BREAKING :सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा पुस १५ (SUBASHREE HASANPUR) तथा तमु ल्होसारको शुभकामना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा पुस १५ तथा तमु ल्होसारको शुभकामना सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सुदूरपश्चिमवासीहरूको मौलिक पर्व पुस १५ (पुसे १५) तथा गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। javaskript:nicTemp(); वर्षको सबैभन्दा लामो रातका रूपमा मनाइने पुस १५ तथा तमु ल्होसारको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै मुख्यमन्त्री शाहले यी पर्वहरूले समाजमा आपसी प्रेम, सद्भाव, मेलमिलाप र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ। javaskript:nicTemp(); शुभकामना सन्देशमा उहाँले पुरानो वर्षलाई बिदाइ गरी नयाँ आशा, नयाँ उमङ्ग र सकारात्मक सोचका साथ नयाँ वर्षको स्वागत गर्ने यस अवसरले सबैको जीवनमा समृद्धि, सफलता र खुशीयाली भित्र्याओस् भन्ने कामना गर्नुभएको छ। परम्परा, संस्कृति र सामाजिक एकतालाई संरक्षण गर्दै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभेच्छासहित मुख्यमन्त्री शाहले पुस १५ तथा तमु ल्होसारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

ojhasamajdhangadhi · Dec 30, 2025 8:58 AM · 3,291 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion