Life just sucks here...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

After living in US for more than 14 years, i've come to a conclusion that Life just sucks here ! Routine work, lots of bills to pay every month, hardly any savings ! Would have done much better if i was in Nepal. I don't think i can stay here more than 5 years now , definitely heading back to where i came from.

frustu · Feb 25, 2018 10:04 AM · 28,130 views

7 Replies

How old are you? Are you single or married?

ujl · Feb 25, 2018 1:43 PM

Aafno desh ko maya marera bides ma khusi hune nepali haru dharai chan yo desh ma ... i m glad what you thinking . Jas le je bhane ni janma dine desh kasaile bhuldaina. Aafo ama garib bhaya pani aama aamai huncha . 🇳🇵

Bhai bhai · Feb 25, 2018 1:50 PM

@frustu, Thats true but there are many many people willing to pay $40k to come to US. People of Nepal live for others, like get up early in the morning (what family members and neighbors would say), marry at right age, have kids after a year of marriage, make money if you work at passport/nagarikta/malpot/driving office etc. Here we live for ourselves, get up late on off days, go out whenever we want, shop whatever we want. Other side of grass is always greener.

dindukhi · Feb 25, 2018 2:00 PM

@dindukhi "Here we live for ourselves, get up late on off days" ---- This is not necessarily true for every one in this country. There are people who work day and nights ($8 per hour) and hardly get weekend off. There's a struggle here as well. 

frustu · Feb 25, 2018 2:57 PM

if you've been here for 14 years and you're complaining that life is hard here, then please go back and spread the message. this country is for people who have a vision, and to work for that vision. Maybe you got sold by what you saw in TV in nepal and thought you can get the american dream by doing the same thing people do in nepal day to day. you want to be successful, you need opportunity. this country gives way more opportunity. success take work. Please go back and enjoy the dirty air, water, traffic, and the lack of organization and time management.

santa lil helper · Feb 27, 2018 1:47 PM

Last edited: 27-Feb-18 02:16 PM

c864916 · Feb 27, 2018 2:14 PM

विदेशबाट फर्केका आफ्ना गाउँ, जिल्ला र नगरका युवाहरूको सुटकेट, नयाँ महँगा मोबाइल र केही सामानहरू देखेर वा केहीले २–४ लाख नगद कमाएको रकमको झिलीमिली र नयाँ नयाँ रोजगारको आफ्नै गाउँ–ठाउँमा गर्न लागेका पशुपालन तथा तरकारी खेती, घर एवम् छिमेकमा उनको बढेको महत्वले विदेश नगएका युवाहरूमा पनि एक पटक विदेश गएर २–४ लाख चोखो रकम कमाएर आफूहरू पनि गाउँ–ठाउँका ‘जिउँदा’ युवाहरू बनी नाम कमाउन लालयित भएको प्रचार हुनु नयाँ विषय भएन । तर कहिले आफ्ना गाउँले र छर–छिमेकका युवाको लाश आएको सुन्दा र ५ वर्ष दुःख पाएर पनि हात खाली हुने अवस्थाले आमा–बाबुको आँसु र ‘लालाबाला कसरी पाल्ने होला’ भन्ने सहानुभूति राख्नेहरूको करुणा मिश्रित अभिव्यक्तिले फेरि विदेश जान चाहने युवाहरूमा हिजोको निर्णय बदल्ने सोच पलाउँछ । २–४ दिन पछि छिमेकी र नाता–गोताका दिदी–बहिनीहरूको दुःखान्त, ५ वर्षदेखि बेपत्ताको सूची वा आँसुसँग भात खाएर घरपतिको घरबाट भागेर नेपाली दूतावास वा वाणिज्य दूतावासमा शरण लिएकाहरूको दुखेसो अथवा निको नहुने रोग बोकेर नेपाली दूतावास वा हवाई अड्डामा राखिएका नेपाली चेलीहरूको रक्तको आँसुको कथा, ‘अब सपनामा पनि विदेश देख्न नपरोस्’ वा ‘अब विदेशको सम्झनाले नै आफू मरेतुल्य हुन्छु’ भन्ने बयानले युवाहरू एक छिन आफ्ना निर्णय बदल्न खोज्छन् । मलेसिया र अन्य देशका शारीरिक मजदुरहरूको आफ्नो जीउभन्दा अग्ला र ग¥हौं वस्तु उठाउनु पर्दाका दुःख सुनेर आफ्नै देशमा सुन फलाउने जाँगरले युवाहरू पुनः विदेश नजाने नै निर्णय गर्छन् । तर देशको हरेक सरकार बद्लिंदा, निर्वाचन हुँदा वा म्यानपावर कम्पनीका दलालहरूको चुरीफुरी र नानाथरिका फाइदा हुने कथा बताउँदा युवाहरू फेरि अल्मलिन्छन् । कोही कोही भन्छन् – विदेशमा मजदुर गर्नु नराम्रो भए सरकारले किन ऐन–नियम बनाउँछन्, म्यान पावर कम्पनीका मालिकहरू नै मन्त्री बन्छन्, कति संसद सदस्य छन्, पार्टी निर्वाचनमा विजय हासिल गर्न ती म्यानपावर कम्पनीका मालिकहरूले करोडौं र अरबौं खर्च गर्छन् र शासक दलका नेताहरू विदेशमा गएर आ–आफ्ना मजदुर स·ठनको बैठक राखी देश विकास र विदेशबाट फर्केका घाइते, रोगी र मृतक परिवार र छोराछोरीलाई काम दिने र हेरचाह गर्ने वचन दिन्छन् र लाखौं लाखौं रकम उठाउँछन् । तर सा¥है कम युवाहरूले मात्रै आफूले दुःख पाएका बेलीविस्तार लाउँछन् आ–आफ्नो परिवारको इज्जत र प्रतिष्ठा जाने डरले । तर सयकडा एक प्रतिशतले राम्रो ठाउँमा काम पाइ बिदामा आएकाहरू विदेश नै फर्केर जाँदा युवाहरूको मन पुनः तुल्बुलाउन थाल्छन् । कोही भन्छन् – कि धेरै धनी हुनपर्छ, केही भन्छन् – कि त धेरै राम्रो पढाई हुनुपर्छ वा राम्रो पढाईसँगै विदेश गएर फर्कंदा आफ्नो गाउँ, सहर र छरछिमेकमा धाक र रवाफ देखाउन सकिन्छ । चौतारीमा फेरि युवाहरूमा छलफल चल्छ – साँचै धनी हुँदैमा इज्जत हुने भए, तिनीहरू किन ठगी, कालाबजारी, तस्करी आदि अपराधमा जेल जान्छन् र जनताबाट तिरस्कृत हुन्छन्, परिवारका अन्य सदस्यहरू विदेश भाग्छन् र केही वर्षपछि ‘मोस्ट वान्टेड’ को पकडी पाएर नेल र हट्कडीका साथी नख्खु वा केन्द्रीय कारागारमा देशको शत्रुको रुपमा पिंजडामा बस्छन् ¤ अर्को युवाले भन्छ – व्यापारीहरू जतिपटक आर्थिक अपराधमा जेल जान्छन् , उति उनीहरूको समाजमा प्रतिष्ठा बढ्छ भन्छन् । अलि उमेर पुगेको युवाले थप्छ – तिनीहरूको अपराधको सूचीकै कारण तिनीहरूको विवाह नेपालमा हुँदैन र विदेशमा गएर विवाह गर्छन् । तिनीहरूले लाखौं र करोडौं रकम खर्च गरेर विवाहमा झिलीमिली गर्नुको मुख्य कारण तिनीहरूका अपराधका सबै पापहरूलाई बत्ती र बाजाले छोप्छन् । समाजमा प्रतिष्ठाको कुरा त जेलमा पनि ठूल्ठूला अपराधीलाई ‘नाइके र भाइ नाइके बनाएर’ प्रतिष्ठा दिन्छन् ! ‘हो त पैसा भएर मात्रै इज्जत हुन्न रैछ’ भन्ने टुंगोमा युवाहरू पुग्छन् । अर्को दिन चौतारोमा अनौपचारिक युवा भेला बस्छ । एमए र पीएचडी पास नगरी समाजमा इज्जत रहन्न भन्ने विषयमै भेला केन्द्रित हुन्छ । एक गम्भीर युवा भन्छ –‘सत्य यही हो भने निर्वाचनमा पढे–लिखेका विद्धानहरू हार्छन्, धरौटी जफत हुन्छ र गुण्डा, अपराधी, ठग र चेली–बेटी बेची आएका बरोबर जेलमा पुगेका व्यक्ति अत्यधिक मतले विजयी किन हुन्छ ?’ अर्कोले थप्छ – ‘निर्वाचन गुण्डाको कारणले जितेको होइन बरु पार्टीको नामबाट जित्छ, पैसाले पार्टीलाई पुर्छ अनि निर्वाचन जित्छ ।’ तेस्रोले गम्भीर भएर बोल्छ – हो, ठूल्ठूला व्यापारी, उद्योगपति र विदेशी व्यापारी वा कम्पनीहरूले पैसा मात्र होइन हजारौं र लाखौं थानका लुगा (कुर्ता–सुरुवाल) टीशर्त वा महँगा कपडा, ग्यास सिलिन्डर र खाने कुरा, वियर र रक्सीले मेयरदेखि सांसदसमेत जिताएका छन् । अब चुनाव पार्टीको घोषणापत्र र सिद्धान्तले होइन बरु लाज पचाउन सक्नुपर्छ, घोषणापत्र र सिद्धान्तलाई एककुनामा थन्काउने साहस गर्नुपर्छ । आफ्नो छोरोलाई मेयर बनाउन एउटा पार्टीसँग सम्झौता गर्न सक्नुप¥यो, आफू प्रधानमन्त्री बन्न शत्रुसँग घाँटी जोड्न सक्नुपर्छ । त्यसैले पढे–लिखेका इमानदार र प्राध्यापकहरू ती नै निर्लज्जहरूको सल्लाहकार, अनेक आयोग, दूतावास, प्राधिकरण वा विश्वविद्यालयहरूको उपकूलपति, रेक्टर, रेजिष्टार आदि आदिमा ज्यू हजुर गरेर जीवन बिताउँछन् । नेताको इज्जत छैन भने विशेषज्ञहरूको के इज्जत ¤ प्रधानमन्त्रीले करोडौं घुस नखाई माथिल्लो कर्मचारी भर्ना गर्दैनन् ?¤ चौतारीको भेलामा पैसा भएर वा माथिल्लो शैक्षिक योग्यता भएर पनि नहुने रहेछ भन्ने निष्कर्षमा पुग्छ । २ दिनपछि निराश युवाहरू फेरि चौतारीमा भेला हुन्छ र विदेश जान नपाएकोमा घरमा आ–आफ्ना श्रीमतीले समेत आँट नभएको भनी घुक्र्याउन थालेको सुनाउँछन् । पाको उमेरमा नाग्लो पसलेले युवाहरूको गन्थन सुनेर भन्यो – हेर बाबुहरू,पैसा पठाउँदा पठाउँदा २–४ वर्षपछि घर फर्किंदा न पैसा छ, न श्रीमती घरमा छन् । बरु आफ्दै देशमा इज्जतपूर्व काम गरौं । नेपालमा पीएचडी गरेका कति प्राध्यापकहरू विदेशी विश्वविद्यालयमा घाँस काट्छन् र आफ्नी श्रीमती नाता–गोताका कारण राम्रो पदमा छन् । छोरा–छोरी र श्रीमती छोडेर कति नेपालमै फर्केर मानिस भएका छन्, देश र जनताको सेवा गरेका छन् । यसकारण आफ्नै बल र बुद्धिले आफ्नै देशमा काम गरौं भाइहरू, भलाई यसैमा छ । घरमा आमा–बुबाले गरेको व्यवहारबाट मरे पनि विदेशमै मरौंला भन्ने भावना आमा–बाबुको माया र आफ्नो महत्व नबुझ्नु हो । हरेक बुबाले जेठो छोरो आफूसँगै होस् भन्ने चाहन्छन्, त्यस्तै कान्छो छोरोलाई आमाले सधैं आफ्नै अगाडि होस् भन्ने चाहन्छिन् । यस्तो विषयमा मलाई आमा–बुबाले विदेश पठाएन घरबाटै मैले माया पाइन भन्ने कुरा साँचोमा आमा–बाबुको मनलाई नबmुभेको हो, जुन छोरोलाई बढी माया गर्छ उसैलाई बाबु–आमाले असल होस् भनी हेरचाह पनि गर्छन् – किसानले आफ्नो खेतको गोडमेल गरेजस्तै । युवाहरू मुखामुख गरे, भएको घर–खेत बन्दकी राखेर वा बेचेर बर्बाद हुनुभन्दा आफ्नै योग्यताअनुसार आफ्नै देश, सहर र गाउँमा काम गरौं भन्दै युवाहरू गम्भीर भएर घर फर्के ।

huippa · Feb 27, 2018 3:11 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion