अमेरिकामा एक बन्दुकधारीको गोलीवाट एक नेपालीको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । केन्टकी राज्यको एलिजावेद टाउनमा टी मार्टका संचालक लमजुङ घर भएका सुवास घलेको ज्यान गएको हो । घटनामा परी अर्का प्रयास बानिया गम्भिर घाइते भएका छन् । उनको लुवेल अस्पतालमा उपचार भैरहेको छ । घले केही समयअघि टेक्ससको डलासवाट केन्टकी बसाइसरेका थिए । विहिवार राती करिव साढे ११ वजे एक बन्दुकधारी स्टोरमा प्रवेश गरी गोली हानेका थिए । ती हतियारधारीले आफ्नो प्रेमिकालाई समेत गोली हानी हत्या गरेको बताइएको छ । मृतकका वुवा आमा नभएको बताइएको छ । घलेका एक दिदी नेपाल र अर्की दिदी वेलायतमा वस्दै आएका छन् भने भाई सिंगापुरमा रहेका छन् । प्रहरीले घटनावारे पूर्ण जानकारी नगराएको भएपनि बन्दुकधारीसग सोही दिन दिउसो घलेको समान्य वादविवाद समेत भएको बताइएको छ । फोटो : घटनास्थल https://www.khasokhas.com/7811...
ktmpost · Feb 24, 2019 9:16 AM · 11,492 views
R.I.P. Subash.....
The Thamelean · Feb 24, 2019 9:48 PM
Rest in Peace. This is the harsh reality of everyone living abroad today. The risk we take, the sacrifice we made, and the contributions we provided, Neither our Country men nor outsiders every realize. You don't have to carry a gun to be a soldier, most of them lost their lives for fighting for a piece of land, but you did something special, that is fighting for life, better life, your life Hope you find peace.
Tea_talk · Feb 24, 2019 10:48 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion