सर्त

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

फोनको घन्टी बज्दै थियो, राहुलको मम्मीले ग्यास निभाउदै हतार हतार गर्दै फोन बजेको कोठामा जानु भयो र फोन उठाउदै हेलो भन्नुभयो. राहुलको मम्मिलाई था थियो कि फोन छोरा राहुलको हुनु पर्छ भनेर. राहुल अमेरिका छिरेको लगभग १० बर्ष हुन लाग्यो. अमेरिका बाटै बी. बी. ए अनि एम. बी. ए सकाएर अहिले राम्रो जागिर गर्छन. ३३ पुगेका राहुल निकै सरल स्वभावका छन्. जाँड, रक्सि, अनि चुरोट केहि पनि छुदैनन. उनलाई अहिले साथिभाई एवं घरबाट बिहेको दबाब आउन लागेको छ. समाजको हिसाबले उसमा त्यो चिज सबै छ जुन एउटा नारीले आफ्नो हुनेवाला श्रीमानमा हेर्न रुचाउछिन - पढेलेखेको अनि अमेरिकामा राम्रो जागिर भाको- यो भन्दा अरु के चाहिहो र एउटा हुने वाला श्रीमानमा? राहुलको मम्मी: बाबु, सन्चै छस? राहुल: हजुर मम्मी. अनि हजुरलाई? राहुलको मम्मी: मलाई पनि सन्चै छ. अनि कहिले आऊछ्स बाबु एता. बुवाले तेरो लागि भनेर केटि हेर्दै हुनुहुन्छ. धेरै ढिलो गर्नु हुन्न. नेपाल आइज अनि धुमधामले तेरो बिहे गर्नु पर्छ. राहुल: हुन्छ मम्मी, यो मंगसिरमा छुट्टी मिलाएर आउछु. राहुलको मम्मी: हो, उसो भए म यहाँ तेरो बुवालाई तयारी गर्न भन्छु. ल बाबु राम्रो संग बसेस. मेरो भान्सामा काम छ, म गए. राहुल: हस मम्मी. मा पछि कल गर्छु. राहुलले चौतर्फी बिहेको दबाब आइरहदा येस्पाली आफ्नो मम्मीमाई नाई भन्नै सकेनन् र मंगसिरकोलागि भनेर प्लेनको टिकट बुक गरे. खास भन्ने हो भने राहुल आध्यात्मिक हिसाबका मान्छे हून. उनि समाजमा चल्दै आएका रिति रिवाजमा तेती चासो राख्दैनन्. केटि मान्छेलाई नराम्रो नजरले उनले कहिले हेरेनन्. उनि आफ्नो काम गर्छन र बाकि समय आध्यात्मिक क्रियामा लीन हुन्छन. दैनिक जसो ध्यान, योग, अनि धार्मिक किताबहरु पड्ने गर्छन. उनलाई कलियुगको ब्र्हमचारी भन्दा सायद उचित होला. उनमा धर्य, साहस, सुन्दरता, कुसलता, अनि अरुको मनमा प्रभाव पार्ने एक अनौठो व्यक्तित्व लुकेको छ. आध्यात्मिक ओजसले गर्दा होला सायद, उनको अनुहार बत्ति जस्तै धप्पक्कै बल्ने गर्छ. मानिसहरु उनि प्रति आकर्सित हुन्छन र कुरा गर्न रुचाउछन. अमेरिकामा ब्याचलर अनि मास्टर पढ़धा धेरै केटीहरुले उनलाई मन पराउथे. तर राहुलले ति केटिहरु कहिले पनि पछ्यायेनन. सायद उनि सांसारिक मोह-मायाबाट पर छन्. उनमा ब्रह्म ज्ञानको उदय भएको हुनु पर्छ, अन्यथा, आजभोलिको युगमा केटिमान्छे संग सम्बन्ध राख्न लालायीत नहुने को केटा होलान? राहुललाई भेट्न भनेर ठिक्क परेर बसेकी केटिको नाम मंजु हो. मंजु आफ्नो बुवा मम्मी अनि बैनी संग धापासीमा बस्छिन. बि. बि. ए सकाएर बैंकमा जागिर खान लागेकी मंजु बुवा मम्मिकी आज्ञाकारी छोरी हुन्. उनि सरल छिन तर उनि मोडर्न पनि छिन. कहिले कुर्ता लगाउन मन पराउने, कहिले फाटेको जिन्स लगाउन मन पराउने, कहिले साडीमा ढकमक्क हुन रुचाउने मंजु निकै चंचल मन भएकी केटि हुन्. पानि-पुरी असाध्यै मन पराउने मंजु भावुक पनि छिन. कसैले चित्त दुखायो भने हप्ता भरि मन खिन्न पारेर बस्छिन. उनि राहुल जति आध्यात्मिक त छैनिन तर धर्म कर्ममा उनको आस्था भने हराएको छैन. मम्मी संगै तीजमा बर्त बस्न रुचाउने उनि शिवजीको भक्त हुन्. राहुल भेट्न आउने कुरा था पाए लगत्तै कुन कपडा लगाएर जाने होला भनेर सोंची बस्छिन आज भोलि. राहुल नेपाल झरे लगत्तै उनको घरमा खुसीको माहोल सृजना भएको छ. बाबुले बल्ल केटि हेर्न मान्यो भनेर उनकी मम्मी निकै खुसि छिन. मन्जुको फोटो देखाउदै उनले भनिन- "केटि येही हो. पर्सि भेट्न समय तोकेको छ. कस्तो लाग्यो फोटो? राहुलले आफ्नो फोनमा मस्त हुदै तेती वास्ता नदेखाउदै भने -"राम्री नै छिन्. कति बजे भेट्ने हो? ११ बजे - मम्मिको उत्तर आयो. भेट्ने दिन आयो. धापासी हाईट नजिकैको एउटा पारिवारिक रेस्टुराँमा उनीहरुको भेट्ने कार्यक्रम थियो. निलो कुर्ता लगाएकी मंजु रेस्टुराँ परिसरमा छिरिन् र राहुल भए तिर पुगिन. नमस्ते आदान प्रदान गरि सके पछि उनीहरुले एक अर्कालाई प्रस्न सोध्न थाले. राहुल: विवाह किन गर्न चाहानुहुन्छ? मंजु: कसको चाहना हुन्न र? राहुल: (मुसुक्क हास्दै) मेरो बारेमा हजुरलाई कत्तिको था छ? मंजु: अलि अलि था छ, बुवा मम्मीले भन्नु भाको थियो हजुरको बारेमा. अनि मेरो बारेमा के था छ हजुरलाई? राहुल: मलाई पनि अलि अलि था छ. (दुवै जना मजाले हास्छन) यो हसाई छोट्टो थियो तर मन खुलेर हासेको बेला भित्रि आत्मा प्रस्ट देखिन्छ. दुबैलाई एक अर्काको हासो मन पर्यो. आधा घन्टाको कुराकानी पछि राहुल र मंजु फेरी भेट्ने निधो गर्दै गर तर्फ लागे. राहुलको मम्मीले राहुलले केटि मन पराई दिए हुन्थ्यो भन्ने आश गरेर बसेकी छिन. उता मन्जुको घरमा पनि छोरीले केटा मन पराए एसपाली धुमधाम संग छोरीको बिहे गरिदिने सोचेका छन्. राहुल र मन्जुको दोस्रो भेट भयो. एसपाली नगरकोटको शान्त वातावरणमा दुवै जानाले एक अर्कालाई नियाल्ने प्रयास गर्दै थिए. राहुल: तपाइलाई कस्तो केटा मन पर्छ? मंजु: एकछिन टोलाउदै मंजुले जवाफ दिईन, कस्तो भन्नु, मन सफा भाको, मेहेनत गर्ने, श्रीमतीलाई माया गर्ने, चुरोट रक्सि नखाने, पारिवारिक किसिमको. अनि हजुरलाई कस्तो केटि मन पर्छ नि? राहुल: मलाई पनि सफा मन भाको केटि मन पर्छ. मसंग विवाह गर्ने केटिले मेरो एउटा सर्त मान्नु पर्छ, नत्र म विवाह गर्ने छैन. मंजु: (एकछिन अचम्म मान्दै) कस्तो सर्त? राहुल: विवाह पश्चात म मेरो श्रीमतिसंग बर्षको एकचोटी मात्र सारीरिक सम्पर्क राख्नेछु, त्यो पनि यदि बच्चा आवस्यक भए मात्र. मंजुले राहुलको मुखबाट जे सुनिन त्यो कलियुगमा पत्त्याउनै नसकिने कुरा थियो. प्रत्येक दिन शारिरिक सम्बन्ध राख्न चाहने लालायीत केटाहरुको समाजमा मंजुले जे सुनिन त्यो एउटा अनौठो कुरा थियो. मंजुले यी सबै कुरा आफ्नो परिवार समक्ष सुनाईन. मंजुको बुवा र मम्मी पनि अचम्ममा परे. कलियुगमा कहिले नसुनेको कुरा सुन्न पर्दा कानमा अनौठो आभाष हुनु कुनै नौलो कुरा होइन. मन्जुको परिवार अन्योलमा पर्यो. राहुल जस्तो केटा पाउनु सौभाग्यको कुरा हो तर आफ्नो छोरीको शारीरिक सुख खोसिने हुँदा मंजुका बुवा मम्मीले यो विवाह हुन नसक्ने बताए. मंजु एक चोटी राहुल संग भेट्ने भन्दै आफ्नो बुवा मम्मी संग राहुलसंग भेट गराईदिन अनुरोध गरिन र उनीहरुको फेरी धापासी हाईटमा भेट भयो: राहुल: के सोच्नु भयो हजुरले? मंजु: म हजुर संग बिवाह गर्न तयार छु तर मेरो पनि एउटा सर्त छ. राहुल: (एकछिन अकमक्क पर्दै) कस्तो सर्त? मंजु: यदि हजुरले विवाह पश्चात मसंग बर्षको एक चोटी भन्दा धेरै शारीरिक सम्बन्ध राख्न कोशिश गर्नु भयो भने म हजुरसंग सम्बन्ध बिच्छेद गर्न बाध्य हुन्छु. **************************************** समाप्त ************************************************

ujl · May 19, 2018 5:36 PM · 625 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion