होलि मनाउदै , हजुर हरुको होलि कस्तो भयो ? ( Video )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

होलि मनाउदै , हजुर हरुको होलि कस्तो भयो ? ( Video ) 2010-02-28 11:53:40 बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व काठमाडौं उपत्यकामा पनि बिभिन्न रंग र लोला खेली मनाउन शुरु भएको छ। उपत्यकाका विभिन्न चोक, गल्ली तथा सडकमा भेला भएर सर्वसाधारणहरुले एक अर्कामा रंग छयापेर फागु पर्व मनाइरहेका छन्। उमेर समुह अनुसार समुह समुह बनाएर होली खेल्नेहरुको सख्या पनि धेरै देखिएको छ। काठमाडौंको पर्यटकिय क्षेत्र ठमेल, वसन्तपुर दरवारमार्ग लगायतका स्थानमा पर्यटकहरुले समेत नेपालीहरुसँग मिलेर हर्षाउत्लासपूर्वक फागु मनाइरहेका छन्। वाटोमा होली मनाउदै नाचगान गर्दै हिडनेहरुको सख्या पनि प्रशस्त रहेकेा छ। साथै अनुहारमा विभिन्न रंगहरु दलेर होली मनाउन निस्कने युवा युवतीहरुको सख्या पनि उपत्यकामा धेरै देखिएकेा छ। फागु पर्व भएकाले उपत्यकामा नियमित झै भाडाका र नीजि सवारी साधनहरु चलेका छैनन्। फागु पर्वमा हुने उच्श्रृखल गतिविधिलाई नियन्त्रणका लागि चोकचोकमा जनपथ तथा शसस्त्र प्रहरी परिचालन समेत गरिएको छ। फागुन शुक्ल अष्टमीका दिन बसन्तपुरस्थित गद्दी बैठक अगाडी गाडिएको चिर समेत आजकै दिन विधिपूवर्क ढाली टुडिखेलमा लगेर जलाउने गरिन्छ। चिरमा राखिएका ध्वजापतकाहरु औषधिउपचारमा काम आउने विश्वासले लुछाचुडि गरेर लिने चलन समेत रहेको छ। अनिस्ट टर्छ भनि चिरको खरानीको टिका पनि लगाउने चलन छ । राम्रो तरिकाले तयार गरिएका रंग र अविरले छालाको रोग निको पार्ने भएकाले यस्ता रंगको यस्ता रंग मिलाएर होली खेल्नाले शितकालमा शरिरमा उत्पन्न हुने कफको विनास हुने विश्वास समेत गरिन्छ। तर आजभोली होलीमा विकृतिका रुपमा शरिरका लागि हानिकारक रंग प्रयोग गर्ने विकृति बढेर गएकेा छ। साथै गाजाँ भाग जाँड रक्सी जस्ता नशालु पदार्थ सेवन गर्ने, शरिरलाई हानी पुर्‍याउने रासायनिक पदार्थ प्रयोग गर्ने सवारी साधन र वाटोमा हिडनेलाई होला हिर्काउने जस्ता विकृति समेत बढेका छन्। त्यसैगरी पहाडी क्षेत्रहरु पोखरा, तनहु, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट लगायतका जिल्लाहरुमा पनि धुमधामले होली मनाईदैं छ। ति जिल्लाहरुमा पनि सर्वसाधारणहरुले एक आपसमा रंग छयापाछयाप गरेर होली मनाईरहेकेा हाम्रा सम्वाददाताहरुले जानकारी दिएका छन्।

damikattu · Feb 28, 2010 8:38 AM · 169 views

1 Reply

0:23 ...hahahahaaha keta haru kt dekhnai hunnnaaaa ....

gauleyketo · Feb 28, 2010 8:50 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion