Indian Octopus !!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चार पटकसम्म व्यवस्थापिका संसदमा प्रधानमन्त्री चयनका लागि निर्वाचन हुँदा पनि प्रधानमन्त्री छनोट हुन नसकिरहेको अवस्थामा विभिन्न भेटघाटहरुले तीब्रता पाइरहेको छ। यसै सन्दर्भमा बिहीबार राति काठमाडौंको अन्नपूर्ण होटलमा विशेष जमघट भएको छ। जमघटमा मधेसवादी दलका नेताहरुको सहभागिता बाक्लो थियो। जमघटमा भारतीय राजदूत राकेश सुद, बुधबार नेपाल आएका पूर्व भारतीय राजदूत केभी राजनको उपस्थिति थियो। सेन्टर फर साउथ एसियन स्टडिजले आयोजना गरेको भनिएको रात्रीभोजमा उनीहरु सहभागी भएका थिए। सेन्टर फर साउथ एसियन स्टडिज पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पा48डेका छोरा निश्चल पा48डे आबद्ध रहेको संस्था हो। बिहीबार राति सोही होटलको अर्को रात्री भोजमा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि उपस्थिति थियो। फरक फरक भनिएको दुई वटा भोजमा पूर्वराजादेखि भारतीय राजदूत, पूर्वराजदूत, मधेसवादी दलका नेता सहभागी हुनुले कुनै राजनीतिक खिचडी पाकेको हुनसक्ने बताइएको छ। भोजमा नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधि, नेता पूर्णबहादुर खड्का, पूर्व परराष्ट्रपति रमेशनाथ पाण्डे पनि सहभागी हुनुहुन्थ्यो। मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत मधेसवादी दलका नेताहरुसमेत भोजमा सहभागी थिए। भोजमा सहभागी नेपालका लागि पूर्व भारतीय राजदूत केभी राजनले जमघटमा राजनीतिक छलफल नभएको र नेपालको राजनीतिक संकट नेपालका राजनीतिक दलहरुले नै टार्नुपर्ने बताउनुभयो। भोजमा सहभागी पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले सोही होटलमा पूर्वराजाले रात्री भोज आयोजना गरेको आफूलाई थाहा नभएको भन्दै केभी राजनसँग व्यक्तिगत भेटका लागि आएको प्रतिक्रिया दिनुभयो। भोजमा नेपाली सेनाका उच्च अधिकृतहरुको समेत उपस्थिति थियो।।

damikattu · Aug 14, 2010 3:03 AM · 126 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion