भक्तपुर लोकन्थलीका आभाष गौतम, २२, सेन्ट जेभियर्स कलेज माईतीघरमा बिएस्सी तेस्रो वर्ष भौतिकशात्रका बिधार्थी हुन् । दैनिक कलेजका अलवा उनको दिनचर्या अन्य साथीहरुको भन्दा निकै फरक छ । भैतिकशात्रका बिधार्थी भएपनि उनी धार्मिक स्वभावका छन् । माछा मासुको त कुरै छाडौ लसुन प्याजसम्म पनि खादैनन् । विहान सबेरै उठेर नुहाईधुवाई सकेपछि झण्डै दुई घण्टा पुजा कोठामा हराउछन् पुजापाठ जप र ध्यानमा । कलेजमा ब्रेकका समय साथीहरु क्यान्टीनमा मम र चाउमीन खान हुम्मेका बेला उनी घरबाटै तयार पारी लगेको शुद्ध साकाहारी खाजामा रमाइरहेका हुन्छन् । जीवनको यथार्थलाई नबुज्दासम्म सबै यस्तै त हो नी उनले भने ब्रमाण्डको रहस्यलाई बुझी परमचेतना प्राप्त भएपछि मात्र मानिस सुमार्गमा आउछ । मण्डिकाटार कपन स्थीत सिद्धश्रम साधक परिवारका सदस्य आभाषले फिजीक्स र अध्यात्म एउटै भएको निश्कर्ष निकालेका छन् । भन्छन् फिजीक्सले सारा दुनियाको अध्ययन गर्छ भने अध्यात्मले पनि गर्ने त्यही हो मात्र शैलीमा केही फरक हुन्छ । जीवनमा वास्तवीक आनन्द पाउन साधना मात्र विकल्प भएको उनको ठम्याई छ । डिभाइन मिस्ट्रीयस स्कुल सतुङ्गलका साधक साईमन दाहाल २१ पनि भौतिकशास्त्रकै बिधार्थी हुन् । बेचैन मन अशान्त थियो । त्यसैले म आफुलाई सुमार्गमा डोर् याउन गुरुको खोजीमा थिए’ दाहाल पछाडी फर्किए आश्रममा बसेर गुरुको सत्संग पाउदा बल्ल आफै भित्रको मनलाई चिन्दै छु । उनी आफै पनि साधना ज्ञान बाड्न धेरै ठाउ पुगेका रहेछन् । नेपालको अधिकासं ठाउको अलवा भारत बेलायत अष्ट्रेलिया आदी देशमा पुगिसकेका छन् । आफ्ना समकक्षी साथीहरु विदेश भन्दैमा मरीहत्या गर्दा पनि उनको त्यता तिर मन फिरेन । भन्छन् जीवनको यथार्थतता नबुझ्नेहरु संसारीक मोहमा फस्नु पैसाको पछि मात्र लाग्नु कुनै आश्चर्य कुरा होईन । उनको दिनचर्या पनि धेरै जसो आभाषकै जस्तो छ । तर आश्रममा बस्ने हुदा उनले त्यहाको काम पनि गर्नु पर्छ । हरेक विहान ध्यान सके पछि गाईगोठमा पुग्छन् दुध दुहुन । गाईको हेरचाहा आश्रममा लगाईने सिजने वालिको काममा पनि खटिन्छन् उनी । आफ्नो काम आफैले गर्न सके संसारको आधा समस्या स्वतह हल हुने निश्कर्ष छ उनको । आम युवती झै मोर्डन ड्रेसमा भेटिएकी हाल हाडीगाउमा परिवारसंगै बस्ने काभ्रेकी रीना लामा १९ लाई झट्ट हेर्दा आध्यात्मीक होलीन् भनेर पत्याउन निकै मुश्किल पर्छ । एनआईसी कलेजमा स्नातकतह प्रथम वर्षकी यी छात्रा साचो जीवन निर्माण अभियानु मा संलग्न छिन् । सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तनु को मुख्य नारामा रही उनले थुप्रै ठाउमा आफुभन्दा धेरै पाकाहरुलाई पनि ज्ञानु बाडेकी छिन् । संसारको सत्यलाई बोध गर्दै नकरात्मक भाव मनबाट सबैले पखाल्न सके दुनियामा अशान्ती र पीडा भन्ने नै हुने थिएन उनले थपिन् ईश्वरले चाहेको समाज निर्माणको लागी सबैलाई नैतिक र आध्यात्मीक ज्ञान चाहिएको छ । उनी धर्मको नाममा हुने कुनै जात धर्म वा समुदायप्रतीको हेला वा सम्मानको विपक्षमा छिन् । भन्छिन् ुसबैको मन भित्रनै ईश्वर छ त्यसलाई चिन्न नसक्दा मान्छे भगवान भन्दै भौतारीएको छ । उनले पनि आफुले आफैलाई सम्मान गर्न सके सबै समस्या हल हुने विचार सुनाइन् । .......more
comingsoon · Jul 31, 2010 10:20 AM · 874 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion