घर किन्ने बेलामा छर् छिमेक हेर्नु पर्छ है नत्र नर्क को बास बनाइ देलान ? तेसैले बिदेश तिर Location Location Location भन्दा रहेछन | बुढा पाका ले भनेको ठिकै हो बच्चा हरुको स्कुलिङ घर परिवार अनी दैनिक भेटघाट र २४।७ भेट हुने छिमेकीको ठुलो प्रभाब परेको हुन्छ | यो प्रभाब बच्चा हरु माथि मात्र होईन जवान र बुढा पाकामा पनि पारीदिन्छ भने महिलामा पर्ने प्रभाब झनै ठुलो हुन्छ बिशेष गरी यिनी हरुमा कम्पिटिसन भयो भने | एऊटिले साडी किनेर आघनमा चुरीफुरी गर्न थाली भने अर्किलाई साडी पसल कुदनै पर्ने बनाइदिन्छ | अनी Jealousy,Ego, Narcissism सम्क्रमण रोग हो , यो थपीदै जान्छ घट्ने नाम लिदैन भने छिमेकि ले बोल्दै नबोली तिन्का आचरण र व्यबहारले झुलोको काम गरिदिन्छ| "पर पिडानम रती साधनम" आनन्द लिदै बस्छन | सके कुकुरको छाउरो ल्याएर जो सँग धेरै रिस उठेको छ उसैको नाम भन्दा पनि बच्चा हरुको नाम मिल्ने नाम राखी दिन्छ| पल पल छिमेकोको दिमागमा ढाग्रो ठोक्छन | चेइ चेइ रामे, च्यामे, बाऊचा जे जे मिल्ने हो ठुलो ठुलो स्वरमा छिमेकिले सुन्ने गरी चाहिदो नचाहिदो बेला छाउरो बोलाउछन | एक दिन दुई दिन होइन पल पलमा छिमेकिका दिमागमा घन बजारेका बजारै गर्छन् | तेसैले लोकेसन लोकेसन लोकेसन नेपालमा भए छिमेकी छिमेकी छिमेकी हर्नु पर्छ है भन्नुको कारण बुझी हाल्नुस् | यो पनि सम्क्रमणकारी हुन्छ |एक दिन मेरो प्राथमिक कक्षाको साथीले मलाईतेरो छिमेकी को हो भनी सोध्यो | किन सोधिस , अजयको बुवा हरी अंकल हो | अनी उस्ले सोध्यो हरी अंकल साझ परे पछी रुन्छन कि रुदैनन ? मले भने हैट छोरो मान्छे पनि रुन्छन र त्यो पनि छिमेकिले सुन्ने गरी? " बा आमा वा सहोदरि को स्वर्गबास हुँदा" सबै रुन्छन भनेको थिए | बुझिस अहिले त सानेको बाउ पनि कहिले कही रुवेको सुनेको छु अनी सोध्छ तेरो बाउ रुन्छन कि रुदैनन | मैले अचम्म मान्दै उत्ल्टै सोधे तेरो बा नी ? यो कुरा महिनौ दोहोरिएन | एक दिन टिफिन ब्रेकमा मेरो साथीले सुनाउछ त्यो त हर्के काकिले कुट्दी रहिछिन र रुएको रे ? अबत श्यामे काका पनि रुनथाले , उनिचै किन रुन थाले भन्दा आमाले भनेकी छिमेकिको बानी सरेरे हो रे ? मलाई एउटा साझा कुरुवा ढुकुवाले मेरो बाल्यापनको कथा सम्झाइ दियो |शायद उस्ले पनि श्रीमती बाट कुटाइको स्वाद पाईसकेको हुनाले मलाई धेरै साझामा नझुडी बुढीको कुटाइ खालस भनी सम्झाउदै छ | बाह्रमासे जस्तो २४/7 नै झुडिएर बसे पछी के तेस्की बुढीले के गरोस त ? लौ साझा मेम्बर , ईन्टरनेटका छिमेकी तपाईं पनि पनि यो स्वरुवा रोग बाट बच्नु होस अनी म चाँही यो कुरा सुनाउन मात्रै छिरेको हुँ| तपाईंहरु चै बुढीको कुटाउ खाए पनि उल्टै कुटे भनेर लेखी आफुलाई बहादुर बनाउनु जरुरी छैन जस्तो लाग्छ | लौ म साझा बाट बाहिरिए | बाउचालाई धेरै धेरै धन्यवाद |
logan · Jun 8, 2020 1:06 PM · 115 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion