खैरो कोट् उस्ले फोन को रिसिभर् त्यसैको सेट् मा थचार्यो । केही बर्बरायो मन मनै । फोन को घन्टी फेरी बज्यो । उ फोन नजिकै गयो । हात बिस्तारै बढायो , अनी फेरी पछाडि तान्यो , ढोका बाहिर तिर लम्कियो । फोन को घन्टी अझै बजिरहे'थ्यो । किर्लिङ किर्लिङ किर्लिङ कानै खाने गरी । उ फेरी फर्कियो फोन उठायो । सास ले मात्र आवाज निकाल्यो "हुSSS" । उता को आवाज सुनी रहयो । ओठ टोक्दै माथि तिर छत् मा हेर्यो । रङ उडेको छत् मा झुण्डिएको बाङो पंखा सकिनसकी घुमिरहेको थियो । "हु sssss " उ बोल्यो फेरी सुनिरहयो "हु sssss " उ फेरी बोल्यो फेरी सुन्यो । सुनिरहयो यो पल्ट प्रस्नबाचक् " हुँ ssssssssssssss " । फेरी सुन्यो "हु sssss " यो पल्ट कुरा बुझेको जस्तो । " कोट " उस्ले भन्यो "कोट ? " "हो कोट " " ....." " खैरो कोट् " "खैरो ? " फेरी अर्को "हु sssss "। उस्ले फोन राख्यो । ********************************************************************** " किशोर लाई त ठिकै छ ? " "किन र ? " " मलाई त्यो आज्काल अलिक बादलइएको जस्तो लाग्छ । तलाई लाग्दैन ? " " खै मलाई त लाग्दैन " सरला ले बुढा को हात मा को पूजा को सर्जाम थमाउदै भनिन। " खै जहिले नि घोरिरहेको हुन्छ । खुकुरी चक्कु खेलाई रहन्छ । अस्ती पनि एउटा बिरालो लाई दुध खायो भनेर काटेछ । मैल्के हेर्दा लुगा भरी जता ततै रगत को टाटा । के भो किन यस्तो भनेर सोधेको बिरालो लाई काटेर मार्यो रे। " " ए त्यो छोरा बिरालो ले सधैं दु:ख दिएर हरान पारेको थियो। परेवा को बचेँर एउटै जिउदो छोडेन । राम्रै गर्यो । काटी चै हाल्नु हुन्न थियो । " खै आज्काल को केटा हरु के के हो के हो । हैन यो बजिया लब सब गरेर दिमाग खुस्कौन त लागेन ? एत्ती भन्दै थापा दाई पूजा कोठा तिर छिरे । ढोका कसैले ढक् ढक्यायो । " सरला हैन के गरीरा'छौ भन्या? खुरुक्क हेर त बाहिर कस्ले ढोका ढक्ढकाइ रा'छ । " भित्र बाट थापा दाई कराए । "ओहो किरण बाबु नमस्कार नमस्कार । लौ हेर मान्छे हराको हराइ हराको हराइ । कत्ती हराउन सकेको हो ? " एत्ती भनुन्जेल सम्मा किरण भित्र पसेर सोफा मा आसन जमाइसकेको थियो । किरण मुसुक्क हास्यो । हाँसो को मामालामा उ मित्ब्ययी थियो। जती बेला पनि हाँस्दैन थियो। बरु सोचिरकेहो हुन्थ्यो । उ हाँस्दा बरु मान्छे हरु अचम्म मा पर्थे । पुजापाठ् सकेर थापा दाई भित्र आए । हात पुस्दै उसैको अघिल्तिर को अर्को सोफा मा बसे । " मेरो तयारी मा आको छु दाई " किरण ले गाला तन्कायो " तर म तयार छैन " थापा दाई ले अर्को तिर मुख फर्काए । किरण जिद्दी थियो । बाउ आमा को मृत्यु पछी उ दाई भाउजु सँग छुटिएर बहिरै बसेको थियो । किरण उस्को दाई ले मन पराएको प्यारो भाई त थिएन तर थापा दाई ले माया भने अति नै गर्थे । एउटै आमा को कोख बाट जन्मेको बिग्रेको भाई थियो किरण । चार बर्ष अगाडि खाडी तिर जान्छु भनेर फकाइ फुल्याइ पैसा हात परेको थियो । दुई महिनामै घर आइ पुग्यो । सबै पैसा जत्ती काठमाडौं मै मोज मस्ती गरेर सकेछ । " त त आज्काल केके जाती इन्जेक्सन लाउछस रे । आफ्नो शरीर बिगारेर पनि के रमाइलो हुने होला खोइ । " थापा दाई ले निराशा पोखे । " त कहिले सप्रिन्छस ? कहिले तेरो बुद्धी आउँला भन्त ? " खाडी जान्छु भनेर पैसा जती उडाए पछी त्यस्को छ महिना पछी गाउ को मन्दिर को जग्गा कता कता के के गरेर बेचेर भागेको थियो । त्यस्को दुई बर्ष पछी फेरी गाउ मा उस्को आगमन भएको थियो । "तेरो कारण मैले गाउ मा कसैसँग मुख देखाउन सक्तिन " "तेरो कारण मैले गाउ मा कसैसँग मुख देखाउन सक्तिन । अब फेरी के गर्ने सोचेर फर्केको छस ? " " म पहिले को किरण हैन दाई म धेरै फेरिसकेको छु " मेच मा भएको कलम हात को औंला ले चलाऊदै उस्ले भन्यो । थापा दाई ले पुलुक्क किरण को मुख मा हेरे । खै उन्लाई उस्को कुरा पत्याउ पत्याउ जस्तै लागेन । बरु उन्को मन पत्याउन पाए पनि हुन्थ्यो जस्तो भयो । उस्ले भनेको साँचो भएनी हुन्थ्यो जस्तो भयो । आफुलाई अलिक कडा बनाउदै उन्ले भने " आज पनि त यही पुर्खौली सम्पत्ति को भाग खोज्न आको होस् भने तुरुन्तै निस्केर जा। तेरो लागि बाबा ले राखेको तैले सकिसकिस। तलाई दिन मसँग केही छैन अब । " बुढा कराए " सरला एस्ले खाना खाएरै आएको रे। पस्कनु पर्दैन । " किरण मुसुक्क हास्यो । " तिम्रै लागि केही गरु भनेर आएको हो म । धेरै दु:ख पायौ तिम्ले मेरो कारण । सकेको बेला गर्नु मेरो धर्म हो " थापा दाई को आँखा मा हेर्दै उस्ले भन्यो । अह उन्लाई पत्यर नै लागेन लागोस पनि कसरी । पत्यार योग्य को मान्छे त कहाँ हो र किरण । आफ्नै दाई पो हुन त , नयाँ मान्छे हुन र उनी ? उस्को ठगी , जाली , अनी किर्ते काम हरु को नालिबेलि सबै थापा दाई लाई थाहा थियो । " एत्ती बिहानै कहाँ खाएर आउनु ? मैले त पस्की सके । बाबु आउनु है । दाई लाई पनि लिदै आउनु " सरला को आवाज सबै तिर छरियो । " मलाई पुग्यो भाउजु , म अघाए " एत्ती भन्दै किरण बाहिर हुत्तियो । ढोका जोड ले बन्द हुँदा आएको हावा ले थापा दाई को शरीर मा चिसो अनुभव भयो । घर को पछाडि पट्टी को ढोका बिस्तारै बन्द भयो । बिरालो को चाल् मा कोही लुसुक्क बाहिर निस्कियो । थापा दाई ले ढोका तिर पुलुक्क हेरे। कोही थिएन । बिस्तारै ढोका खोलेर बाहिर चिहाए । किशोर बारी मा पछाडि झ्याङ तिर दगुरिरहेको देखे। "किशोर ! किशोर !! यहाँ आइज त " किशोर सुनिता को सौतेनी भाई । गाउ मा क्याम्पस टाढा भएको ले दिदी को घर मा पढ्न भनेर आएको थियो । दिदी कै घर बाट बि ए सम्म को पढाई सकिससक्न लागेको थियो । बोलाएको सुनेर सरासर भिनाजु भाको ठाउँ मा आइपुग्यो । " त केगर्दै थीइस् " " केही हैन भिनाजु । फेरी अर्को बिरालो पल्केछ घर मा । त्यस लाई लखेटेको " "............." केही थप सोध्न खोजे तर उनी रोकिए । "किन र भिनाजु ? हजुर लाई सञ्चै त छ ? " " हैन किन पनि हैन ! " उनी घर भित्र फर्किए । *********************************************************************
BudoBaaje · Sep 14, 2010 9:45 AM · 82 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion