| म अब समाज भाँड्न जाँदैछु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

रुमाल आकारको घडेरीमा बरु छेउ कुना नमिल्न सक्छन् त्यति मिलेको छ यो समाज हाइब्रिड भेराइटीको अनारमा बरु दानाहरू नमिल्न सक्छन् त्यति मिलेको छ यो समाज कोकाकोलाको बोत्तलमा बरु आफ्नै बिर्को नमिल्न सक्छ त्यति मिलेको छ यो समाज लेखिदियो कथित उच्च जातको प्रिभिलेज्ड कविले मिलेर बसेको समाजको कविता दिइदियो कथित उच्च धर्मको प्रिभिलेज्ड गुरुले मिलेर बसेको समाजको प्रवचन गरिदियो कथित उच्च वर्गको प्रिभिलेज्ड नेताले मिलेर बसेको समाजको भाषण अनि, उहाँले, तपाईँले, उसले, तैँले, मैले, सबैले पत्याइदियौँ – यो मिलेर बसेको समाज हो भनेर । दलितहरू विभेदमा परेर बोल्न खोज्दा जात व्यवस्थाको गमले टालिदिएछ दलितहरूको मुख महिलाहरू बलात्कृत भएर बोल्न खोज्दा पितृसत्ताले योनीमा इज्जत राखेर थुनिदिएछ महिलाहरूको मुख अल्पसङ्ख्यकहरू आत्मसम्मानको माग राखेर बोल्न खोज्दा बहुमतको टालोले छोपिदिएछ अल्पसङ्ख्यकहरूको मुख अन्तरजातीय विवाहका लागि बोल्न खोज्दा नवराज बि.क.हरू समाजको भेरी सरी निस्कन थालेछ एड्रिनालिन र कोर्टीसोल हर्मोनहरू र, मुखै नरहने गरी भत्काइदिएछ नवराज बि.क.हरूको मुख यसरी, कहिले पितृसत्ताले कहिले राज्य सत्ताले कहिले जात व्यवस्थाले थुनिरहेको रहेछ पीडितहरूको मुख लुटिरहेको रहेछ बोल्नेहरूको आवाज र, बनिरहेको रहेछ मिलेर बसेको समाज पीडकले जिब्रो थुतेर पीडित चुप बसेर दलितले विभेद सहेर महिलाले भेदभाव खपेर हामीले – यो जात व्यवस्थाको सत्ताको ज्यादती खपेर यो मिलेर बसेको समाज हुन्छ भने चाहिँदैन यस्तो मिलेको समाज अनेकतामा एकताको देश धार्मिक सहिष्णुताको देश बुद्ध जन्मेको देश र शान्ति भूमि चार वर्ण छत्तीस जातको साझा फूलबारी यतिन्जेलसम्म – यस्तै अन्टसन्ट पढ्दै सगरमाथा भन्दा अग्लो शिर बनाउँदै रारा भन्दा ठूलो छाती बनाउँदै चट्ट मिलेको समाज बनाउँदै बसिएछ । तर, म अब समाज भाँड्न जाँदैछु तपाईंहरू आउने हो कि होइन? Pari bikram .

Smriti-malla · Nov 14, 2025 8:33 PM · 5,622 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion