अण्डा महगो भयो भन्ने भनाइ साझामा मात्र होईन न्युज मेडियाले पनि ठुलै समाचार बनाइ प्रसारित गरेर महँगो अण्डाको बिकल्पमा कुखुरा र खोर भाडामा पनि पाइने समाचार सुने पछि म जस्तो Frugal याने मितव्ययी मान्छे जो फुच्चे प्रियस किन्न पुग्नेले के गर्यो होला ? मर्ता क्या नही कर्ता घरमा भएको दुईटा कार गराजमा कुखुरा पालन सुरु गरेको १ साता मात्र भयो | आफु एक दर्जन खाने महाभारतका महसुर दुर्योधन भनौ वा भिम जस्तो वा आजकलको Haulk Hogan जस्तो नभई दैनिक एक मात्र खाए पुग्ने भएकाले ४ ओटा पोथी किनियो | बिक्रेता वा कुखुरा का ज्ञाताका अनुसार एउतै पोथी कुखुरा भए पनि तिनीहरुलाई मनोरंजन दिने र साररिका आबस्यक्ता संगै अण्डै नभए पनि ओथ्रा बस्न खोज्न बाट बचाउन भाले को आबस्यक्ता पर्छ भनेका हुनाले पोथिहरुका लागि एउटा साडे भाले पनि किनियो | नया ठाउमा गए पछि Stress को कारण पहिलो दिन नै अण्डा नदिने कुरा ठिकै रहेछ , तेस्रो दिन देखि चारै ओटा पोथीले अण्डा दिन थाले | छिमेकीलाइ भाले बासेर उठायो कि क्याहो तैले कुखुरा पालेको होस् भनि सोध्यो र Organic अण्डा मलाइ पनि खान दे म तलाई क्षति पूर्ति गर्छु भन्यो | खर्च पनि उठ्ला जस्तो छ, कुरा बुझ्नु भयो होइन झा जि को संगत परेको हुनाले केहि उनका गुण पनि सरे जस्तो छ ? गराज नहुने हरु , कुखुराको खोर राख्न नसक्ने तर SUV चलाउने हरुले भने अण्डा महँगो भयो को राप अलाप्न छोडि पछाडी को सिट फोल्ड गरि बाक्लो प्लास्टिक राख्ने ( ट्याक्सी ले ड्राइभर र प्यासेन्जर छुट्याउन केहि बार घेर गरे झैँ } गरेर कुखुरा पालि महंगी को बेला अण्डा खाएर जिउ बनाउन नसके पनि जोगाउन तिर लाग्न सक्नु हुन्छ | बिचार गर्नुस ! https://www.youtube.com/watch?... https://www.youtube.com/watch?... Last edited: 27-Jan-23 12:00 PM
Logan · Jan 26, 2023 8:10 PM · 29,661 views
होइन कुखुरा भन्दा उत्तम र २०सौ गुणा ठुलो अण्डा दिने अस्ट्रिच पाल्न सुझाब दिनु पर्ने भयो | नेपाल तिर यसको खेति / पालन गर्न थालेका छन् कि छैनन् ? हामि जस्ता एउटा कुखुराको अण्डाले पुग्ने हरुले त छिमेकीहरुलाई पनि बोलाउनु पर्ने रहेछ | Last edited: 30-Jan-23 04:42 PM
logan · Jan 30, 2023 4:41 PM
@ Logan, idk we gotta do something about this. I heard the prices would not come down till the August. I picked up 5 dozen for 16 bucks at Costco yesterday. Biden better pass subsidized price on eggs. It’s ridiculous
Rockb · Jan 30, 2023 9:33 PM
दारासिंह को कुरा दाइहरुले निकै गर्थे तेही सम्झदै दैनिक १२ ओटा अण्डा खान्छु भनेर खोकेको जस्तो लागे पनि साच्चै नै दारासिंह नै बन्न लागेको होला | अण्डा महँगो भएको कारण बिकल्प देखाई दिन खोजेको थिए तर उसले त अस्ट्रिच को अण्डा किन्न लाग्यो जस्तो छ | एउटा अण्डा ५ पौण्ड र ठुला हुने रहेछन तेसो हुदा एउटाले सबै परिवारलाइ मात्र होइन दोश्रो दिनलाई पनि पुग्ने गतिलै कुरा भन्यो है | अस्ट्रिच को अण्डा नै खान लागेको होला भने अन्दाज गरेको हु | उन्नत गाइ भैसी को पालन बाट बढि दुध आउने झैँ हाम्रो जस्तो मुलुक मा यसको पालन गर्दा ठिक हुने लाग्यो |
logan · Feb 3, 2023 1:54 PM
Costco ma organic anda 24 ota ko 7.59 ma painchha…..ali mahango bhayeko ho tara tin guna bhanna chahin ali milena
chicagoan · Feb 3, 2023 3:44 PM
सिकागो ब्रो: कुरालाइ अलिकति फुल बुट्टा त भर्ने पर्यो नत्र साझा साझा नै रहदैन | तर फ़ुलबुट्टा थप्ने भन्दैमा गर्लफ्रेन्डकि आमा संग यौन सम्पर्क लेबलका धागा कोर्दीन र त्यस्ता धागामा कमेन्ट पनि गर्दिन | फेरी भन्नु होला तेरो " कौमार्य भंग " चै के हो नि ? त्यो त नब बिबाहित र खहरिएका बोका हरुलाई धैर्य र संयम राखेर रतिक्रियामा लाग , पहिलो रात तर्साउनुको सट्टा आनन्दमय बनाउ, बैबाहिक सम्बन्ध सुमधुर बनाउने अचुक खेल को नियम बताएको हु | मैले यो धागो ब्यङ्गको लागि कोरेको हु : दैनिक १२ ओटा अण्डा खान्छु भन्दै खोकेको देखेर अबस्य पनि हल्क होगन समान भीमकाय सरिर भएको गोर्खाली हुनु पर्छ नत्र दैनिक १२ ओटा अण्डा खानु ठिक होइन जस्तो लाग्छ | यदि तेस्तो भिमकाय सरिर हुने कलिउड सिने छेत्रमा नेपालि दारासिंग भै अभिनय गरि बस्दैन थियो र ? कुरा हरु सुन्दा ४ हानेर १२ जित्ने खेलाडि झैँ गर्छन | प्रोटिनको लागि अण्डा खाने हो र प्रोटिन पाउने अनेक उपाय छन् | कालो चनाको पिठो मा अरु पिठो भन्दा बढि प्रोटिन पाइन्छ भने यसमा फाइबर पनि छ | मैले लेखे होला कहिँ कतै : मम बनाउदा एक तिहाइ यो पिठो मिसाइ बनाउदा बेलना र पोको पार्न पनि सजिलो भए जस्तो लाग्यो |
logan · Feb 5, 2023 12:25 PM
खुसीको समाचार : आफ़ुचै दैनिक बाह्र वटा अण्डाको सेतो भाग खाने र रानी चै छोरा छोरीलाई खुवाएको पादेर हैरान गर्यो भन्ने महासय Rigal Don जसले दिन दहाडै एक व्यापारीलाई मारेका थिए जो असल चरित्र देखाएको कारण चाडै रिहा हुदा प्रधान मन्त्रि भन्दा ठुलो जमातले स्वागत गरेको समाचार फोटो सहित धागो कोरेका थिए | आजभोलि वहा नेपाल लाग्नु भै अस्ट्रिच पालन संगै Rigal Don को दाहिना हात भै बस्नु भएको छ जस्तो छ | असल चरित्रका कारण चाडै जेल बाट रिहा हुनु भएको छ र वहाको चरित्र Don बाट सन्त बन्नु भै आफ्नो जिल्ला बाट राम्रै राजनीतिक पद ओगनट्नु हुने सम्भावना देखेर अनि कति घण्टा हानि राख्नु धोति भाइको ग्यास स्टेसन मा भने नेपाल लाग्नु भएको छ | वहा जन्मदै करोडपतिमान्छेले धोति भाइकोमा काम गरि राख्नु पर्ने मान्छे होइन | सेखारले भने झै वहा भारतबाट आउनेलाई काम लगाउन सक्ने क्षमता भएको मानिस हो भन्ने कुरा वहाले कोर्नु भएका धागा बाट मैले निकालेको निस्कर्ष हो | मुरु मुरी धन्यबाद . अब नेपालीले एउटै अण्डाले दुई छाक बनाएर खान पाउने भए भने जिमखाना जाने हरुलाई पनि प्रोटिन को लागि चना र चिज खोजि हिड्नु परेन | https://www.youtube.com/watch?... Last edited: 22-Mar-24 10:23 AM
Logan · Mar 14, 2024 12:01 PM
बाईडेन को पालामा अण्डा महँगो भनि रुने मानिस अहिले मुर्छा परेको होला | मुर्छा बाट बिउते पछि जंगल तिर प्युपा खोज्न छिर्छ होला |
Logan · Mar 29, 2025 3:04 PM
correct 🤣🤣🤣🤣🤣 https://t.co/GbHxAIeRcq https://t.co/OgoGv8AVdv
jgdd · Mar 29, 2025 3:14 PM
घर घरमा कुखुरा पालन गरी अण्डा उत्पादन तथा खपतमा आत्मनिर्भर बनौ। https://x.com/factpostnews/sta...
Khaobaadi_Netaa · Mar 31, 2025 6:49 PM
jgdd · Mar 31, 2025 7:02 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion