~चौतारी१६८~

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

~चौतारी १६८~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!  यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 168 editions.   Last edited: 11-Dec-09 09:26 AM Last edited: 11-Dec-09 09:28 AM

Birkhe_Maila · Dec 11, 2009 9:25 AM · 281,210 views

329 Replies · Showing 321 - 329
Page 17 of 17

सप्पै गाको? बज्ये लहरेले सप्पैलाई तानेर लगेछ। हर्के आ रेछ अर्को चौतारीमा, ३५० पुराउने हो यो म। हर्केलाई याइँबाट प्रणाम

perfectionist · Dec 16, 2009 10:39 AM

pure jaau hida utai, utai majja cha, majjale paleti maarera basera chiya churot khaaula ......... la jaau.

ramronepal · Dec 16, 2009 10:42 AM

रामे प्रणाम म चुरोस सुरोस खान्न, चिया अघी खाको, क्यार्न जानु

perfectionist · Dec 16, 2009 10:47 AM

हे पुरे केटा तिमी पनि यस्तो भाको तिमी पनि यस्तो भाको उतै गएर गुनासो गर जे भाको आजकलका ठिटा सानि बच्चि जस्ता छन् दुख्ने चित्र साह्रै नै सस्ता छन्

Birkhe_Maila · Dec 16, 2009 10:53 AM

jaau jaau pure, natra uta pure haraayeko suchana tanschan, photo pani taanschan, tyo ke jaati ho jholaa bokeraa dhokaa baata pure bye bhandai hideko thiyo bhanera suchana taanslaan hai ...... chitto aau.

ramronepal · Dec 16, 2009 10:54 AM

जाँदैछु टाढा टाढा, यो चौतारी देखी धेरै टाढा नबिर्सेंर ति सबै लहरे नआएर कस्तो रमाइलो भाको कुराSSSSS बज्ये मुर्दार नहुँदा कस्तो शान्त सौहाद्र-पूर्ण थ्यो हाम्रो चौतारी good bye chautaari 168 लौ न अ रामे, त्यसरी खुलासा त गर्न भएन नि, तिमी टाढाको बत्ती भनेर मैले कैले कसैलाई भने र? त्यो किताब समातेर र्याकमा राख्न ला अनी २६ वटा फोटो प्रोफाइल पिकमा भनेर कसैलाई भनेकाइ छैन Last edited: 16-Dec-09 11:01 AM

perfectionist · Dec 16, 2009 11:00 AM

sapai chautariko sathiharulai New Year 2010 ko subha kamana :)

uptowngal · Dec 30, 2009 8:17 AM

ठूली तिमीलाई पनि नयाँ वर्षको धेरै धेरै शुभकामना! यो त पुरानो चौतारी हो नि, ल पर्ख म नयाँ निकाल्छु, कान्ला मुनि कतै लुक्या होला। बनाउने बेलामा चौतारी सेउसनमा राखे त भेट्न सजिलो पर्थ्यो नि। कसैले सुन्दैनन्।

Birkhe_Maila · Dec 30, 2009 8:32 AM

Thanks birkhe daa :)

uptowngal · Dec 30, 2009 12:32 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion