अन्तरद्वन्द

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म चुपचाप कतै कहानी भएँ धमिलो धमिलो बिहानी भएँ । मूजि जनै खटिरा जस्ता फोके समस्याका चाङ्ग छन् । हो, मूजि समस्या ठ्याक्कै जनै खटिरा जस्तै छन् , न मूजि ति ठुला छन् न नजरअन्दाज गर्न सकिने गरि साना छन् । मन भित्र गुमसाहट छ , छटपटी छ बेचैनी छ , कसैलाई भनौ आफैलाई थाहा छ समस्याको समाधान छैन नभनौ आफ्नै मन भित्र अन्तरद्वन्दको ज्वारभाटा छ । मलाई चिक्ने एउटा समस्याले ज्यादै पिरोली रहेको छ । मूजि समस्या नि होकी होइन थाहा छैन । आफ्नो समस्या धेरै चोटी साथीभाइ माझ राखे , सहयोग त के कसैले मेरो समस्या बुज्दा पनि बुझेनन् । जिन्दगिमा भएका थोरै समस्या मध्ये पिरोली रहने र दोहोरि रहने समस्या हो यो मेरो ,समस्या मो :मो सम्बन्धि छ । हो मूजि मोमो खान जादा सधै मन भित्र एउटा अन्तर-द्वन्द हुन्छ मेरो । बिगत १५ वर्ष देखि यो समस्या बाट ग्रसित छु , आक्रान्त छु । मलाई मूजि एक प्लेट मो :मो ले पुग्दैन, २ प्लेट धेरै हुन्छ । समस्या नै येही हो । एक प्लेट खायो भने भोक मर्दैन , झन् मूजि स्याउ स्याउ हुन्छ अनि अर्को प्लेट अडर गर्छु ३ ओटा खाए पछि अर्को निल्न सक्दिन । यो समस्यामा अर्को सहायक समस्या थपिएर आएको छ । म मूजि खाना फाल्न सक्दिन । यो मेरो संस्कार हो कि खानदानी परम्परा हो थाहा छैन , खाना फाल्नै सक्दिन , कुनै चिक्नेले खाना फलेको देख्यो भने बंगारा झार्दिम जस्तो हुन्छ । कति चोटी त बाकी खाना ( ५ पिस मो:मो ) प्याक गरेर घर ल्याको छु , फेरी मुजी खान जाने भनेको कित परिवार कित साथी भाई संग हो , यो मूजि लेफ्टओभर ४ ५ पिस मोमो प्याक गर्न पनि सान्धर्बिक नहुने , साथी भाई, परिवारले नि अलिक फरिक तरिकाले हेर्ने , ५ पिस मो:मो प्याक गर भन्दा वेटरले नि पुलुक्क हेर्छ। मूजि लोभ भनौ भने ३० % तल टिप्स कैले देको छैन जस्तो लाग्छ । नेपाली भएको नाताले आक्कल झुक्कल नेपाली रेस्टुराँ गइन्छ, गए पछि खाने तेही मोमो हो । चिक्ने मोमो अडर गर्नु आघिनै आफ्नो मनमा ठुलो अन्तरद्वन्द चल्छ ।

logankobaje · Jan 11, 2021 10:12 AM · 17,322 views

19 Replies

Yaha nepal jasto half plate momo thapne byabastha chhaina?

tesko_baje · Jan 11, 2021 10:55 AM

हो हल्फ़ पिलेट को बेबस्था हुनु पर्यो

pandeyji · Jan 11, 2021 10:57 AM

बाजे, तपाईं लेख्नको लागि भनेर जे पनि लेखिदिने? अब यो कस्तो समस्या हो? कस्तो अन्तरद्वन्द हो? यस्तो पनि हुन्छ? कस्तो मेन्टलिटी हो तपाईंको? मोमो पनि खाउ कि नखाउ भनेर अन्तरद्वन्द चल्ने रे? हद हुन्छ हो, अट्टेन्शन खोज्नेको पनि। घुस दिउ कि नदिउ, इल्लिगल बसम कि घर जाम, बिहे गरम कि नगरम, यस्तो कुरामा होला रे अन्तरद्वन्द, अब मोमो खान पनि कसैले अन्तरद्वन्द चल्ने रे, रियल्ली?

Bennedict · Jan 11, 2021 12:23 PM

"मूजि मोमो" - कुनै चिक्नेले खाना फलेको देख्यो भने बंगारा झार्दिम जस्तो हुन्छ- लोगंकोबजे तिमि मुजी को कुरा सुनेर पनि अचम्म लग्यो यार, अरुले खाना फलेको देख्यो भने बंगारा झार्दिम जस्तो हुनेले घण्टा खान मोमो लै मुजी भनेको त, तिम्रो खानदानी परम्परा के रहेछ पनि बुजियो, खान को रेस्पेस्ट गर्न सिक मुला अलि लामो समय खान खान पाउला

Eklopan · Jan 11, 2021 12:39 PM

हेल्लो बेबी बेन, दर्सन, आइ पुग्नु भयो हल्ला गर्न । मूजि साझाआ कोइ छैनन ऐले म संग बाझ्न सबै कोमामा गका छन् । तपाई आउनु भयो खुसि लाग्यो , मूजि लेखाईको भाब नै नबुझी प्याच कटु बाण चलाउनु भयो अलि चसक्क भयो । नासे, फ्रोमडल्लास त छैनन मूजि कसको व्यकअप मा भिड्न आउनु भाको, पाण्डेजीको हो ? ऐले तपाइको माया लागि राको छ तेसैले केहि बोलिन ।

logankobaje · Jan 11, 2021 12:41 PM

कसको व्यकअप मा भिड्न आउनु भाको, पाण्डेजीको हो ? त्यस्तो हैन बाजे, म तपाई संग कहाँ भिड्न सक्छु र म तपाई को कुरा अलि विरोधाभास लगेर मात्र हल्का लेखेको, अनि अर्काको अति मन पर्ने खानलाई यसरि मुजी को बिसेसन लगाएपछि त अलि गारो भो नि बाजे - बेबी बेन भनि हाल्नु भयो म शाझा मा बिगत १० वर्ष देखि नै छु त बाजे नाम मात्र फरक थियो, कसैको व्यकअप चाइ हैन है ...

Eklopan · Jan 11, 2021 1:03 PM

एक्लोपन ज्यु, मैले बेबी बेन भनेर हजुर लाई भनेको होइन , हाम्रो अर्को बाल कबि ज्यु लाई सम्बोधन गेरको, मैले मो: मो लाई मूजि भनेको पनि होइन "मूजि" लाई नै मुजी भनेको हो । बुझाईमा फरक परेछ । नाम "एक्लोपन " सुन्दा नासे दाजुको झल्को आऊछ , लेखाई पढदा बेनडिकको झल्को आउछ फेरी साझाआ १० वर्ष देखि छु भन्नु हुन्छ कतै तपाई यी दुवै अवतारीकै अर्को रुप त होइन भन्ने मेरो संकामात्र दावा होइन नरिसाउनु होला ।

logankobaje · Jan 11, 2021 4:48 PM

बेनडिकको जी को सब्द सापट लिएरै भन्ने हो भने पनि यो अत्तेंशन को लागि नै गरेको जस्तो देखिन्छ बाजे, यो कति को बान्छनीय छ हजुर आफै लाइ जज गर्न छोड्नु पर्यो, हजुर जस्तो बाजे भै सकेको मान्छेले सुहाउने कुरा हो कमसेकम मलाई लाग्दैन / हजुर को भाब को गलत अर्थ लगायेछु त्यसको लागि सरि भन्छु म अलि अर्ध बुजकी पनि छु "आमा ले बेला बेला कुरा नाबुज्ने लाटो भन्नु भएको याद आयो", म पनि हजुर ले जस्तै खान को एक सितो पनि नफाल्ने मान्छे, रुम मेत संग झगडै पनि परेको छ अनि हजुर जस्तो देश खाएर शेष पल्टेको व्यक्ति ले यसरि खान लै कुनाम को बिसेसन लगाउदा त हल्का चित्त दुख्यो नि बाजे हजुर, आफु त फेरी मोमो भनेसी मरी ह्त्ये, यसो कल्पना गरे मुजी लै मोमो सम्जेर खाएको सोच्दै वाक्कै आयो अनि बेखुसी जताएको मात्र,,,,, नास ब्रो जस्तो लेजेंदरी साझा सेलिबेर्ती संग तुलना गर्नु भएको मा धन्यबाद, आज मेरो दिन बन्यो, आज खसी को मासु संग दुइ थाल भात पकै जान्छ म हजुर को पनि फ्यान हो है बाजे...

Eklopan · Jan 11, 2021 6:02 PM

attention कसलाई चाहिंदैन र ? attention को भोको कोहि हुदैन थियो भने FB र Insta येति हिट हुन्न थिए होला । attention नचाहिने कित मुर्दा हो कित साधु, म दुवै होइन। राजालाई राज्य चलाउने चुनौती नै ठुलो लाग्ला , कामि लाई आरन चलाउने । तपाई राजा पर्नु भयो, म कामि , तपाईले हेर्नु भयो भने मेरा समस्या भुसुना लाग्लन, फिल्हाल मलाई येही समस्या पहाड लागि रका छन् । भन्नै पर्दा , यी पोस्टहरु रमाइलोको लागि हुन् , हल्का फुल्का , time पास , चित्त दुखाई नगरौ कसैले पनि । Attention मात्र चाहेको भए चै तपाइको जस्तो मेरो नि साझाआ अर्को खाता छ , उता बाट खोके भने बढी attention पाउछु ।

logankobaje · Jan 11, 2021 8:59 PM

लोगनको बाजे, मलाई चाहिन्न अट्टेन्शन, सबैजना तपाईंले भनेको जस्तो सोच्दैनन होला हजुर। न म साधु हुँ, न मुर्दा, न राजा, न कामी। यो त सबै priorityका कुरा हुन, होला तपाईंलाई अब मो:मो: खान नै अन्तरद्वन्द चल्छ रे, जुन कुरा विश्वाश गर्न चै गार्है छ, तर पनि खैर, तपाईंले भनेको जस्तो तपाईंको समस्या तपाईंलाई पहाड नै लाग्यो होला अब। १५-१५ बर्ष देखी अब मो:मो: खान टेन्शन भाको मान्छे तपाईं, कसलाई के चिन्ता, घर-ज्वाँईलाई खानको चिन्ता तेस्तै केही होला हैन? हल्का-फुल्का रमाइलो, टाइमपास त ठिकै हो, तर लेख्न पायो भनेर जे पनि लेखिदिने? "कुछ भी यार" तपाईंको नै लाइन हो त्यो। अर्को कुरा तपाईंले यहाँ खुद स्वीकार गर्नु भो कि तपाईंको अर्को खाता छ खोकेर अट्टेन्शन पाउन को निम्ती, हैन त? लोगनको पुस्छर समातेर बैतरिणी तर्ने काम कहिले छोड्नुहुन्छ त तेसो भए? उहा लोगनको घाटीमा श्वास अड्केर हत्ते छ, लोगनको नाममा harrassment भो भनेर। अझ कतिन्जेल चल्नेछ त तपाईंको यो सो कल्ल्ड harrassment or freedom of speech ?

Bennedict · Jan 12, 2021 10:21 AM

लोगनको बाजे, तपाई को यो धागो मा अरु धेरै रुमलिन मन त हियेन तर अन्तिम पटक लेख्ने पर्ने भयो बाचा गर्छु यो अन्तिम नै हो > attention कसलाई चाहिंदैन र ?> कमसे कम Attention को लागि गरेको कुरा लै स्विकर्दिनु भयो यो अर्थ मा तपाई पात्र बधाई को पक्कै हो - many congratulations > तपाई राजा पर्नु भयो, म कामि> राजा त नेपाल मा पनि इतिहास भैसके, कामि ले पनि आधुनिक हिसाबले आफ्नो इलम गर्न थिलिसके त्यसकारण यो भेदभाबपूर्ण मनस्थिति त्यग्नु हामी सबै को लागि मुनासिब नै होला- मेरो सुझाब मात्र... >भन्नै पर्दा , यी पोस्टहरु रमाइलोको लागि हुन् , हल्का फुल्का , time पास , चित्त दुखाई नगरौ कसैले पनि > यो कुरा मा मेरो सय प्रतिसत सहमति छ तर तपाइको पछिल्लो पोस्ट को लबज हेर्दा लाग्छ, लेख्ने क्रममा हल्का रिस मिस्रित तपाइका कान का राप ताप ले कन्सुरिका रउ हरु हल्का बतारिदै पकै ठाडा भये होलान म केवल महसुस गर्न सक्छु.. >Attention मात्र चाहेको भए चै तपाइको जस्तो मेरो नि साझाआ अर्को खाता छ > खै बाजे यो कुरा मैले अझै पनि भुझेको छैन यी साझा का admin हाकिम हरुलाई कसले कान फुकिदियो कुन्नि मेरो १० वर्ष देखि को हुदा खादा को खाता लै पुरै लापत्ता पारिदिनु भएछ...

Eklopan · Jan 12, 2021 11:22 AM

एक्लोपन ज्यु, अब मूजि attention भन्या के हो , यो राम्रो कुरो होकी नराम्रो एसको निर्क्यौल कसले गर्ने ? प्रतिकात्मत, गुमनाम उपनाम बाट मैले केहि लेख्दा व्यक्तिगत रुपमा मैले के attention पाउछु ? फेरी मूजि attention सीकर को trending मा म ३ ४ नम्बरमा मात्र आउछु होला । पब्लिब फोरममा गाजा तान्दा तान्दा सुकेको ढुक्कुर देखाउने , कसैले नबुज्ने कमेन्ट जतानि हाल्दै हिड्ने साथीहरु म भन्दा अग्रस्थानमा पर्छन होला । हाम्रो बेबी बेन ज्यु दुस्मनीनि सहि तरिकाले निभाउनु हुन्छ बफादारी पनि। म संग के दुस्मनी छ मलाई था छैन तर मलाई attention seeker भनेर स्थापित गर्न लागि पर्नु भा छ । हाम्रा अर्का साथीले attention पाउन ढुक्कुरनै देखाउदा वहा चुइक्क बोल्नु भएन । तपाईको समय र सदभावको लागि धन्यवाद, तपाई मलाई मन पर्यो ।

Logankobaje · Jan 12, 2021 11:47 AM

म चुपचाप कतै कहानी भए, धमिलो धमिलो बिहानी भए, मनभित्र गुम्साहट छ, छटपटी र बेचैनी छ कसलाई के भनौ? आँफैलाई थाहा छ मन भित्र मेरो अन्तरद्वन्दको ज्वारभाटा छ। यी लाइनहरु मन पर्‍यो, काब्यत्मक छनक पाए, अन्डीजीको याद आयो, कसरी एउटा भुलले उहाको बर्शौको मेहेनत पानीमा बग्यो। मेरो सानो प्रयास, यी लाइनहरुको सेरोफेरोमा रहेर केही लेख्ने। म चुपचाप कतै खरानी भए, फुङ उड्ने धुलो भए, भएका कयौ रङहरु एकैछिनमा बेरङ भए सिर्जिएका कयौ वजनहरु वजन बगैरका खेस्रा भए कसलाई के भनौ? आँफैलाई थाहा छ चड्कन चिउरा खाएको गाला मेरो राता छ। म चुपचाप कतै सिरानी भए, एक्लै सुत्ने माध्यम भए, अनिन्द्रा छ, शोक छ गुमेको गर्व फेरी पाउने असीम लालसा छ कसलाई के भनौ? आँफैलाई थाहा छ फेरी पनि खोक्ने, तर्साउने जिउदै अझै पल्पसा छ।

Bennedict · Jan 12, 2021 12:35 PM

बाजे, तपाईंले भनेका कुराहरुको जवाफ दिदै, अब यहाँ केही लेखिन्छ त कुनै न कुनै प्रकारको अट्टेन्शन त हामी अपेक्षा गर्छौ नै होला। अब कसैले गाजा तान्दा तान्दा सुकेको धुक्कुर देखाउछ या कसैले नबुझ्ने, ग्र्यामर नमिलाएर तथानाम आफुलाई माथि सम्झेर कमेन्ट हाल्छ या भनौ, सर्क्यास्टिक ब्यङ मात्र लेखेर अरु मेम्बरलाई घोच्-पेच गर्छ भने यसमा त्यो कुन कन्टेक्स्ट्मा भनिएको हो या लेखिएको हो, त्यो महत्वपूर्ण हुन्छ होला। मैले कयौ पटक बोलेन होला यो सब हुँदा, तर पानीको लेभल धेरै माथि भएपछी मैले मुख फोरेको नै छु, उदाहरनको रूपमा हेर्नुस्, लोगनजीको अर्थ न ब्यर्थको चित्त-दुखाइ। उहा चै अब अरु मेम्बरलाई ब्यङ गर्दै "भिनाजुको सुरुवाल मुत्ने" या "भाते मुखियाबा" लेखेर जुन अट्टेन्शनको आशा गर्नुहुन्छ म तेस्को घोर भर्त्सना चै गर्छु। अहिले फेरी आड्मिनलाई मेल गरेर मेरो नाममा harrassment भो भनेर जुन आफुलाई self important देखाइ राख्नु भाको छ, मलाई चै चित्त बुझेन। किन भने उहा आँफै मलाई कसैले मेरो बाजेको मेरो बाराजुको नाम राखे त्यो मेरो बाजे हुन्छ? मेरो बराजु हुन्छ ?? भन्दै पाठ पढाउनु हुँदैथिए, भरे त उहा आँफै आड्मिनलाई चिट्ठी लेखी बस्नु हुदो रहेछ। यो सब चै हो अट्टेन्शनको लागि गरिने वाहियात काम। बाजे, तपाईंको यो लेखले चै मलाई तेस्तै फील गरायो, तेही भर मात्र मैले यो त भएन भनेर जिकिर गरेको हुँ, अन्यथा नलिनुहोला।

Bennedict · Jan 12, 2021 1:34 PM

"पब्लिब फोरममा गाजा तान्दा तान्दा सुकेको ढुक्कुर देखाउने" ए मेरो लान्ड़ोको गन्थन अझै सक्किएको छैन रहेछ ! लु मुजी मेरो "पिठो लेस नेचुरल एक गेड़े मोमो" पनि चाख्ने कि  ?  😂🙈🙏 Last edited: 15-Jan-21 07:46 PM

Nas · Jan 12, 2021 7:43 PM

Dude, are you serious? Do you really think we will believe this is what you said it?

pepsi · Jan 12, 2021 8:45 PM

पेप्सी ब्रो ! हजुरको प्रश्न कसलाई ? 🤓❤️🙏

Nas · Jan 13, 2021 8:27 AM

बेन्दिकट ज्युको कुरा एकदम सहि लाग्यो मूजि आफ्नो नामको पछाडी आफै बाउ, भिनाजु, भतिज राखेर प्रचार गर्ने अनि मूजि फेरी हार गुहार गरेर अर्को कुप्रचार गर्ने , यो त मूजि attention seeking को नि next level हो । राखी सावन्तको याद आयो । एउटा music video बाट त्यो अचानक हिट भै , तेस्पछि २ ३ वर्ष तेस्लाई कसैले गन्दा नि गनेनन अनि मूजि गुमेको attention पाउन तेल्से mecca भन्ने गायक लाई ३ लाख दिएर पब्लिकमा किस गर्न लगाई अनि मूजि आफै पुलिस चौकी पुगेर रिपोर्ट गरि , तेस्पछि तेस्ले गुमेको attention फेरी पाई । यो मूजि समलिंगी काण्ड , २ इन्चे ढुक्कुर काण्ड , चाउरे गेड़े काण्ड भिनाजु, बाऊ काण्ड सबै attention कै लागि हुन् । जति माथि पुगे पनि २ पैसे attention को भोको हुन्छ मान्छे । मूजि तपाइको कविता राम्रै लाग्यो , आसु कबि भन्न पर्ने भयो तपाई लाई।

logankobaje · Jan 13, 2021 9:45 AM

  Last edited: 15-Jan-21 07:46 PM

Nas · Jan 13, 2021 6:37 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion