स्वीट एन्ड बिटर क्याफे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आज यो मन घर फर्किदैन । भौतारिदा भौतारिदै बनमा उम्रेका घोच्ने काडाहरु माझ रात झमक्क परिसक्यो।  अनेक कुरा सोच्दा सोच्दै माचिस पनि ओस्सिएछ। सामान्य जीवन जिउने तर उचाइ सम्म पुग्न संघर्ष गरिरहेको उसको सोच आज फेल खाएको थियो। उ ननिदाएको हफ्ता दिन भयो होला। उसको अनुहार हेर्दा त्यस्तै थियो। किस्मिस जस्तो। चाउरी परेको। चाहेर त होईन तर कसो कसो भएर त्यस्तो भयो। उसलाई कसैल हराएको त थिएन तर आज उ आफै सँग हार्दै थियो की जस्तो लाग्यो। मैले केही बोल्न चाहिन। उसको कृया भन्दा प्रतिक्रियावादी सोच धेरै चलेर त्यस्तो भएको हो जस्तो लाग्छ मलाई। उसले मलाई केही भनेको छैन, मैले उसलाई खोतल्न पनि चाहिन। जाँड, रक्सी, बियर, सेकुवा, छोयेला अनी कहीले काही चिया पनि संगै पिउथ्यौ तर कहीले पनि उसले आफ्ना व्यक्तिगत कुरा भनौ य बिचार पोख्न त्यती जरूरी सम्झेन। शायद इमोस्नल हुने डर थियो होला। मैले आज उसलाई बोलाइन भनौ य आज उ आएन; स्वीट एन्ड बिटर क्याफे आज म एक्लै गए। म बस्ने टेबल खाली थिएन कुना काप्चाका टेबलमा जोवनको उन्मादले लट्ठ तर सभ्य जोडीहरु थिए। नचाहेर पनि बीचको टेबलमा बसे। सबै भन्दा उज्यालो ठाउँ। आज चाडै रक्सी लाग्नेछ मेरो दिमाग त्यहि भन्दै थियो। मलाई मन पर्ने टेबलमा २०-२१ वर्षकी केटी थिइ। सार्है राम्री थी होला, उसको त्यो अर्धनग्न ढाड अनी गोरो सुलुत्त परेको खुट्टा ले मैले त्यै लख काटे। हेर्न त उसलाई झुलुक्क हेरेको थिए तर पनि घन्टौ हेरे जस्तो लाग्यो। नजर फेरी आफ्नै टेबल माथि दौडाए। लोभ लाग्दो थियो त्यो चित्र। पिचरको फेद फोहर लाग्यो त्यसैले पानी पिउन मन लागेन। वेटर आयो भने भनुला भनेर बसे। मेनु हेरेको थीइन, हेर्न पनि मन लागेन। के छ के छैन सबै था छ। बितेका ६०० दिन मा म ५०० पटक त्यहा पुगेको छु रोशन सँग। रोशन उही अघिको किस्मिस। धेरै बेर कुरे वेटर आएन। सधैं आउने भएर आज बाल दिएन की जस्तो लाग्यो। टेबलको त्यो salt and pepper ले मलाई हेर्दै छ या मैले त्यसलाई म confused भए। वेटर माथि पनि रिस उठ्यो, म उम्लिदै थिये। त्यतीकैमा वेटरले मुस्कुराउदै स्कच् ल्यायो। उसले मलाई चिनिसकेको थियो, अर्डर लिन जरूरी सम्झेन। मैले खोजेको उसले ल्यायो। खुशी लाग्यो, आगो निभ्यो म उम्लिन छोडे।  क्रमश:   

at_its_best · May 14, 2010 9:21 PM · 165 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion