अध्यक्ष मीना सिंह खड्का गेट कलेजबाट 'जिम्मेवारीमुक्त'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अध्यक्ष मीना सिंह खड्का गेट कलेजबाट 'जिम्मेवारीमुक्त' 14 Jun 2016 | 14:03pm मङ्गलबार ३२ जेष्ठ, २०७३ टेकनारायण भट्टराई काठमाडौं–गोलोवल एकेडेमी अफ टुरिजम् एण्ड हस्पिटालिटी (गेट) कलेजकी अध्यक्ष मीना सिंह खड्का कलेजको जिम्मेवारीबाट मुक्त हुने भएकी छन्। खड्काको बारेमा नागरिकन्युज र माइरिपब्लिकामा समाचार प्रकाशित भएपछि तत्कालै कलेजले आफ्नो वोवसाइटबाट अध्यक्ष खड्काको विवरण हटाएको छ। सोमबारसम्म कलेजको वेवसाइटमा अध्यक्ष र वोर्ड मेम्बरमा उनको विवरण राखिएको थियो। समाचार पछि दुबै ठाउँबाट उनको नाम हटाइएको कलेजले जनाएको छ। 'हामी वहाँबारे छिट्टै औपचारिक निर्णयमा पुग्नेछौं,' कलेजका संस्थापक प्रमुख कार्यकारी अधिकृत खेम लेकाईले भने 'वहाँले कलेजमा पेस गरेको बायोडाटामा उल्लेख भएअनुसारको योग्यताका प्रमाणहरु बुझाउन सक्नु भएन।' विश्वाँसका आधारमा खड्कालाई अध्यक्ष पदमा नियुक्त गरिएको तर अहिले आएर यथार्थ थाह लागेको उनले बताए। कलेजको बोर्ड बैठकबाट यसबारे आधिकारिक निर्णय हुने उनले बताए। गेट कलेजको वेवसाइटमा सोमबार देखिएको (माथिको) फोटो र मंगलबारको अवस्था तल्लो फोटो ।   - See more at: http://nagariknews.com/main-st...

cybernepali · Jun 14, 2016 8:05 AM · 10,447 views

2 Replies

malai ni biswar ko adhaarma masters ko certificate chahiyeko thiyo,kaso garne hola??

shiva_linga · Jun 14, 2016 3:23 PM

Shiva linga TC ko chalcha ?

instagram · Jun 14, 2016 3:44 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion