राजा बिरेन्द्र नामको बियर बनेको रहेछ (मैले भिडियो रिपोर्ट बनाएको छु - हेर्न मनलाग्नेले युट्युवमा खोजे हुन्छ) धेरैले धेरै कुरा गरे (एउटा पोल गर्दाको नतिजा हेर्नुस:) 17% -- ठिक भएन, बन्द गर्नु पर्छ 42% -- नेपालमा पनि पाइयोस् 08% -- सरकारले रोयल्टि लिनु पर्छ 33% -- ठिकै हो नि,संसारले चिन्यो *** कुनै पनि प्रोडक्ट को नाम राख्दा स्विक्रिति लिनु पर्ने होइन ? त्यत्तिकै फोटो सहित लेबल बनाउन पाइन्छ? तेसरि पाइने हो भने, पारसको नामको ह्विस्कि बनाएर - उसको फोटो सहितको लेबल राख्ने हो भने कति बिक्दो हो !! अझ, प्रचण्ड पुत्र प्रकाशको नाममा कण्डम पनि बनाउलान ब्यपारिहरुले, बट्टामा मुस्काइरहेको फोटो पनि राख्लान ! त्यसो गर्नु भन्दा अघि प्रचण्डलाइ सोध्नु पर्छ कि पर्दैन ? (ल हैर्नुस, तपाइले हेर्दा हेर्दै नयाँ बिज्नेस आइडिया पाउनु भो!! पुरै फिरिमा ;)
AnandNepal · Apr 20, 2018 11:43 PM · 749 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion