फेसबुक गाथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राष्ट्रियतामा संकट -किशोर नेपाल अहिलेका सामाजिक, आर्थिक र राजनीतिक परिदृश्यलाई पर्यवेक्षकका रूपमा हेर्दा नेपालको राष्ट्रिय अस्तित्व र सार्वभौमिक स्वतन्त्रता साँच्चै संकटमा परेको छ । यसको कारण नेपालको राजनीतिक र सामाजिक जीवनमा देखापरेको अतिवाद हो भन्न अलिकति पनि हिच्किचाउनु पर्दैन । सधैँ अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको नारा बोकेर आफ्नो राजनीतिक दुनो सोझ्याइरहेका अतिवादी वामपन्थी नेपालको राष्ट्रिय अस्तित्व र सार्वभौमिक स्वतन्त्रतामा देखिएको अहिलेको संकटका लागि जिम्मेवार छन् । उत्तिकै जिम्मेवार विगत ६० वर्षदेखि देशको शासन व्यवस्था सुमरिरहेका, पञ्चायत, कांग्रेस, एमाले र शान्ति–प्रक्रियामार्फत शासनको उपल्लो तहमा स्थापित भएका माओवादी छन्, जसले देश विकासका लागि कुनै ठोस र गहकिलो दृष्टिकोण प्रस्तुत नै गर्न सकेनन् । एकथरीले दृष्टिकोणका नाममा व्यक्तिगत हिसाबले मनोगत विचारको बिस्कुन सुकाइरहे भने अर्काथरीले नेपालको पारम्परिक संरचना धानेर त्यसैको आडमा देशको शासनमा एकाधिकार कायम गर्न खोजे । अतिवादीहरूले साम्राज्यवाद र विस्तारवादको शाब्दिक जन्जालको प्रयोग गरेर नेपाली जनताको सरल र स्वच्छ हृदयमा शक्ति राष्ट्र अमेरिका र छिमेकी राष्ट्र भारतबाट देशको अस्तित्वमा खतरा रहेको मायावी त्राश सिर्जना गरिरहँदा पनि राजनीतिका नायक भनिएकाहरू त्यसको राजनीतिक प्रतिकारमा जुटेनन् । उल्टै उनीहरूले त्यो प्रवृत्तिलाई पुल्पुल्याए र आफ्नो राजनीतिक फाइदाका लागि प्रयोग गरे ।   राजनीतिक दलहरूले बुझ्नुपर्ने मुख्य कुरा यत्ति नै हो– राष्ट्रियताको नांगो नारा लगाएर मात्र कुनै पनि देशको सार्वभौमिक स्वतन्त्रता टिक्न सक्दैन । भोका, नांगा जनतालाई सपना देखाएर मूर्ख बनाउन सजिलो छ । तर, त्यो सपनाको सत्य सावित गर्नु कठिन छ । जनताले एक हदसम्म मात्र प्रतीक्षा गर्न सक्छ । पानी घाँटीसम्म आइसकेपछि आफ्नो जीवन जोगाउनका लागि जुनसुकै खतरा उठाउन मानिस तयार हुन्छ । देशको नाम जपेर वा राजनीतिक नेताको नाराको भुलभुलैयामा परेर आफ्नो जीवन नचल्ने अवस्थामा मानिस जस्तोसुकै उग्र पाइला चाल्न पनि चुक्दैन । उदाहरण कडा र अप्रिय लाग्न सक्छ । तर, भारतमा सिक्किम बिलयको घटनाक्रम एकदमै सान्दर्भिक हुनेछ । स्वतन्त्र भनिएको सिक्किमको नयाँ राज्यका रूपमा भारतमा बिलयपछि हामी सिक्किमका बारे सबभन्दा बढी संवेदनशील र सजग देखियौँ । नेपालका राजनीतिक दलले नेपाली सार्वभौमिक स्वतन्त्रतामा भारतीय विस्तारवादबाट खतराको नारा लगाउँदा अहिलेसम्म पनि सिक्किम बिलयको उदाहरण दिन छाडेका छैनन्, मानौँ कि सिक्किम नेपालकै उपनिवेश थियो । केही समयसम्म सिक्किमका जनता बिलयविरुद्ध उद्वेलित भए । भारतको बौद्धिक समुदायले बिलयका विरुद्ध जनमत तयार गर्ने प्रयत्न गरे । बी जी वर्गिज र सुनन्दा दत्त रे जस्ता प्रतिष्ठित पत्रकारले पुस्तक नै लेखे । शक्तिराष्ट्र चीन घटनाप्रति मौन नै रह्यो । त्यसपछि बिलयको विरोधमा सिक्किममा कतै पनि एक शब्द सुनिएन । दरिद्रता, अचेतना र अशिक्षाले ग्रस्त सिक्किमीहरूका लागि सिक्किमको भारतमा बिलयपछि आएका यी प्रतिक्रियाले कुनै असर नै गरेन । आज सिक्किमीहरू यो घटनालाई सम्झिने मनस्थितिमा नै छैनन् । उनीहरूमा सिक्किमी स्वतन्त्रताका खलनायक मानिएका काजी लेन्डुप दोर्जेप्रतिको कटुता पनि देखिँदैन । उनीहरूको एजेन्डामा आमूल परिवर्तन आइसकेको छ ।   नेपाली जनताले नेपालका भाग्य विधाताको हैसियतमा रहेका राजनीतिक दलका शीर्षस्थ, वरिष्ठ र महत्त्वपूर्ण नेतालाई प्रश्न सोध्ने समय आएको छ– के उनीहरू नेपाल र नेपाली जनतालाई त्यही बाटोतिर धकेलिरहेका त छैनन् ? वैदेशिक रोजगार र दाताको दानमा मात्रै कति दिन टिक्न सक्छ राज्य व्यवस्था ? सहर–बजार र भन्सारबाट उठेको करको भरमा कति दिन टिकाउन सकिन्छ शासन पद्धति ? देशमा विकासका वातावरण र आधार तयार नभएसम्म कसरी रहन सक्छ देश स्वावलम्बी र स्वतन्त्र ?   केही महिनाको उज्यालोपछि नियमित वार्षिक रूपमा आउने ऊर्जासंकट भर्खरै सुरु भएको सन्दर्भबाट कुरा सुरु गरौँ । नेपालमा विद्युत् ऊर्जाको व्यावसायिक प्रयोग हुन थालेको धेरै भएको छैन । स्तम्भकार र उसका समकालीनहरूले टुकीको उज्यालोमा ज्ञान प्राप्त गरेका थिए । सुनकोशी र त्रिशूली जलविद्युत् आयोजना आउँदासम्म पनि विद्युत् ऊर्जाको व्यावसायिक विकास भएको थिएन । कुलेखानीको निर्माणपछि मात्रै यो परिदृश्यमा केही परिवर्तन आयो । त्यसवेलादेखि जलविद्युत् विकासका सम्भावनाको चर्चा सुरु भयो । सरकारका तर्फबाट नेपालले ४८ हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने क्षमताको उद्घोष गरियो । २४ हजार मेगावाट ऊर्जा उत्पादनका लागि लाइसेन्स पनि जारी भयो । तर, अहिलेसम्म कालिगण्डकीलाई छाडेर सय मेगावाट बढीको एउटै आयोजना पनि कार्यान्वयन भएको छैन । विद्युत् ऊर्जाको अभावमा सबै कुरा अस्तव्यस्त छन् । कलकारखाना, स्कुल–कलेज, अस्पताल र आवश्यक सेवा सबै नराम्रोसँग ग्रस्त छन् ऊर्जा संकटबाट । महँगो डिजल किनेर देश जसोतसो चलाउने काम मात्र भएको छ । तैपनि, हामी प्रगतिपथमा लम्किइरहेको डिंग हाँक्न सबैभन्दा अघि छौँ ।   काम किन हुन सकेको छैन ? केले रोकेको छ विकासको गतिलाई ? प्रश्नको जवाफ अत्यन्त सजिलो छ– समाजको चारैतिर बढ्दै गएको भुइँफुट्टा वर्ग नै हो हाम्रो विकासको अवरोधक । नेपालको प्रशासन, व्यापार–व्यवसाय, राजनीतिक दल– समाजको कुनै वर्ग यस्तो छैन, जसमा भुइँफुट्टाहरूको प्रभाव र वर्चस्व नरहेको होस् । अहिले हामी जसलाई विकास आयोजना प्रवद्र्धकको सम्मानजनक शब्दले सम्बोधन गर्छाैं पञ्चायतकालमा ती कमिसन एजेन्टका रूपमा चिनिन्थे । सिंहदरबारदेखि राजदरबारसम्म सबैतिर तिनको पहुँच प्रभावकारी हुन्थ्यो । क्याबिनेटमा के भयो ? निर्णय माइन्युटिङ गरेर चौबीसै घन्टा गोप्य राख्ने परम्परा थियो । तर, कमिसन एजेन्टले निर्णयको जानकारी सरकारको सचिवले भन्दा पहिले पाउँथ्यो । नेपालका सबै खालका विकास आयोजना–जलविद्युत्देखि टेलिकमसम्म, अस्पतालदेखि हवाईजहाजसम्म, कृषिदेखि पर्यटनसम्म, जुनसुकै क्षेत्रको विकासका सम्भावनालाई अवरोधकका रूपमा पछाडि पार्ने कौशल थियो यिनीहरूमा । धेरै विकास आयोजनाको असफलताको कारण बन्थ्यो राजदरबार र यिनीहरूका बीच आर्थिक स्वार्थको बलियो गठबन्धन । अहिले पनि यो स्थितिमा कुनै परिवर्तन आएको छैन । यत्ति हो कि हिजो घृणाका पात्रका रूपमा हेरिने कमिसन एजेन्टहरूको दोस्रो पुस्ता विकास आयोजनाका प्रवद्र्धकका रूपमा सम्मानित बनेका छन् । हिजो राजालाई दाम राखेर ढोग्न बेरोकटोक राजदरबार पुग्ने कमिसन एजेन्टहरू अहिले ठूला नेताको मनोरञ्जनका लागि चौबीसै घन्टा तयार देखिन्छन् ।   हालै मात्र गैरआवासीय नेपालीको संगठनका अध्यक्ष शेष घलेद्वारा विजयकुमारलाई दिइएको एउटा टेलिभिजन अन्तर्वार्तामा अभिव्यक्त विचार अहिलेको सबभन्दा चर्को सत्य हो । नेपालका घरानियाँ विकास प्रवद्र्धक भएको दाबी गर्नेहरूले नयाँ विचार र चिन्तन राख्ने युवापुस्ताका व्यवसायी र लगानीकर्तालाई सधैँ दुत्कारेका छन् । त्यस्ता अध्यव्यसायीको मानमर्दन गर्न छापा संसारदेखि न्यायपालिकासम्म सबैतिर उनीहरूले भोटे कुकुर छाडिदिएका छन् । बाबुको पालादेखि साना तहदेखि उच्च तहका कर्मचारीसम्म सबैको कलम आफ्नो नियन्त्रणमा लिएर सरकारी निर्णयको हुर्मत लिँदै आएका उनीहरूले नयाँ पुस्ताका प्रतिद्वन्द्वीका लागि चुनौतीको पहाड खडा गरेका छन् । यो अवस्थामा देशमा लगानीमैत्री वातावरण रहेको भाषण गर्नुको अर्थ छैन । सबैले बुझेका छन् नेपालको सरकारले जतिसुकै सुन्दर पोसाक लगाएको भ्रम पाले पनि वास्तवमा ऊ नांगो छ । उसले कपडा लगाएकै छैन ।   बेलायतबाट व्यापार शास्त्रको विद्युत्को बजार प्रवद्र्धन विषयमा मास्टर्स सकेपछि पाएका अन्तर्राष्ट्रिय अवसर छाडेर देश विकासको उद्देश्यसाथ फर्किएका विकेश प्रधानांग नयाँ पुस्ताका एक उदाहरण हुन्, जो कमिसन एजेन्टहरूको मारमा परेका छन् । नियमअनुसार सबै काम होला भन्ने आशा राखेका विकेश त्यतिवेला निराश हुन थाले, जब उनलाई लक्ष्य गरेर सबैतिरबाट आक्रमण हुन थाल्यो । खासै पारम्परिक पारिवारिक हैसियतको प्रयोग नगर्ने उनी अहिले आफ्नो लडाइँ एक्लै लड्दै छन् । विकेशको पृष्ठभूमिको स्तम्भकारलाई खासै ज्ञान छैन । तर, उनी अहिले सबैतिरबाट पेलिएका छन् ।   निर्वासनबाट फर्किनेबित्तिकै बिपी कोइरालाले नेपालमा बढ्दै गएको भुइँफुट्टाहरूको प्रभावका बारेमा आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । त्यतिवेला उहाँको यो दृष्टिकोणप्रति नेपालको बौद्धिक समाजमा खासै चासो देखिएको थिएन । अहिले बिपीका वाणी सत्य सावित भएका छन् । देशको राष्ट्रियता साँच्चै संकटमा परेको छ । मानिसको पेटमा बढ्दै गएको भोकको चाप जति बढ्दै जान्छ, त्यति नै राष्ट्रियता संकटमा पर्छ । देश बनाउन जति कठिन छ, त्यति नै सजिलोसँग राष्ट्रियता गुम्ने परिस्थिति बनाउँछ, जनताको पेटमा बढ्दै गएको भोक र दरिद्रतामा थपिँदै गएको चापले । के आजका नेताले यसमा विचार पुर्‍याउलान् ?

onepoint · Apr 29, 2016 8:44 AM · 18,257 views

10 Replies

मलाइ फेसबुक मा मन नपर्ने कुरा हरु - - दिनदिनै प्रोफाइल पिक्चर र कभर फोटो चेन्ज गर्ने जाँठा जाँठी हरु, - "क्यूट पिक", "थ्यांक यु सीस", "मेड फर इच अदर", "सेक्सी फ्रेन", "थ्यांक्स फर ऑल योर लाइक्स एंड कमेण्ट्स" मात्र लेख्न सक्ने जाँठा जाँठी हरु - दशैं को सुभकामना, आफ्नो मुजी खाते चस्मावाल फोटो, बर्थडे, मलामी, जन्ती, पास्नी मा नौडांडा पारि का लाइ ट्याग गर्ने रांडी का कपूत हरु - बेसुरा गीत गाएर बल्ल तल्ल गितार बजाएर ट्याग गर्ने धरती का बोझ हरु - श्रीमान श्रीमती का जन्मदिन, यानिवर्सरी आदि मा जरुरत् भन्दा ज्यादा रोमान्टिक ष्ट्याटस लेखेर सारा संसार लाइ सुनाउने चिक्ने हरु, - खाना को फोटा दिनदिनै राख्ने जाँठा जाँठी हरु - आफ्नो सिँगाने बच्चो लाइ क्युट किड़ प्रतियोगिता मा भोट हाल्न निम्तो पठाउने वेस्ट अफ अक्सिजन हरु - नेपालि लेख्न आउँदा आउंदै पनि र अंग्रेजी सुन्ने बित्तिकै ज्वरो आउने ले अंग्रेजी मा लेख्न पर्ने हरु - कतारे भरिया हरु को पोस्ट (सरि फर एस्टिरियो टैपिंग) - युनिवर्सिटी मा इन्टर्न्यासनल वीक मा नेपाली नाच्गान का विडियो राख्ने हरु, र त्यस्लाई लाइक गर्ने मुजी हरु - तीज, दशैं, बिहे मा सारी लगाएर, मेकअप पोतेर, तिलहरी झुण्ड्याएर, लाइन मा बसेर दुध फुलाएर, ढल्किँदै कम्मर मा हात राखेर मुस्कुराउँदै फोटो खिँच्ने जाँठी हरु, अनी त्यस्तो फोटा हरु हजार चोटी देखेर पनि हजारौं चोटी लाइक गर्ने मर्न नसकेका खाते हरु - सारा संसार के देखीसक्या फोटा हरु र विडियो हरु दुई वर्ष पछी शेर गर्ने खाते हरु - "साला धोती", "हाम्रो हिमाल", "जय मकवानपुर", "मगर केटो", "मुङ्लिङ को भात" जस्ता वाहियात फेसबुक पेज का समाचार हरु शेर गर्ने हरु - भगवान का फोटा राख्ने मुजी पापी हरु आज किन यो मुजी बौलाएछ भन्नुहुन्छ होला, मुजी एउटी शर्मा दिदी छिन न्यू यार्क् बाट मेरो भाइ को फेस्बुकाँ, मुजी त्यस्ले छोलेको भिडियो राखे नि लाइक मार्छिन् जस्ती, जरुरत भन्दा ज्यादा फेमिनिस्ट, श्वासनी मानिस् ले दौडे भने नि खुशी ले तल बाट चुहिएला जस्तो, रात दिन फेस्बुकाँ जाँठी काम साम छैन, इल्लेगली काम गरेर बल्ल टल ग्रीन कार्ड हाताँ, हरेक नेपाली को न्वारन, पास्नी, गुफा, बर्तमन, भोज्,भतेर, बिहे, दशै, तिहार, सोस्तानी, तीज, पिक्निक, जन्मदिन, मलामी, श्राध, बरखि, १३ दिने मा हाजिर, चाकाँ लात ले हानम जस्तो Last edited: 29-Apr-16 09:28 AM

underwear · Apr 29, 2016 9:26 AM

[Disallowed String for - use not allowed] ke bho kunni. Byaan bhaa jasto cha ma.

underwear · Apr 29, 2016 10:12 AM

k chhada bolya ho bujhiyena kattu

thirdLeg · Apr 29, 2016 10:19 AM

चि क्ने कट्टु ब्रो सारा संसार लै गालि गरेउ ...लाड़ा ब्यान नहुनु त? लोलोलोल

dkhanal · Apr 29, 2016 10:21 AM

ओहो यो रन्दी को छोरो कुकुर चीक्वा साझा admin को लाड़ो चुस्वा UNDERWEAR अहिले सम्म साझा मा छ साझा admin ले एस्लाई किन बेन गरेको छैन दुवै जनाको दरो चिकमारी हुन्छ कि के हो divorceguy is back

love69 · Apr 29, 2016 10:40 AM

Aghi samma dekhya thiye tyesto naramro ta kehi thiyena kasari harayecha

funtush · Apr 29, 2016 10:57 AM

हास्नु हसाउनु अनि समय बिताई हो साझा | कट्टुको लेख पढ्न रमाइलै हुन्छ , ठेट ठाडो भाषालाई पर्याबाची शब्द को प्रयोग गर्दा के होला ?  यो मेरो व्यक्तिगत सोच मात्र हो ! Do you have copy? WTH paste it again. Last edited: 29-Apr-16 05:43 PM

magorkhe1 · Apr 29, 2016 11:59 AM

The admin wouldn't remove a post like that. I saw that you had two copies of the same post. Maybe you unintentionally deleted both copies while trying to delete one.

mily · Apr 29, 2016 6:40 PM

Might be the reason, yes. Wasn't blaming admin anyways.

underwear · Apr 30, 2016 5:29 AM

common kattu bro. post it again. missed it.

Smaran · Apr 30, 2016 5:47 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion