भाग १ आमा बाबु दुबै बितेपछि हेत्छाकुप्पा सानैमा टुहुरो भयो। उसको घरमा उ र उसका दुइ दिदिहरू तायामा र खियामा मात्रै थिए। आमा बाबु नभएको यो परिवारलाइ चाक्लुङ्धिमा राक्षसनिले निकै नै सताइ रहेकि थिइ। त्यो राक्षसनिले उनिहरुको खेतबारिमा फलेको सबै अन्न त खाएर सकिदिइ| चाक्लुङ्धिमा राक्षसनिको यस्तो हर्कतलाई तायामा र खियामा रोक्न सकेनन किनकि राक्षसनि उनीहरु भन्दा धेरै शक्तिशाली र दरलाग्दी थिइ| एक दिन त्यो राक्षस्नी ले घर भित्र भकारिमा भएको अन्न पनि सबै खाएर सकिदिइ| तै पनि तायामा र खियामाले राक्षसनिलाइ केहि गर्न सकेनन| त्यस पछि त उनिहरू भोकभोकै हुन थाले। उनीहरु भोक भोकै तड्पिएको देखेर चाक्लुङ्धिमा राक्षसनि खुशी भएर नाच्न थालि| अति भोक लागे पछि एक दिन भाइ हेत्छाकुप्पाले भन्यो, "दिदि मलाइ असाध्यै भोक लाग्यो।" भोकै त तायामा र खियामा दिदिहरु पनि भोधेरै नै लागेको थियो| तर, उनिहरुले "भोक लाग्यो," भनेर भन्ने पनि कोहि थिएनन। आंफ्नो भोक सहेर बसिरहेका दिदिहरुलाई भाइको भोक असह्य भयो| उनीहरु खानेकुरा खोज्न जङ्गल गए | जंगलमा उनीहरुले खोक्लि साक्लि र गिठ्ठा भ्याकुर फेला पारे | खानेकुरा फेला पारेपछि उनीहरुले बोक्न सक्ने सम्म खोक्लि साक्लि र गिठ्ठा भ्याकुर ल्याएर उसिनेर भाइलाइ खुवाए आँफु पनि खाए। एक दिन चाक्लुङ्धिमा राक्षसनि ले ति तीनजना त भोक भोकै मरे होलान भनेर बुझ्न आइ पुगी| उनीहरु त खोक्लि साक्लि र गिठ्ठा भ्याकुर खाएर रमाइलोसंग बसी रहेका पो रहेछन। यो देखेर चाक्लुङ्धिमा राक्षसनिलाइ असह्य भयो उसले रिसले चुरा भएर खोक्लि साक्लिलाइ पाताल भसाइ दिइ। अनि, गिठ्ठा भ्याकुरमा खक्पा छर्केर खानै नहुने गरेर तितो बनाइ दिइ। गिठ्ठा भ्याकुर खानै नसकिने तितो भएपछि, उनीहरुले केहि पनि खानेकुरा फेला पार्न सकेनन| दिदिहरुले नजिकै फलेका ऐसेलुको रस ल्याएर भाइलाइ खान त दिन्थे तर, ऐसुलुको रसले मात्र भाइ बाँचाइ राख्न नै गाह्रो हुने भयो। तर, नजिकै अरु केहि पनि खानेकुरा थिएन, भएको जति सबै चाक्लुङ्धिमा राक्षसनिले सकी सकेकी थिइ। नजिकमा कुनै पनि खानेकुरा फेला नपरे पछि दिदीहरुले खानेकुरा खोज्न टाढै जाने निर्णय गरे। उनीहरु नाफर्किन्जेल भाइलाइ भुलाइराख्न उनिहरुले बुचुकुलकुमा एउटा खानेकुरा उसिन्न राखिदिए | दिदीहरु खानेकुरा खोज्न भनेर टाढा टाढा गएपछि हेत्छाकुप्पा बुचुकुलकुमा उसिनिरहेको त्यो गोलो गोलो चिज कुन बेला पाक्छ र खाउँला भनेर कुरी रह्यो। एकछिन पछि, पाक्यो कि भनेर त्यसलाई छाम्यो तर त्यो एकदमै कडा थियो, पाकेकै रहेनछ। एकछिन पछि फेरि, पाक्यो कि, भनेर छाम्यो तर पाकेकै रहेनछ। हेत्छाकुप्पा यता उता खेल्यो अनि फेरि आएर पाक्यो कि भनेर छाम्दा पनि पाकेकै रहेनछ। उसलाइ भोकले अत्याईरहेको थियो | खानेकुरा खोज्न हिंडेका दिदिहरुको अत्तो पत्तो थिएन| खासमा, घरमा केहि पनि खानेकुरा थिएन| तेसैले दिदिहरुले भाइलाइ झुक्याउन ढुंगाको लोहोरोलाइ पो उसिन्न राखिदिएका रहेछन। ढुंगा के पाक्थ्यो, तेसैले कुर्दा कुर्दा भोकले निराश भएको हेत्छाकुप्पा त्यहिँ लड्यो। उ लड्दा उम्लिरहेको तातो पानि उसको कोमल जिउ भरि पोखियो। भोकले आत्तिएको, खान नपाएर निराशामा चुर्लुम्मै डुबेको हेत्छाकुप्पालाइ त्यसपछि कहिल्यै खानु परेन। किनकि, केहि क्षणमा नै उसको प्राण पखेरु उड्यो। उता दिदिहरु, तायामा र खियामालले दिनभर जङ्गलमा खानेकुरा खोजे। घर नजिकका सबै खानेकुरा चाक्लुङ्धिमा राक्षसनि बिल्लुप्त पारिसकेकि थिइ। धेरै पर पुगेपछि उनिहरुले बल्ल बल्ल बनकेरा फेलापारे। हिँड्दा हिँडदा लखतरान पर्दै घर आइपुग्दा घरमा भाइ हेत्छाकुप्पा भने मरिसकेको थियो। त्यति दुख गरेर ल्याएको बनकेरा खान नपाउँदै आँफ्नो प्यारो भाइ हेछाकुप्पा त्यसरि मरेको देखेर उनिहरु अति नै दुखित भए । तर, नहुनु भइ सकेको थियो। तायामा र खियामाले हेत्छाकुप्पालाई बाहु र केराको पातमाथि राखेर चिहानमा राखे। भाईको शरिरको छेउमा कर्द र एक कोसा केरा पनि राखि दिए। त्यसपछि उनिहरुले त्यहिँ भाइको नाममा एक एकवटा फुल रोपे। बाबु आमा पनि गुमाए पछि दुइ जनालाइ संगै राखेको त्यहि एउटा भाइ पनि मरेपछि तायामा र खियामालाइ जोडेर राख्ने केहि पनि बाँकि रहेन। भाग २ .. यो "हेत्छाकुप्पाको कथा" हो तेसैले हेत्छाकुप्पा नै मरेपछि कथा सकिनु पर्ने हो .. तर कथा सकिंदैन!! किन सकिंदैन, कथा सुनिसकेका वा भिडियो हेरिसकेकाले त थाहा पाइसके होला .. अरुले दोश्रो भाग कुर्नुहोला! धन्यवाद :) खोक्लि साक्लि - बन तरुल ? खक्पा - बिष हो कि (थाह हुनेले भनिदिनु होला) बुचुकुलकु - कराइ ?
AnandNepal · May 24, 2021 8:50 PM · 89 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion