बाहिर को पासपोर्ट लिए पछि त हवाई टिकट को भाडा को price ले त shock भयो यार। पहिला 5000 रुपियाँ मा काठमाडौं बाट पोखरा को हवाई भाडा तिर्ने गरेको अब त त्यही टिकट 130 डलर तिर्नु पर्याे यो पाली। तीन गुणा बढी तिरियो अस्ति नेपाल जाँदा, यार। हुन त airlines हरुले पनि insurance को कारण ले विदेशी पासपोर्ट वाला संग बढी लिनुपर्ने वाध्यता होला अब काम गर्न र travel गर्न सजिलो हुन्छ भनेर लिएको हो बाहिर को पासपोर्ट तर कमाई चाहिँ खासै त्यस्तो छैन, बल्लबल्ल काम सुरु गरेको । फेरि उताको एम्बेसी बाट एनआरएन कार्ड पनि लिएको तर त्यो कार्ड ले सस्तोमा टिकट नपाइने रहेछ। पुरानो नागरिकता नै प्रयोग गरेर टिकट किन्नु पनि अलि बेईमानी नै जस्तो लाग्छ त्यसैले गरेको छैन, फेरि एनआरएन कार्ड लिए पछि त कुन कुन database मा पुरानो नागरिकता नंबर हालेको छ कि, फेरि यौटा टिकट को लागि फन्दा मा पारिने हो कि? खोइ के गर्ने मित्र हरु? अब नयाँ एनआरएन नागरिकता मा चाहिँ सस्तो टिकट सुविधा पाइन्छ कि? कोही कोही त सुटुक्क पुरानै नागरिकता देखाएर domestic आन्तरिक उडान लिन्छन् भन्ने पनि सुन्छु। त्यस्तै ठूला ठालु ले त गर्छन्, चुपचाप तिमी पनि गर भन्छन् साथी हरु तर के गर्ने हो खोइ
nepcoolio · Sep 9, 2023 6:14 PM · 357 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion