | लागे दाल चामल किन्न पटेल ब्रो को पसलमा | १५ माइल होला , मेरो दुख भनौ वा persistance को रेवार्ड एस चोटि भने त्यो २ सुकेले हरियो सिग्नल देखायो | एक बर्स्लाई ढुक्क भैयो | यसरी बिते नया बर्स को सप्ताहान्त अनि मेरो २ सुकेको महात्मा येही हो  wireless OBDII , dealnews मा ५ डलरमा देखेको थिए | मौका पर्दा किनेर राख्दा ठिकै होला | सुद्दा सुद्दी गर्न भ्याइएको छैन है | साथि हो यसरी बित्यो नया बर्सको सप्ताहान्त | Last edited: 19-Jan-16 11:00 PM Last edited: 19-Jan-16 11:02 PM

magorkhe1 · Jan 19, 2016 10:56 PM · 164 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion