झूलको कथा लेखुम एउटा झूलको कथा ! एउटा कोठामा, एउटा खाट त्यो खाट माथिको हरियो झूल, रातो माटोले पोतेको भित्ता, त्यो अगाडिको "अब्स्ट्राक्ट आर्ट्" जस्तो माथि देखी तलसम्म चार कुना तानिएको बिन्दास , विदुशक बनी प्रश्न कुरिराखेको... हरेक प्वाल आँफैमा एउटा केन्द्रबिन्दु, आँफैमा एउटा ब्रम्हान्ण के देखिन्छ, के छोपिन्छ, कस्ले हेर्छ ? मेरो झूल .... भित्र पसेर हेर्दा , "बंकर"जस्तो बाहिरको नदेखिने, बाहिका नचिनिने , भ्रान्ती ल्याउने , सुरक्षाको प्रत्यभुती हुँदा-हुँदै निसास्से जस्तो, थिच्न आउने........ प्वालहरु भन्दा ठुला भड्खालहरु जस्ले तान्ने , गाँठो बनाउँदा बनाउँदै कालो छुद्रले ग्रह निले जस्तो निन्ल खोज्ने, आदिम मानब बस्तीमा हमला गर्न आउने "डायनासोरस" जस्ता आदम्खोरहरु रगतका भोका, पखेटाले उचालिएर, उड्ने भएकाहरुलाई छेक्न नसक्ने , मेरो झूल .... अचम्म! म झूलसँग जीवनको कुरा गर्दछु बहिरबाट त्यो ब्रम्हान्ड देख्छु, भित्र कालो छुद्रले मलाई तान्छ तर म उस्को बिचारको धारमा आकर्सित छु उस्को लचक्ताले मलाई लोभ्यउँछ, कती परदर्शी छ, उ कती मनपर्छ मलाई ...... के'था, उस्लाई म मनपर्छ कि पर्दैन ?? Last edited: 01-Nov-18 07:53 PM
jhaukiri · Nov 1, 2018 7:45 PM · 28,235 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion