न्यूयोर्कको ब्रुकलिनमा बस्ने ३७ वर्षीय किमले सञ्चित गरिराखेको १० हजार डलर भविष्यमा जन्माउनुपर्ने सन्तानको बिउ सुरक्षित राख्नका लागि आज भुक्तानी गरिन् । कुरा अलि बुझ्नुभएन होला । यसलाई यसरी बुझौं । किमले आफ्नो डिम्बको भण्डारबाट २० ओटा जति अण्डाहरु कृत्रिम तरिकाबाट निकाल्न लगाई भविष्यमा शुक्रकिटसँग मिसाउन मिल्ने गरी सुरक्षित राख्न फ्रिजमा जमाएर राख्नुपर्ने भएकाले ठूलो धनराशी तिरेकी हुन् । यसका साथै उनले उक्त अण्डा राखुन्जेल मासिक शुल्क पनि तिर्नुपर्नेछ । न्यूयोर्कको एनवाईयू लाउन्जले सन् २००४ देखि नै यसरी अण्डाहरु राख्नका लागि Egg Freezing Program सञ्चालन गरेको रहेछ । यसअघि निजी क्लिनिकहरुले मात्रै गर्दै आएको थियो । हाल आएर यसरी महिलाको अण्डाहरु जमाएर सुरक्षित राख्न चाहने महिलाहरुको संख्या अत्यधिक बढेकाले पालो कुर्नुपर्ने रहेछ । तपाईंहरुको जस्तै मेरो मनमा पनि ‘किन यस्तो गर्नुपरेको होला ?’ भन्ने जिज्ञासाहरु धेरै सल्बलाएकाले किमसँग केही समय मागें । लेख्न अनुमति पनि मागें । विभिन्न समयमा गरी ४ जना केटाहरुसँग लामो–लामो समय डेट गरे तापनि विभिन्न कारणले सम्बन्ध टिक्न नसकेकोमा दुःख व्यक्त गरिन् । पछिल्लो केटासँग सबै कुरा मिलिसक्दा पनि केटाले विवाहका लागि सोच्नुपर्ने बताएपछि उनले नै हापेकी रहेछिन् । उनले थपिन्– ‘न्यूयोर्कका केटाहरु विवाह गर्नका लागि तयार नै हुँदैनन् । डराउँछन् । आफ्नो उमेर बितेर गइसकेको हुन्छ । अब मैले अर्को केटा भेटे पनि २ वर्ष एकअर्कालाई बुझ्दा म ३९ वर्षकी हुनेछु । त्यो उमेरमा मेरो अण्डाहरुमा विभिन्न समस्याहरु देखापर्ने बेला भइसकेको हुनेछ । पछि बच्चामा समस्या आउन सक्छ । मलाई बिश्वास छ, मेरो अण्डाहरु अझै जवान नै हुनुपर्छ, त्यसैले अरु ढिला नगर्नका लागि धेरै खर्च गरें । अझ मसँग पैसा भएको भए त ३० वर्षको उमेरमा नै अण्डाहरु झिकेर सुरक्षित राख्थें ।’ किमले मात्र होइन । किमका अन्य थुप्रैसाथीहरुले पनि यस्तो गरेको दृष्टान्त उनले सुनाइन् । आफूले राम्रै कमाए तापनि सबै रकम सौन्दर्य सामग्री र यस्तै काममा खर्च हुनाले भविष्यदेखि डर लाग्ने बताइन् । किम एउटा प्रतिनिधि पात्र मात्र हुन् । आफ्नो शरीरलाई नयाँ आकार दिन Breast Implants र Butt Implants गर्दा बिग्रिएर आत्महत्या गर्नेदेखि चाउरिएको छाला तन्काउन ‘बोटोक्स सुई’ लगाउँदा झन् बिग्रन गई डिप्रेसनमा परेकाहरु अमेरिकामा मनग्य भेटिन्छन् । जीवन यन्त्रजस्तो भएपछि जीवनको मन्त्रमा खिया लाग्दो रहेछ । न्यूयोर्कमा किमजस्तै नयाँ पिढीहरु पूर्वीय दर्शन, योगा र रेकीजस्ता जीवनोपयोगी पद्धतीप्रति आकर्षित भएबाट के अनुमान लगाउन सकिन्छ भने जीवनको सार सरल बन्न सक्नुमा रहेछ । प्राप्तिले २ चिज दिन्छ– पहिलो ‘सन्तुष्टी’, दोस्रो ‘अतिरिक्त लोभ’ । कुन छान्ने हो, त्यो आफ्नो विवेक । बेलाबेलामा उनले पराजित मानसिकतामा ‘अब कोही नभेटे पनि बाँकी जिन्दगी यसै बिताइदिन्छुसमेत भनिन् ।’ न्यूयोर्क शहरमा किन यस्तो भएको ? भन्ने मेरो प्रश्नमा उनले भनिन्– ‘केटीहरु कैरियर बनाउने र असल केटाको खोजी गर्दागर्दै उमेर बिताउँछन् । केटाहरु पनि विवाहलाई झर्को मान्छन् । के म नराम्री छु र ?’ मलाई नै सोधिन् । मैले भनें– ‘एकदमै राम्री छौ । कलिली देखिन्छौ । पक्कै कोही भेट्ने छौ ।’ मलाई हेरिरहिन् सायद मैले मेरो हुर्किसकेका छोराहरु छन् भनेकाले होला, ‘तंैले ठीक गरिस्, यहाँका मान्छेहरु त ६५ वर्षको उमेरमा २० वर्षको छोराका लागि पिर मानिरहेका हुन्छन् ।’ पाश्चात्य संस्कारमा प्रचलित Nuclear Family System ले मानिसलाई धेरै संघर्ष गर्नुपर्ने बनाउँदो रहेछ । बच्चा जन्माउने र हुर्काउनका लागि धेरै रकम जम्मा गर्नुपर्ने हुन्छ । संयुक्त परिवारमा जस्तो सबैले बच्चा हेरिदिंदैनन् । छोराछोरी हुर्कुन्जेल बाबुआमासँग समय हुँदैन । बेबीसिटरलाई छाडेर अथवा डे केयरमा छाडेर नै अधिकांश समय व्यतित हुन्छ । अलिकति समय मिल्दा आफ्नो कुकुर वा बिरालोसँग खेल्न थाल्छन् । पछि सन्तान १८ वर्ष पुगेपछि घर छाडेर जान खोज्दा ‘गुड लक’ भन्ने सिवाय विकल्प रहँदैन । माया, ममता, अपनत्व भन्ने कुरा व्यस्त जीवनको अस्तव्यस्त दौडमा विलय भैसकेको हुन्छ । अमेरिकी जीवनशैलीले पारिवारिक सम्बन्धलाई समेत सम्झौतामा चल्ने व्यापारिक सम्बन्ध बनाइसकेको छ । किमले ‘चाँडै योग्य वर भेटोस्’ भन्ने शुभेच्छा छाडेर म बिदा भएँ । किमले फ्रिजमा जमाएर राखेको अण्डाहरु आफ्नो केटाको शुक्रकिटसँग मेल गराएर आफ्नो शरीरभित्र राख्न पनि ठूलै धनराशी खर्चिनुपर्नेछ । उनीजस्तै पूर्वीय संस्कार मनपराउने तर पाश्चात्य संस्कारमा जीवनको रथ घिसारिरहेका युवापिढीहरु न्यूयोर्कमा कम छैनन् । आमाले छोराछोरीको सन्तान (नातानातिनी) हेरेको पैसा लिने परिपाटी न्यूयोर्कमा नौलो होइन । धन्न हाम्रा नेपालबाट घुमाउने बहानामा झिकाइएका बाबुआमाले आफ्ना नाता–नातिनीलाई मनैदेखि निःशुल्क कुर्छन्, हेर्छन्, संस्कार दिन्छन् ।
fashioninstitute · Apr 18, 2016 1:54 PM · 15,637 views
Last edited: 18-Apr-16 04:38 PM
Khaobaadi · Apr 18, 2016 2:10 PM
crying story ... huhuhuhu umumumum....aba k garne ta ....frozen anda sanga sex garne koi milyo ta? BTW, frozen anda ma fertilization garda k bachcha ma disorder aaula ki naaaula ta...study huna baki nai chha ...ladai siti
thirdLeg · Apr 18, 2016 5:02 PM
I don't know who is this wanna be writer, but I am sure he have no clue about medical science and fertility medicine. I humble request not to write stuff u know. And even if u write don't post crap in sajha. You are trying to connect two complete different stuff and try to make conclusion that western values are crap. There are enough Americans getting married and having kids, and more people seek fertility treatment for other reason then not being able to find guy for getting married, and further more she dint need to get married to have baby . So stop writing about something that u don't know of.
meraj · Apr 18, 2016 9:04 PM
You are right meraj.
new1 · Apr 19, 2016 11:18 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion