यात्रा , मन र फुल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यात्रामा म एक्लो तर निर्बिकल्प हैन साथ छ मस्तिस्क मा तिता -मिठा अतित अनी निबर्तमानको बिस्राममा एक छिन हराउन मन हुन्छ भाग्न रहर   मन भरीका फाटाहरु सिलाएर म पनि छाती चौडा गरु कि गाडीको तिब्र गती जस्ताइ जिन्दगीको रफ्तार समाउ कि रफ्तार मा उत्तेजना हुनेछ मन र मस्तिस्क को समायोजन को खाचो पर्नेछ मन हराएको धेरै भो मस्तिस्क एक्लै ले यो भार कसरी थेग्ने हो म एउटा मन खोज्दै छु एउटा आक्रिती सोच्दै छु म फेरी फाटेको मन हेर्दै छु त्यो आकृतिको लागि ठाउँ खोज्दै छु ठाउँ मिल्ला जस्तो छ तर प्रती प्रश्न को तगारो छ फुल फुलेको जस्तो त्यो मन अनी भखरै सिलाएको यो मन त्यो फुल थिचिएला कि माया को अभाब मा निसासिएला कि अभाब अभाब मा रुमल्लिएको यो मन खडेरी सरी भएर होकी फुल खेलेको देखेर अत्रिप्त चाहनाको स्वार्थ फक्राउदै छ एही फुलबारिमा हराउने सपना मोउलाउदै छ अकास्मात सपना बाट बिउझे झै भयो अझै काट्न बाँकी यात्रा याद   यात्रा मा मन र फुल सँगै भय सुन्दर  हुन्थ्यो होला उत्साह ले आकाश छुन्थ्यो होला

Narayangarh Suburb · Jan 6, 2010 12:59 PM · 25 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion