एक महापुरुस सँग यही साझा मार्फत् भेट घाट हुन पुग्यो | सुरुआत ठ्याक्कै नेपालीपन बाट सुरुभएको भए पनि मद्यनजर गरेर कुराकानीअगाडि बढाए | भन्नु होला नेपालीपन भनेको के हो ? लेखाइमा मपाइ र हेपाहा प्रब्रित्ती देखिएको लाई म के भनौ ? अन्य कुनै शब्दबली को सुझाब दिनु भए पालना गर्ने छु | कुराकानी जेन तेन् अघाडी बढदै थियो | मैले केही लेखेको थिए अनी उन्ले सोध पुगे यो भनेका चै के हो ? ? मैले पनि अफुले सक्ने र बुझ्ने गरी जबाफ दिए पनि वहाँले "ज्वाँई चै तपाईंको तर यिन्ले लगाएको तोपी चै मेरो" भन्ने कथा झै त्यो त ठिकै छ तर त्यो भनेको चै के हो भनी सोध्न पछी नपरे पछी मैले पनि सम्झाउन लाई टोपी पनि मेरै हो भन्ने ठान् न त भने पछी उनी फेरी भन्न् पुगे " ज्वाँई तपाईंको अनी उन्ले लगाएको टोपी उनैको हो" | यानेकी उन्को दिमागमा त्यही एक कुरा अड्किएको निकाल्न सकेनन नत मैले नै सम्झाउन सके , लाग्छ उन्को दिमाग सम्झिन भन्दा सम्झाउन तिर नै उन्मुख थियो ? यो सम्झाउन नसक्ने कारणका पनि धेरै कारणहरु छन | जन्म त पहरा र कन्दरा भएकै ठाउमा जन्मिएको भए पनि बोली ढिलो फुटी बाह्र खरी ५ बर्ष सुरु गरिए पनि गुरु चै मित्र राष्ट्रका हुनु हुन्थ्यो | क् , कलाई कान्दानी का , बाईमात्रा कि , दाहिना कि ..................को ठाउमा एसरी पढ्न पुगे | कबिर काने कानुन का हर्से कि दुर्जेकी तारे कु बर्धन्ने कू .........................| साह्रै कोशीसको बाबजुद पनि नेपालीमा ३० भन्दा बढी ल्याएर कहिलै उत्रिन्ण गर्न सकिएको होइन | जेनतेन तेश्रो कक्षा पुगे पछी A B C D को सुरुआत गरियो भने चौथो कक्षा पुग्दा हामीले सुरु गरेको लामो अङ्रेजी अझै ताजा छ " A cat sat on the mat "लाई यसरी पढाईयो र पढियो |" ए ब्लैक कैत सैट ओन दि मैट" | २ / 3 वटा बिषयमा अनुतिर्ण हुँदै बिना ब्यबधान कक्षा १० सम्म पुगिएयो | एस.एल.सी लाई ठेल् ठाल् गरी पार गरियो | आयो कालेजको घोटाइ | एउटा चितवनि मित्र को बढो ठुलो गुन छ मेरो I.COM. र B.COM. को अङ्रेजी पास हुनलाई | उन्को तरिका कपी जाचकिको दिमाग चर्काउने याने कि जादुई काम | एक दुई लाइन सुद्द अङ्रेजी लेख्ने प्रयास पछी अक्षर चै अग्न्रेजी नै तर के लेख्यो बुझन नस्कने गरेर लेख्ने हेर्दा अङ्र्जी लेखेकै पढछ्न रे अनी अन्तिम लाइन पनि सुद्द अङ्र्जी लेखेर छोड त मुला कहिलै फेल हुँदैनस भन्थ्यो नभन्दै भईन पनि | कपी जाचकीले बिचमा के लेख्यो हेरी रहदैन रे , उनको दिमागले यो पनि उत्तरको एउटा अन्स् नै ठान्न पुग्छ रे ? भन्नु होला नेपालीमा कती पल्ट् गुल्ट्याङ खान पुगिस ? | कल्जेमा हुँदा सके सम्म छोटो अनी सुद्द लेख्ने प्रयास गरेर ३०-३२ ल्याउदै उतिर्ण गर्न सफल भएको हुँ | याता छिरे पछी भएको थोर बहुत नेपाली पनि खच्कन पुग्यो भने अग्रेजी चै पहाड बासिले हिन्दी लेखे बोले झै भएको छ | मधेस्मा हुँदा एक जना पाका मनिष हुनु हुन्थ्यो , वहाँले सुनाउनु भएको कथामा एक जना छोरा भेट्न नेपाल शहर पुगेका " He my servant" भनेर साथी सँग कुरा गरेको थियो रे मेरो पनि तै गुल्लाडेको झै हुन्छ Axillary verb को प्रयोग छुट्छ| तेसैले वाक्य र स्पेलिङ मिल्यो मिलेन भनी चेक् गर्छु तर पनि सुद्द अङ्रेजी त कहाँ बाट हुन्थ्यो र ? तेसैले अङ्रेजी लेख्नु पर्यो भने ज्वरो आउछ भने यो साझामा मेरो ज्वरो फुटाइ को जानकारी नहुने गुल्लाडेहरु कमै होलान, बिशेष त आफ्नो अङ्रेजी उत्तम छ भन्ने परेकाहरुको कुरै नगरौ ?? मलाई कसैले तेरो नेपाली र अङ्रेजी दुबइ थर्ड क्लास को छ भन्दा खासै असर गदैन| तर जस्ले भन्छ त्यो मुझि गुल्लाडेले भने आफ्नो अनुहार एैनामा हेर्दै नहेरी फलाक्न पुगेको देखदा मेरो दिमागले पचाउन् सक्दैन | यो कथा यिनै माह्पुरुस सङ्को वार्तालाप बारे हो | वहाँले मलाई तेश्रो दर्जा मा राख्नु भयो अनी लेखु भयो I I will eat you like you are a piece of shit" मैले पनि मेरो अङ्रेज बच्चालाई सोध्न्न पुगे, उस्को जबाफ एस्तो थियो Dad you are a piece of shit and some one is going to eat that shit. मेरो बच्चाले मलाई गलत अनुवाद गरिदिएको हो ? उन्को अङ्रेजी कती उत्तम रहेछ लेखा जोखा गरीदिनु हुन्थ्यो कि ? Last edited: 21-Nov-16 02:34 PM
magorkhe1 · Nov 21, 2016 2:20 PM · 494 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion