SSB ‘pulls down’ Susta bridge

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

SSB ‘pulls down’ Susta bridge Kantipur Report NAWALPARASI, June 10 - Indian border security force Seema Surakshya Bal (SSB) has allegedly dismantled a bridge in Susta of Nawalparasi district on Tuesday. A group of about 60 SSB personnel entered Nepali territory and pulled down the bridge under construction at Susta, claiming that the physical infrastructure cannot be built there since it falls in the disputed border area. According to locals, the SSB men were from Chakdarhawa, Rampurwa and Balmikinagar camps in India.  “Security personnel of Nepali side did not intervene when the SSB men entered Nepali side and destroyed the bridge being constructed with the financial assistance from District Development Committee,” said Gopal Gurung, chairman of Save Susta Campaign. Awaken by the incident, a delegation from Susta on Tuesday met with Balkrishna Panthi Chief District Officer (CDO) of Nawalparasi and informed him about the incident. The team also submitted a memorandum to the government through Panthi demanding immediate investigation into the matter and security to the people. CDO Panthi assured that he would appeal to the concerned authorities to convene a meeting with Indian officials to resolve the Susta problem.

harikancha · Jun 10, 2009 7:50 PM · 6,064 views

2 Replies

नेपालका ४७४ सीमास्तम्भ गायब:-   काठमाडौं, जेठ २८ - पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म भारतसँग सीमा जोडिएका तराईका २० मध्ये १८ जिल्लाका १ हजार १ सय ७१ सीमास्तम्भ जोखिममा छन् । यीमध्ये खोलाले बगाएको समेत गरी ४ सय ७४ सीमास्तम्भ गायब छन् । सशस्त्र प्रहरी बल सीमा सुरक्षा विभागको तथ्यांकअनुसार २ सय ४४ सीमास्तम्भ नाम मात्रका छन् ।  यीसहित ६ सय ९७ सीमास्तम्भ तत्काल पुनर्निर्माण नगरिए हराएर जाने अवस्थामा छन् । कुल ३ हजार ५ सय २९ सीमास्तम्भमध्ये २ हजार ३ सय ५८ मात्र सामान्य अवस्थामा रहेको जानकारी विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक किशोरकुमार लामाले दिए । यो विवरण सीमा सुरक्षा बलका रूपमा खटिएका सशस्त्र प्रहरीले करिब एक वर्ष लगाएर तयार पारेको हो । तथ्यांकअनुसार सबैभन्दा बढी सीमास्तम्भ गायब भएका जिल्लामा पर्सा र बारा छन् । यी दुई जिल्लामा क्रमशः १ सय ९० र १ सय ८३ सीमास्तम्भ गायब छन् । पर्सामै ८९ सीमास्तम्भ अत्यन्त जीर्ण अर्थात् ससाना ठुटामा मात्र सीमित छन् । सशस्त्र प्रहरी ऐन, २०५८ को परिच्छेद २, दफा ६ को उपदफा १ मा 'नेपाल राज्यको सीमा सुरक्षा गर्न' बललाई 'म्यान्डेट' दिइएको छ । गठन हुँदा सीमा सुरक्षासमेतको 'म्यान्डेट' दिइए पनि सशस्त्र सीमा सुरक्षा कार्यालय नै स्थापना गरी १५ महिनाअघि मात्र बल सक्रिय रूपमा सीमा सुरक्षामा खटिएको हो । तराईका झापा, मोरङ, सुनसरी, सिराह, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कपिलबस्तु, नवलपरासी, रूपन्देही, बाँके, बर्दिया, कैलाली र कन्चनपुर गरी १८ जिल्लामा सीमा सुरक्षा कार्यालय स्थापना गरी हाल सशस्त्र रूपमा तैनाथ छ । ती जिल्लाहरूमा सशस्त्रका प्रहरी उपरीक्षक -एसपी) को कमान्डमा २ सय ३७ जनशक्ति परिचालित छन् । आफ्नो जिम्मामा परेका १८ जिल्लाको सीमाको सम्पूर्ण अवस्था भूउपग्रहबाट तथ्यांक लिएर जीपीएस -ग्लोबल पोजिसनिङ सिस्टम) मा राखिएको जानकारी दिँदै विभाग प्रमुख लामाले भने, 'अब यी १८ जिल्लाको सीमास्तम्भ कसैले उखले, खोलाले बगाए पनि हामी हाम्रो सीमा कहाँसम्म हो भनेर पत्ता लगाउन सक्छौं ।' भारतसँग सीमा जोडिएका तराईका चितवन र दाङका साथै पहाडका इलाम, पाँचथर, ताप्लेजुङ, डडेल्धुरा, बैतडी र दार्चुला गरी आठ र चीनसँग सीमा जोडिएका १४ जिल्लामा भने सशस्त्रका सीमा सुरक्षा कार्यालय नै छैनन् । कार्यालयको अभावमा ती जिल्लाको सीमास्तम्भबारे संगठनलाई कुनै जानकारी नभएको सशस्त्रले जनाएको छ । नेपालका दुई जिल्लाको सीमा चीन र भारत दुवैसँग जोडिएको छ । भारतीय सशस्त्र सीमा बल -एसएसबी) को भने तराईका २० वटै र पहाडको ताप्लेजुङबाहेक पाँच जिल्लाको सीमामा उपस्थिति छ । सशस्त्रको सीमा सुरक्षा बल नभएकै कारण पछिल्लो समय दाङमा समस्या देखिएको जनाउँदै विभाग प्रमुख लामाले भने, 'दाङमा हाम्रो एसएसबी भएको भए यो समस्या नआउन सक्थ्यो । सीमा सुरक्षालाई प्राथमिकतामा राखेर राम्ररी एसएसबी परिचालन गरे यस किसिमका सीमा विवाद पूर्णरूपमा हट्न वा निकै घट्न सक्छन् ।' 'भारतीय सीमा सुरक्षा बलका अधिकारीहरूको संरक्षणमा स्थानीय भारतीयले आफ्नो जग्गा बढाउन रातारात सीमास्तम्भ नेपालतिर सार्ने गरेको पाइएको छ,' तराईको एक जिल्लामा नेपाली सीमा सुरक्षा बलको नेतृत्व गरेका सशस्त्रका एक एसपीले कान्तिपुरसित टेलिफोनमा भने । सशस्त्र प्रहरी महानिरीक्षक सनत बस्नेतले सीमामा खटिएका एसएसबीले राम्रो काम गरिरहेको बताए । 'जनशक्ति र स्रोत साधन थप भए अझ प्रभावकारी ढंगले काम गर्न सकिन्छ,' उनले भने । सशस्त्रले चीनसँगमात्र सीमा जोडिएका १२, चीन र भारतसँग सीमा जोडिएका दुई र भारतसँग सीमा जोडिएका पहाडका चार जिल्लामा पनि सीमा सुरक्षा कार्यालय स्थापनाका लागि सरकारसँग प्रस्ताव गरेको छ । भारतसँग सीमा जोडिएका तराईका चितवन र दाङमा कार्यालय स्थापनाका लागि भने प्रक्रिया अघि बढिसकेको विभाग प्रमुख लामाले बताए । जनशक्तिको अभावमा सबै स्थानमा सीमा सुरक्षा कार्यालय स्थापनाका लागि अप्ठ्यारो भएको जानकारी दिँदै गृह प्रवक्ता नवीन घिमिरेले भने, 'सशस्त्रको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको छ । क्रमशः सीमा जोडिएका सबै जिल्लामा कार्यालय स्थापना गर्ने सरकारको सोच छ ।' तराईका १८ जिल्लाको सीमास्तम्भ जम्मा ३५२९ दुरुस्त २३५८ मर्मत गर्नुपर्ने ४५३ अत्यधिक जीर्ण २४४ खोलाले बगाएका ६७ हराएका ४०७ स्रोत ः सशस्त्र प्रहरी बल सीमा सुरक्षा विभाग Posted on: 2009-06-10

maylumaya · Jun 14, 2009 4:18 PM

'India constructing dike in Dus Gaja area in Rautahat' While the border problem in Dang and Susta stands unresolved the Indian side has been constructing a dam by 'encroaching' Nepali land in Rautahat district, a report said. A team led by chief district officer of Rautahat, Kamalesh Kumar Sinha, has reported that the Indian side has been erecting a dike by encroaching the common border at Banjaraha and Aurahiya, Ujyaalo F.M said. Quoting CDO Singha, the report said India has removed the border pillars on the no man's land, the 10-yard wide strip of land known as Dus Gaja, where reconstruction of dam is going on since one week. The dam which had been damaged in 2050 B.S is being reconstructed now. Nepalis in at least half a dozen villages fear inundation due to the reconstructed dam. Sinha also informed that the district administration would report to the government about his team's finding and also initiate negotiation with the Indian side to resolve the issue. nepalnews.com June 19 09

maylumaya · Jun 19, 2009 5:25 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion