yehi ho nepal, nepali li ko ghara, amazing

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://www.mysansar.com/temp/2... चरा आन्दोलनको चेतावनी Filed under: News and Views — admin @ 8:08 pm बाँच्नु मात्र पर्छ, के के देखिन्छ र सुनिन्छ। नेपालका आन्दोलनहरुको बारेमा त तपाईँलाई थाहै होला। एउटा नौलो खालको आन्दोलन पनि हुन लागेछ। यो आन्दोलन टायर सायर बाल्ने शैलिको आन्दोलन हैन। चराहरुको आन्दोलन हो। १२८ वटा चराको आवाज निकाल्न जान्ने गौतम सापकोटाले चराहरु बोलाएर अन्तर्राष्ट्रिय विमानस्थललाई ठप्प पारेर आन्दोलन गर्ने चेतावनी दिएका रहेछन्। चरा आन्दोलनको चेतावनीः गौतम सापकोटा। फोटो साभारः दीपेश श्रेष्ठ/एएफपी google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); किन त्यस्तो गर्न लागेका त उनले ? रिसाएर। उनी सार्‍है रिसाएका रहेछन् सरकारदेखि। १५१ प्रजाति चराको आवाज दुरुस्त नक्कल गर्ने क्षमता आफूमा भएको दाबीसहित गिनिज बुकमा नाम लेखाइसकेका भए पनि नेपाल सरकारले आफूलाई नेपाली नागरिक भएको प्रमाणसहितको सिफारिस पठाइदिएका रहेनछन्। त्यसैले आफ्नो गिनिज बुकमा अङ्कित नामको प्रमाणपत्र आउन ढिलाइ भइरहेको रहेछ। बारम्बार सरकारका सम्बन्धित मन्त्रालयहरूमा धाउँदा पनि आलटाल गरिएकाले दिक्क भएर अन्तिम विकल्पका लागि त्यस्तो कार्य गर्ने तयारीमा पुगेका रहेछन् उनी। सुनसरीको धरानस्थित भानुचोकमा कागको सम्मेलन गरी उनले हिजो त्यस्तो चेतावनी दिएका हुन् । केही दिनदेखि चराको राजधानीको उपनामले परिचित कोसीटप्पु वन्यजन्तु आरक्षमा बसेर थप चराको आवाजको नक्कल गर्दै आएका थिए सापकोटाले। हिजो धरानको भानुचोकमा काग सम्मेलन गरी धरानका वासिन्दालाई तीनछक्क पारिदिए उनले। उनले परराष्ट्र, अर्थलगायतका अरू मन्त्रालयहरूमा समेत आफ्नो विषयमा गिनिज बुकले सिफारिस पठाइदिन परिपत्र आएकाले सोही परिपत्रका आधारमा सिफारिस गरिदिन आग्रह गर्दा पनि मन्त्रालयका कर्मचारीहरूले आनाकानी गर्दै आएको गुनासोसमेत गरेका छन्। ल अब चरा आन्दोलनै हुने भएपछि सरकारले अलि ध्यान दिने हो कि ? कि विमानस्थलमा अवरोध खडा गरेको भनेर उल्टै खोरमा जाक्ने हुन् ? चरीदादाको नामले चिनिने सापकोटाले निकाल्ने चराको आवाज सुन्न तलका भिडियो हेर्नुस्-

timer · Jul 19, 2009 10:42 AM · 1,659 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion