आफु परियो पाहड मदेश देखि भित्रि मधेस समेत बसाइमा परिएको , गत बर्स नेपाल गएको बेला भरतपुर मा रिक्सा चढिएको थियो अनि रसिक रिक्सा चालकले किलोको डेढ रुपैया मागेको कुरा र टनटला पुर् घाम लाइ सम्झीए मैले एस पल्टको न्यु योर्क को सेन्ट्रल पार्क मा चलाइएका रिक्शा देखेर सोध्न मन लाग्यो | यो गोर्खेले पनि का का आखा पुर्याउन भ्याउछ भन्नु होला ? म यहा ररुनिका गाथा र रुपको बर्णन गर्न लाग्या छैन | जति पनि रिक्शा हरु मेरो अगाडी बाट गुडाइयो तिनीहरु मा लगाइएको chain हाम्रा नेपालमा देखिने भन्दा फरक पाए | सेलको ब्याट्री सकिएको बेला परेछ , श्रीमतीको सेल मागेर खिच्न सकिएन ( आर्को पल्ट गएको बेला अबस्य खिचेर राख्ने छु ) यो अबस्य पनि चालकलाई कम परिश्रममा रिक्शा चलाउन सजिलो बनाएको हुनु पर्छ जस्तो लाग्यो | हामीले भित्राउने प्रबिधि भारतबाट आउछ अनि भारतीय हरुले (मैले भनेको जस्तो रिक्शा तान्न सजिलो बनाउने प्रबिधि ) नक्कल गर्न सिपालु छन् भित्र्याई सक्नु पर्ने हो र हाम्रो देशमा पनि भित्रीइ सक्नु पर्ने हो | हाम्रा देशमा प्राय रिक्सा चालक हरु गधा पच्चिसे बाट उकालो लाग्दै गए पछि चालीसका देखिन्छन अनि पैसा लिदा दिदा खल्तीमा क्षय रोग निवारण केन्द्रका बाक्ला पर्चा देखिन्छन तै पनि २ जनाको अट्नेमा ३ जना बस्न खोज्छौ मात्र हैन मोलमलाइ नगरी खाएको पच्दैन तेस्माथी हामीहरुको स्वास्थ्यमा बिकास भएर सबै फुलेका छौ | किलो को हिसाब गर्यो भनेर के हास्नु ? If it is helpful we can bring this technology to Nepal.
MaGorkhe1 · Apr 24, 2016 9:16 PM · 171 views
सहि कुरो गर्नु भो / यस्तो नया प्रबिधि को आबश्यकता छ नेपालमा/
adhikari_bandhu · Apr 24, 2016 9:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion