मान्छेको दुई ओटा पक्ष हुदो रहेछ। एउटा पशु पक्ष र अर्को दैविक पक्ष। मानव जीवन पशु पक्षबाट बिस्तारै दैविक पक्षमा रुपान्तरण हुने एउटा क्रमबद्ध सिलसिला हो। यो सिलसिला निकै लामो छ। प्राय मान्छेलाई लाखौँ जन्म पछि पनि दैविक अनुभूति हुदैन। पूर्वीय दर्शनमा मान्छे मरेपछि कहाँ जान्छ भन्ने कुराको कुनै अन्योल छैन । वेदमा यो प्रस्ट उल्लेख छ कि मान्छे मरण पश्यात आफ्नो कर्म अनुसारको फल प्राप्ति गर्दछ। तेसो भाको कारणले गर्दा खेरि यो जुन क्रमबद्ध सिलसिला छ यो उत्तम गति मात्र लिने होइन, मध्यम एवं अधो गामी पनि हुन सक्छ। यो जन्म हुनुको मुख्य कारणनै भूतकालमा गरिएका कर्मको परिणाम हो। अहिले गरिएका कर्महरु संचित कर्म भै सुक्ष्म सरिरमा अवस्थित हुन्छन र उपयुक्त वातावरण मिल्नासाथ ति संचित कर्महरु प्रारब्धमा परिणत हुन्छन। जब प्रारब्ध सुरु हुन्छ, त्यसको फल कसैले पनि रोक्न सक्दैन । यो कुरा सत्य हो कि नराम्रा फल केहि हद सम्म निस्क्रिय पार्न भने सकिन्छ। मान्छेले आफ्नो अहिलेको पुण्य कर्मद्वारा नराम्रा फलको असर केहि हदसम्म कम पार्न सक्दछन्। यो एउटा दुर्भाग्य नै हो कि मानव जाति आफैमा सक्तिसाली भैकन पनि उ एउटा तल्लो स्तरको पशु सरह जीवन व्यापन गर्दछ। सायद मान्छेलाई अन्धकारबाट उज्यालोतिर प्रेरित गर्ने माहात्माहरु कमै छन् होला यो प्रिथिवीममा। तर येसो भन्दैमा मान्छेले आफ्नो पुण्यकर्म कहिले पनि छोड्नु हुदैन र आफ्नो दैविक पक्षको खोजि उसले यो जन्ममा अवस्य गर्नु पर्छ। हैन भने पशु हुनुमा र मानव हुनुमा के नै फरक भयो र? मावन जन्म एउटा त्रुटि हो। यो एउटा कल्पना हो। जिवात्मा आफ्नो परमात्मा स्वरूपको अज्ञानताले लाखौँ योनिहरुमा भौतारिनु एउटा भुल हो। ज्योति आफुसंग हुदा-हुदै अँध्यारोमा हण्डर खाँदै हिड्ने मान्छेलाई पागल नभने अरु के भन्ने? कलि-युगमा धेरै माहात्मा नहोलान तर प्राचिन रिसी-मुनिहरुले आफ्नो तपस्या बलबाट मानव जातिलाइ अथाह ज्ञान छोडेर गएका छन। मान्छेले यी ज्ञानहरुको खोजि गरि आफ्नो दैविक पक्ष अवस्य उजागर गर्नु पर्छ। भौतिकबादमा चुर्लुम्म डुबेका मान्छेहरुलाई दैविक पक्ष के हो भन्ने पनि था नहोला। तर अलि अलि अध्यात्मको ज्ञान भएका मान्छेहरुलाई यो जीवन एउटा अवसर हुन सक्छ। ~ योगस्-चित्त-वृत्ति-निरोध ~ https://www.youtube.com/watch?... Last edited: 23-Aug-20 04:08 PM
ujl · Aug 23, 2020 2:35 PM · 179 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion