कल्पना घिमिरे प्रेस विज्ञप्ति

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हालै विभिन्न अनलाईन तथा सञ्चार माध्यमहरुमा मेरा विरुद्ध अत्यन्त भ्रामक,कपोल कल्पित एवं गैर जिम्मेवार सामाग्रीहरु प्रसारित भईरहेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । एउटी नेपाली चेलीको सामाजिक तथा पारिवारीक प्रतिष्ठा छिन्न भिन्न हुने गरी विना प्रमाण समाचार प्रकाशित गर्नुलाई मैले अमानवीय एवं पीत पत्रकारिताको रुपमा लिएकी छु । अत्यन्त निर्दयीतापूर्वक मनगढन्त कथा बुनेर प्रदिप पौडेल (निजको हालको अमेरीकी नाम एभरेष्ट लिंकन)ले एउटी महिलाको मानव अधिकार मात्र होईन बांच्न पाउने अधिकार माथी समेत खेलबाड गरीरहेको वारे अमेरीकी अदालतमा अहिले मुद्धा चलिरहेको छ । उसले एउटा फोटो उपलब्ध गराएको र काल्पनिक कथा सुनाएको भरमा सञ्चार माध्यमहरुमा म माथी तथानाम विष बमन गरिनु २१ औं शताब्दीको पत्रकारिता हुन सक्दैन । अहिले जनआस्था लगायत केहि अनलाईन मिडियाहरु, जसले मेरा विरुद्ध प्रदिप पौडेललाई साथ दिईरहेका छन्) संम्वन्धित् पत्रकारहरुलाई एकचोटी आत्म समिक्षा गरी तथ्य के हो अनुसन्धान गरिदिनु हुन विनम्र अनुरोध गर्दछु । साथै प्रदिप पौडेलको एकतर्फी विश्वास गरी केहि मिडियाले मेरो ग्रिन कार्ड बनाउन निजको अमेरिका स्थित सम्पत्ति मेरो नांऊमा नामसारी गरिदिएको र मैले उसलाई फिर्ता नदिएको जस्ता अनेकौं काल्पनिक आरोपहरु त्यस्ता समाचारमा उल्लेख छन् । ति सवै आरोप प्रति मेरो घोर आपत्ति छ । अमेरिकामा ग्रिन कार्ड बनाउन सम्पत्ति नामसारी गराउनु पर्दैन र निज प्रदिपले उसको कुन सम्पत्ति मेरो नाउमा नामसारी गरेको हो, त्यसको प्रमाण दिन म त्यस्ता गैरजिम्मेवार समाचार छाप्ने पत्रकारहरुलाई यसै विज्ञप्ती मार्फत चुनौति दिन चाहन्छु । साथै म विरुद्धका त्यस्ता समाचारमा मेरो मात्र नभई एभरेष्ट लिंकन नामधारी प्रदिप पौडेलले मेरो छोरीहरुको समेत् नाम जोडेर हामी सवै आमा छोरीहरुको बर्वररुपमा चरित्र हत्या गरी हिैडिरहेको र निजले फेसबुक लगायत अन्य समाचार माध्यम प्रयोग गरिरहेको छ । मेरा तीनवटी छोरीहरु मध्य दुईटी छोरीहरु म भन्दा अगाडी देखि नै अमेरिकामा अध्ययनरत रहेका र दुवै अमेरिकी विश्वविद्यालयका ग्य्राजुयेट हुन् । कहिले काहीँ आमालाई भेट्न आउने ती छोरीहरुलाई समेत स्विकारेको र पालेको दावी गर्ने प्रदिप पौडेललाई तपांई पत्रकारहरु के भन्नुहुन्छ ? मेरो यथार्त कुराः म २००६ मा तेस्रो पटक अमेरिका आएं । दुईटी छोरीहरु दूईटा राज्यमा अध्ययनरत रहेकाले हामी आमा छोरीहरु सँगै बस्न संभव भएन । म केहि ब्यसवसाय गर्ने भनेर बुझ्ने सिलसिलामा थिँए, त्यसै समयमा मैले प्रदिपलाई २००६ डिसेम्बरमा मिचिगन राज्यमा भेटें । प्रदिपले ६० वर्षिय अमेरिकी मुलकी महिलासँग बिहे गरेको र, २००७ को मार्चमा उनको क्यान्सरवाट मृत्यु भएछ । त्यसपछि प्रदिपले दिनँहु जसो बिहेको प्रस्ताव गर्न थाल्यो । दिनँहु हुने भेटका कारण उ साथी जस्तो पनि भईसकेको थियो । सँधै जसो ऊ तिमि विना यो संसारमा मेरो कोही छैन, तिमिले साथ नदिए म मर्छु भनेर घुर्काउथ्यो । उ पनि म जस्तै एक्लो र, उसले मसँग बिहेको लागि सधैँ जस्तो याचना गर्न थाले पछि मेरो मन पग्लिंदै गयो । उसको दिनँहुको प्रस्ताव देख्दा मलाई उसको माया पनि लाग्दै गयो । म एक्ली, परदेशमा संघर्षरत महिला, त्यसवेला उसले पनि मलाई साँच्चिकै माया गरेको जस्तो लाग्यो । र, अक्टुवर २००७ मा हामीले बिहे गर्यौ । बिहेको लगत्तै थाहा भयो, उसको अमेरिकी मुलकी श्रीमतिको मृत्यु पश्चात उसको कारोवार केहि समय अघि नै धराशायी भईसकेको रहेछ । अप्रिल १७, २००७ मा उसको कारोवार बैंकरप्सी भएको रहेछ । बंैकरप्ट भएर उसको साथमा एउटा क्रेडिट कार्ड समेत् थिएन । मेरी कान्छी छोरीले उसको लागि मोवाईल किनेर दिनुपर्ने सम्मको उसको आर्थिक हैसियत थियो । नेपालमा पनि उसको अर्की श्रीमति रहेकी र २८ वर्षको प्रशान्त पौडेल र २६ वर्षको प्रज्वल पौडेल नामका दुई छोरा समेत सामाखुसीमा डेरा गरी बसेको थाहा पाँए । ती कुरा विहे अघि उसले मलाई केहि भनेको थिएन । म सँग बिहे गरे पछि बारम्वार उसले मेरो नेपालमा भएको सम्पत्ति बेचेर ल्याउ भनेर फकाउँन थाल्यो, मैले त्यस कुरालाई अस्विकार गर्दै आएकी थिंए, नोभेम्वर २०१२ मा म नेपालमा थिंए, उसले बारम्वार अमेरिकावाट मलाई फाोन गरेर नेपालको घर जग्गा बेचेर ल्याउन चर्को दवाव दियो । त्यसताका उसले मेरो नेपालको घर वेचेर यहाँ ल्याएर ब्यापार गरौं । तिम्रो घर बेच्दा कम्तीमा पनि ६ करोड आई हाल्छ , त्यतिले यहाँ राम्रो रेष्टुरेन्ट सञ्चालन गर्न पग्ु छ भनेर पैसा लिएर मात्र अमेरिका आउन आदेश गर्यो । मेरो नेपालमा रहेको घरजग्गामा उसको कुदृष्टि परेको थियो । उसले पहिले पनि अमेरिकामा ब्यापार गर्ने हुँदा भएको सबै डुवाएको, उ सँधै असफल भएको र दुईचोटी बैंकरप्सीमा डुबेको हुँदा मैले उसको कुरा मान्ने आधारै थिएन । त्यो घर मेरा तीन वटी छोरीहरुको भविष्य हो र मैले उसको प्रस्तावलाई ठाडै अस्विकार गरें । पत्रकारज्यूहरु, तपाँईंहरुलाई भ्रम हुनसक्छ, त्यो नेपालको घर प्रदिपको सम्पत्तिवाट किनिएको हो कि भनेर, तर त्यो घर त्यस विश्वासघातीलाई भेट्नुभन्दा दशकौं अगाडी सन् २००० मा मैले किनेको हो । त्यसको प्रमाण चाहिएको खण्डमा उपलब्ध गराउनेछु । डिसेम्वर २, २०१२ मा म नेपालवाट अमेरिका फर्कें, २०१२ डिसेम्वर १३ को राती त उसले हदै गर्यौ । त्यस दिन मैले उसको वास्तविक रुप देखें , पत्रकार मित्रहरु, उ उग्रियो, मलाई नेपालको मेरो घर जग्गा वेचेर नल्याए ठिक नहुने भनेर फेरी धम्क्याउन थाल्यो । उसले मादक पदार्थ सेवन गरेको थियो, म माथी हात पात गर्न थाल्यो, हामी किचेनमा थियौं, उसले चक्कु बोकेर मार्दिन्छु भन्दै म तिर आयो, म कराउँदै अर्को कोठामा गएँ र भित्रवाट ढोका बन्द गरेर वसें । प्रहरीलाई गुहार्नु बाहेक मसँग अर्को विकल्प थिएन । र, अहिले त्यसै विषयमा अदालतमा मुद्धा चलिरहेको छ । उसलाई मेरो आवास वरिपरि नजान आदेश जारी गरिएको छ । र, उ अदालतमा हाजिर नभई अस्पतालको ईमरजेन्सीमा गएको कागज देखाउँदै विरामी भएको बहाना पार्दै अदालतले गर्ने सम्भाव्य निर्णयलाई प्रभावित पार्दै र समय लम्ब्याउँदै आएको कुरा सुन्नमा आएको छ । सञ्चारकर्मीज्यूहरु, उसलाई पाल्न सहयोग गर्ने र उसको लागि खर्च गरिदिने मेरो छोरीहरुलाई समेत मुछेर उसले तथानाम बदनाम गरिरहेको छ । प्रदिप पौडेलवाट उ एभरेष्ट लिंकन कसरी बन्यो भन्ने विषय पत्रकारहरुको अनुसन्धानको विषय हुन सक्छ । उसले कुन सम्पत्ति मेरो नाँउमा गरेको हो र नामसारीको त प्रमाण हुन्छ नी, त्यस्ता व्यक्तिले जे भन्या,े , अलिकति पनि कमन सेन्स प्रयोग नगरी समाचार प्रकाशित गर्दा चारजना बढि मान्छेले त समाचार पढे होलान तर तपाँईहरुवाट एउटी चेलीको कहिल्यै क्षतिपुर्ति हुन नसक्ने गरी चरित्र हत्या हुन गएको छ, र, तपाइर्ह रुवाट(एकतर्फि कुरा सुनेर मेरा विरुद्ध समाचार छाप्ने सञ्चार माध्यमहरु) घरेलु हिंशावाट त्रस्त र षडयन्त्रमा फँसेकी एउटी चेलीको बर्बरतापूर्ण चरित्र हत्या हुन गएको छ । उसँग केहि सम्पत्ति पनि थिएन, उसले कुन सम्पत्ति मलाई नामसारी गरिदियो? तपाँईहरुले उसँग जवाफ माग्नुहोला । अब मैले,तपाँहरुवाट स्वतस्फूर्त रुपमा यस विषयमा थप अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउनु हुनेछ भन्ने अपेक्षा लिएकी छु । मैले उसँग बिहे गर्दा उसको ग्रिनकार्ड समेत थिएन, यस अथर्म ा मैले ग्रिन कार्डको लागि उसँग बिहे गरेको भन्ने उसको आरोप उसको आततायी सोचको उपज मात्र हो । उसले मसँग गरेको दिनँहुको याचनाले मेरो नारित्व पग्लिएको थियो र,मैले उसलाई मानवताको नाताले सांच्चिकै माया गरेको थिएँ । त्यर्सैले उसँग ५ वर्ष बिताँए । फेरि पनि अनुरोध गर्दछु कृपया यस विषयमा निष्पक्ष पत्रकारिताको प्रयोग गरी निज एभरेष्ट लिंकन नामधारी प्रदिप पौडेलको धुत्र्याँई सार्वजनिक गरिदिनु भएको खण्डमा म धेरै आभारी हुनेछु । साथै तपाँईहरुवाट असावधानीवस प्रकाशित हुन गएको मेरो चरित्रहत्याको समाचार यस विज्ञप्ती प्राप्त गर्ने वित्तिकै आ आफ्नो सञ्चार माध्यमवाट हटाईदिनु हुनेछ र यथार्त प्रमाण प्राप्त गरे पछि मात्र कसैको चरित्र सम्वन्धि समाचार प्रकाशित गर्नु हुन विन्ति गर्दछु । धन्यवाद । नियतिद्धारा लखेटिएकी एउटी चेली कल्पना घिमिरे न्यूयोर्क : Email: ghimirekalpana55555@hotmail.com - See more at: http://www.brtnepal.com/news.p...

Prakash Thapa · May 18, 2016 11:16 AM · 17,413 views

6 Replies

मैले उसँग बिहे गर्दा उसको ग्रिनकार्ड समेत थिएन, यस अथर्म ा मैले ग्रिन कार्डको लागि उसँग बिहे गरेको भन्ने उसको आरोप उसको आततायी सोचको उपज मात्र हो । good point उसको कारोवार केहि समय अघि नै धराशायी भईसकेको रहेछ । अप्रिल १७, २००७ मा उसको कारोवार बैंकरप्सी भएको रहेछ । बंैकरप्ट भएर उसको साथमा एउटा क्रेडिट कार्ड समेत् थिएन । karobar garna green card chahdaina ra ? J hos sabaiko ramro hos jay nepal......

submark · May 18, 2016 3:19 PM

Keta ko version pani sunam na ta kasto raicha. Any1 has link ?

instagram · May 18, 2016 5:22 PM

Keta ko version http://sajha.com/sajha/html/in...

shahi baba · May 19, 2016 7:45 AM

दुवै पक्ष को कुरो सुन्दा हाम्रो साझा बिचार यो छ कि दुबै पुरुस र नारि ले एक अर्का लाइ स्वार्थ को लागि सदुपयोग गरेको रैछन ! जब कुनै समन्ध पैसा र स्वार्थ को लागि गासिंछ तेस्को नियेती येस्तै हुन्छ. कल्पना ले आफ्नो कथा मा आफ्नो नेपाल को पति को बारे केइ बोलेकी छैनन् ! ५० वर्षा को उमेर मा ३ टा बच्चा कि आमा हुदा हुदै अर्को संग पोइल जान पर्ने कारण के थियो ? कागज ?? अब येहा का अमेरिकन माहासय हरु lecture दिन आउलान , किन नपाउने एक्लै कसरि बस्छिन भनेर ! तर यो नभुलम कि उनि पैले नेपाल मा थियिन , पोइ नै चाइयेको भए नेपाल मा केटा हरु को कमि थिएन ! येह आएर अर्को पोइ खोज्न जरुरि के थियो ? नेपाल मा पनि एकल महिला ले राम्रै संग घर जम गरेर बसेका छन् त ! हाम्रै चिर परिचित हरिबंस दाई ले नि गर्नु भएको छ . कल्पना हजुर आमा ले भने जस्तै प्रमाण हरु भए court मा पेस गर्नुस , मान हानि को मुद्दा हाल्नुस , अनि एवेरेस्ट लाइ जेल मा हाल्नुस , मा संग यो छ त्यो छ भनेर मात्र हुने वाला चै केइ छैन ! बिहे को फोटो मै त्यो लाली पाउडर ले बल्ल बल्ल चाउरी लुकाको प्रस्ट छ ! त्यो उमेर मा कासी नलागेर तेत्रो सम्पति भाको आइ माइ के खान बुदा खोज्दै अमेरिका लाग्या !! अर्का महासय को नाम नै सुन्दा ढोंगी जस्तो लाग्छ, नाम नै एवेरेस्ट लिंकोंन रे , त्यो भन्दा बरु mount everest इस इन नेपाल राखे हुन्थो , पागल , तेस्ता मान्छे लाइ विश्वास कसले गर्छ !! तेस्त लाइ त कालो मोसो दलेर घुमाउन पर्ने ! पैसा को लागि एसले पनि भए जति कागज मा साइन गरेछ आइले फस्यो केटा ! अब जहा सम्म ओकिल पनि मुसियीका छन् , तिनी हरु को त काम नै अरु लाइ धाटने , ठग्ने , झुकक्यौने हो ! त्यो माथि नेपाली ओकिल , चोर हरु ! एउटा कागज भर्देको ३८० रे (EAD ) ! तेस्तो लुट्न मन छ भने बन्दुक देखाएर लुट्नु नि ! अब दुवै पक्ष्य को हुनु नहुनु बद्नाम भइ सकेछ , तेइ भएर येसरी सदै गाइ जात्र गर्नु भन्दा सिदा कोर्ट मा जाने फुल एंड फाइनल गर्ने ! परेको हामि बेहोरुला ! जय साझा

instagram · May 19, 2016 10:42 AM

भंचन नि हग्ने लाइ भन्दा देख्ने लाइ लाज . ए होइ ए होइ , के त भन्दा हो नि त , तेरीमा डामना हो . गर्नु नगर्नु गरिसक्यौ ऐले आएर समाज चाइयो तिमेरुलाई ? अदालत मा जानु मुद्दा को फैसला गर्नु , २ जनै अम्रिका मा रैछौ , फेरि दिदि को छोरि हरु त एती को उनिवेर्सिटी मा ग्रदुअते भएको रे , छोरि हरुको बुद्दि चै क भाको ? थान्को लौन सक्दैनन् पढे लेखेका ले?

mikal · May 19, 2016 2:06 PM

khairini budi bha manche sanga GC nabhako??--->Ali milena kura dubai jana afno swartha pura garna lagya hunu parcha...........

ustadamirkhan · May 20, 2016 2:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion